Sunday, February 19, 2017

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

काठमाडौं – गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो ।

बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्विकार गरे ।

आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो ।

बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरेपनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन् ।



बलात्कारको आरोप लगाएपनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो । अनिताको पनि गल्ती देखियो । त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्यो ।

सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भएपनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो । आजको नागरिकमा खबर छ ।

यसरी घुर्ने समस्याको आयुर्वेदिक उपचार गर्न सकिन्छ


यसरी घुर्ने समस्याको आयुर्वेदिक उपचार गर्न सकिन्छ
हामीलाई थाहा भएको कुरा नै हो । हामी गहिरो निद्रामा भएको बेला केहि कुरा पनि थाहा हुदैन । यस्तो निद्राको समयमा एकदम आनन्दको अनुभुत हुने गर्दछ, त्यसैले पनि हामी आफैले आफु घुर्ने वा नघुर्ने थाहा पाउँन सक्दैनौँ ।


जब तपाईको नजिक सुतेको साथी घुर्न थाल्छ तपाईलाई बडो समस्या पर्छ। यस्तो अवस्थामासंगै सुत्ने तपाईको निद्रा नराम्रोसँग बिग्रिन्छ । यसलाई अंग्रेजीमा ‘Snoring’ भनिन्छ भने चिकित्साको भाषामा ‘Sleep Apnea’ पनि भनेर चिन्ने गरिन्छ । यो यस्तो बिमारी हो जसले घुर्ने व्यक्तिलाई लज्जित पर्छ भने सँगै सुत्ने व्यक्तिको निध खल्बल्याईदिन्छ । यद्यपि, यो एक सामान्य समस्या हो । दुनियाँ भरका लगभग हरेक ५ जना मानिस मध्ये १ जना मानिस यो समस्याबाट ग्रसित हुने कुरा थुप्रै अनुसन्धानबाट पनि प्रमाणित भएको छ । अनुमानको हिसाबले विश्वमा लगभग ४५% पुरुष र ३०%महिलामा घुर्ने समस्या रहेको पाईन्छ ।

हम्मी घुर्ने समस्याकै कारणले गर्दा समाजमा केहि मानिसहरु मजाकको पत्र पनि बनिरहेका छौँ । घुर्ने बेला राम्रोसँग सास फेर्न गाह्रो पनि हुने गर्छ १० सेकेण्ड सम्म सास लिन नपाउदा अक्सिजनको राम्रोसँग संचालन हुन पाउँदैन, यस्तो अवस्थामा निद्राबाट उठ्दा कमजोरी ,छटपटी ,सुस्तपन हुने पनि हुन्छ।



त्यसोभए घुर्नुका कारण के के हुन् त !

१. मोटोपन
२. उच्चरक्तचाप
३. नशा रोग
४. नाकको दुखाई
५. घाँटीको दुखाई
६. वृद्धावस्था

अब तपाईको घुर्ने समस्या छ, भने चिन्ता गर्नु पर्दैन् किनभने तपाईहरुलाई स्थाई समाधानका टिप्सहरु हामि तपाईलाई दिदै छौँ ।

आवश्यक सामाग्री

१.स्याउ
२ गाजर
३.ताजा अदुवा
४.एक चोथाई कागती

माथि उल्लेख भएका सामग्रीहरुलाई पिसेर जुस बनाउने अनि राति सुत्नु भन्दा दुई तिन घण्टा अगाडी पिएर सुत्ने, यसो गर्दा तपाईको घुर्ने समस्याबाट सदाको लागि छुटकारा पाउनु हुन्छ ।

के ठुलो स्तनले बढी यौन आनन्द दिन्छ ?


कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको ।


स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ । स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि ।

पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग (एरोला) यौन सम्वेदनशील हुन्छन् । स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने (उत्तेजित हुने) गर्दछ । यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ । स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन ।


तर स्तन केही ठूलो भयो या केही सानो भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन । कतिपयलाई बैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ । ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होईन ।

प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ । -डा. राजेन्द्र भद्रा

दशैं टिका बहिष्कार गर्ने कम्युनिष्ट प्रधानमन्त्री पूराण उद्घाटन गर्न गएपछि…

दशैं टिका बहिष्कार गर्ने कम्युनिष्ट प्रधानमन्त्री पूराण उद्घाटन गर्न गएपछि…

कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टर चार्टर गरेरै सप्ताह पुराणको उद्घाटन गर्न गएपछि आलोचना सुरु भएको छ ।

हिन्दू धर्मालम्बीको ठूलो चाँड दशैंमा टिका बहिष्कार गरेर परिवर्तनकारी अर्थात खाटी कम्युनिष्ट हुँ भन्ने देखाएका प्रचण्ड आइतबार भने सिराहामा आयोजना गरिएको सप्ताह पुराणको उदघाटनमा गएपछि उनको आलोचना सुरु भएको हो ।

सर्वसाधारणदेखि विपक्षी दलका नेतासम्मले उनको आलोचना गरेका छन् । सर्वसाधारणले विरामी एम्बुलेन्स नपाइरहेको देशका प्रधानमन्त्री हेलिकप्टरमा सयर गरेको भन्दै आलोचना गरिरहेका छन् भने विपक्षी कम्युनिष्ट नेता दशैं टिका बहिष्कार गर्ने अनि पूराण उद्घाटन दौडेर जाने भन्दै प्रश्न गरिरहेका छन् ।


एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले दशैंको टिका बहिष्कार गर्ने प्रधानमन्त्री हेलिकप्टर चार्टर गरेरै सप्ताह पूराण उद्घाटन गर्न गएको कुरामा विश्वास गर्नै नसकिएको बताए । ‘दशैं टिका बहिष्कार गर्ने प्रधानमन्त्री प्रचण्डजी पूराणमा जानुभयो रे! मलाई त विश्वासै गर्न गाह्रो भो,’ पोखरेलले भने ।

उसो त ८ महिनाअघि प्रधानमन्त्री पदको कार्यभार सम्हाल्दै अबदेखि रिबन काट्ने काममा जान्न भनेर प्रतिवद्धता जनाएका थिए प्रचण्डले । तर, यो प्रतिबद्धता मुखमै सिमित भयो । कार्यान्वयनमा आएन । समय कटाउन प्रधानमन्त्री पद सम्हालेको जसरी प्रचण्ड कहिले रोल्पा, कहिले रुकुम त कहिले सिरहा गरी कार्यक्रम उद्घाटनमै व्यस्त रहे । यो सिलसिला अझै चलिरहेको छ ।

पूराण उद्घाटन गरेर सिराहाबाट फर्किेएका प्रधानमन्त्री प्रचण्डले आजै सोल्टी होटलमा आयोजना गरिएको पूर्वाधारसम्बन्धी अर्को एउटा कार्यक्रमको पनि उदघाटनमा गरेका थिए ।

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड महत्वपूर्ण कामहरुमा भन्दा पनि घुमघाम र उद्घाटनमा रमाउन थालेका छन् । शुक्रबार प्रचण्ड हेलिकोप्टर चढेर रोल्पा महोत्सवमा पुगेका थिए ।

संविधान कार्यान्वयनका लागि चुनावको तयारीका लागि अहोरात्र खटिनुपर्नेमा प्रधानमन्त्रीले राजनीतिक सम्वाद एवं दैनिक कामहरु गर्नुभन्दा पनि जिल्ला महोत्सवदेखि पुराण उदघाटनसम्म समय खर्च गर्ने क्रम अरु बढेको छ ।

इन्धन आपूर्ति ठप्प पार्ने ट्यांकर चालकको चेतावनी : पम्पमा लामो लाइन


इन्धन आपूर्ति ठप्प पार्ने ट्यांकर चालकको चेतावनी : पम्पमा लामो लाइन



काठमाडौं : नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ ‘आफूहरु’ को हितमा नभएको भन्दै ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिले अनिश्चितकालका लागि इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको छ ।

निगमले गत पुसदेखि कार्यान्वयनमा ल्याएको उक्त विनियावलीमा आफूहरुर्ला बेरोजगार बनाउने व्यवस्था गरिएको भन्दै उक्त समितिले मजदुरको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने खालका प्रावधान विनियावलीबाट तत्काल हटाउनुपर्ने माग अघि सारेका छन् ।



वार्ता र सम्वादको माध्यमबाट निगमले फागुन १४ गतेभित्रमा मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए आगामी १५ गतेदेखि भारत र नेपालको डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने समितिले चेतावनी दिएका छन्।

समितिले शुक्रबार नै नेपालको सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन (टोकन स्ट्राइक) गरिसकेका छन् । ट्यांकर चालक र मजदुरहरुले गरेको उक्त दिनको आन्दोलनका कारण निगमले गत बिहीबार र शुक्रबार भारतबाट भित्र्याएको इन्धन शुक्रबार कुनै पनि पेट्रोल पम्पमा पुग्न सकेन् ।

जसका कारण उपत्यकासहित देशभरका पेट्रोल पम्पमा आइतबार साँझसम्म इन्धनको चर्को हाहाकार भएको छ । समितिका संयोजक अर्जुन अर्यालका अनुसार निगमले हालै कार्यान्वयनमा ल्याएको विनियावलीमा एक जनाले पाँच वटाभन्दा कम संख्यामा इन्धन ट्यांकर राख्न नपाउने व्यवस्था गरिएको छ । पुरानो विनियावलीमा एक जनाले एक ट्यांकर राख्न पाउने व्यवस्था छ ।

यो हो विश्‍वकै सबैभन्दा खतरनाक शौचालय



एजेन्सी: तपाईले अहिलेसम्म सबैभन्दा खतरनाक पुल, एयरपोर्ट, सडक लगायत देख्‍नुभएको छ होला।तर के तपाईले सबैभन्दा खतरनाक शौचालय देख्‍नु भएको छ ? प्राय मानिसहरुले शौचालय सुरक्षित र भरपर्दो ठाउँमा बनाउने गर्दछन्। तर एउटा यस्तो चर्पी जुन रेल, हवाइजहाज र अस्पतालभन्दा पनि खतरनाक छ। कसरी थाहा पाउनुस्।
यो शौचालय साइबेरियाको अटाइ पहाडमा अवस्थित छ। यहा वैज्ञानिकले एक खास प्रकारको शौचालय बनाएका छन्। जुन हावामा करीब ८.५ हजार फिटको उचाइमा रहेको छ। यहा काम गरिरहेका वैज्ञानिकले यस्तो शौचालयको निर्माण गरेका हुन्।


काठले बनाएको यो शौचालयमा बसेपछि व्यक्तिले हावामा झुण्डिरहेको अनुभव गर्ने गर्छन्। यहाँ बनाइएको शौचालयको तापक्रम माइनस ५० डिग्री सेन्टिग्रेट हुन्छ। वैज्ञानिकले यो शौचालय प्रयोग गर्न नयाँ तरिका अपनाउन सिकाएका छन् जसबाट मानिसले आफ्नौ दैनिक कार्य सहजताका साथ गरिरहेका छन्।

यसरी स्कुटीमा परिवार घुमाउँछन् संजय दत्त



मुम्बई – बलिउड अभिनेता संजय दत्त अचेल धेरै समय पत्नी र सन्तानका साथ बिताउँछन् । चलचित्र ‘भुमि’ अभिनयरत संजय बेलाबेलामा पत्नी र छोरा छोरीका साथ स्कुटीमा देखिने गरेका छन् ।

सलमानले हालै इस्टाग्राममा एक तस्बिर पोष्ट गरेका छन् । जुुन तस्बिरमा स्कुटीमा उनका सबै परिवार देख्न सकिन्छ । तस्बिरमा उनका साथमा रहेका पत्नी तथा छोराछोरीको खुसी झल्किएको छ ।

हालै जेलबाट रिहा भएका उनको ‘भुमि’ जेद जीवन पछिको पहिलो चलचित्र हो । जसको अहिले सुटिङ चलिरहेको छ । (एजेन्सी)

सुताइबाट थहा पाउनुस कति बलियाे छ तपार्इकाे बैवाहीक सम्बन्ध ?


बैवाहिक जिवन मानिसकालागि अत्यन्तै अावस्यकीय र शुखमयी क्षणकाे रूपमा मानीदै अाएकाे छ । यसले परीवारीक सम्बन्ध बलीयाे बनाउनका साथै जिवनमा नयाँ उर्जा उत्पन्न हून्छ र समाजमा बेग्लै महत्व राख्छ । बिवाह पश्चात प्रत्येक दम्पतिहरू अाफ्नाे बैवाहिक जिवन सधैकालागि बलीयाे र सुमधुर बनाउन चाहन्छन् ।  बैज्ञानिक अनुसन्धान अनुसार कसकाे बेवाहिक सम्बन्ध कती बलियाे छ भन्ने अाधार र प्रमाणहरू प्रसस्तै देखाएका छन तर हालै गरिएकाे नयाँ खाेज अनुसार  सुताइकाे प्रकार अनुसार तपाइकाे बैवाहिक जिवन कस्ताे र कती बलीयाे छ भन्ने देखाइएकाे छ । अाउनुस यि १० प्रकारका सुताइलार्इ अाधार मानेर तपाइकाे बैवाहिक सम्बन्धबारे जान्ने काेशीश गर्नुहाेस ।


१ चम्चा अाकारकाे सुताइ – यस्लार्इ अर्काे अर्थमा भन्नपर्दा “अर्ध-भ्रूण, चाक विरुद्ध जनन”,पनि भन्ने गरिन्छ यस्ताे प्रकारकाे सुताइले तपाइकाे बैवाहिक जिवनलार्इ शारिरीक सन्तुस्ट प्रदान गर्नुकासाथै निकटता पनि प्रदान गर्छ । बैवाहिक बन्धनमा बाधिएका जाेडिहरू तिन देखी ५ बर्ष सम्म यस प्रकारले सुत्ने गरेकाे अध्यनले देखाएकाे छ ।



२ सुहागरात पछिकाे सुतार्इ –यस्ता प्रकारकाे सुताइले एक अापसमा प्रेम सम्बन्ध बलियाे बनाउनुकासाथै याैन सम्बन्धपनि बलियाे बनाउने काम गर्छ । यसले दुवैकाे सम्बन्धलार्इ गहिरार्इ सम्म पूर्याउन मदतपनि गर्छ । कारणबस अलगिएर सुत्नुपरे अधिकांसले यहि पाेजिसनलार्इ अपनाउने गरेकाे अध्यनले देखाएकाे छ ।



३ एक्लाएक्लै सुतार्इ – अाफ्नाे बैवाहिक जिवनलार्इ बलियाे बनाउन र भविष्यकाेबारे याेजना बनाउन यस्ताे प्रकारकाे सुताइले धेरै मदत पुर्याउने एक अध्यनले देखाएकाे छ । यस्ता सुताइ अधिक लामाे समय भने नरहने अध्यनले देखाएकाे छ ।



४ अंगालाेमा बेरीएकाे सुतार्इ – याे एक प्रकारकाे अालिंगन सुतार्इ मानिन्छ यस्ता प्रकारकाे सुताइले दुवैकाे बैवाहिक सम्बन्धलार्इ प्रागढ बनाउनका साथै घनिस्ठता बढाउन मदत पूर्याउछ ।



५ थकान महसुस सुतार्इ –याे दाइने फर्केर काेल्टे पाराले सुत्ने एक शैली हाे । धेरै दम्पतीहरू यस्ताे प्रकारकाे सुताइबाट अाफुहरूलार्इ शुरक्षित महसुस गर्ने गर्छन ।यस्ताे सुताइले दुवेकाे भावनालार्इ नजिक ल्याउने काम गर्छ र भविष्यमा दाम्पत्य जिवन शुखमयले गुजार्न मदत पूर्याउछ ।



 ६ खुट्टा बाेकाइने सुतार्इ  –  अप्रत्यक्ष शारीरिक सम्पर्क स्थापित गर्न यस्ताे सुताइले बैवाहिक जिवनमा धेरै मदत पूर्याउछ । तर कहिलेकाहि अापसी विवाद पछि अाफ्नाे जिवनसाथीलार्इ फकाउन यस्ताे प्रकारकाे सुतार्इ प्रयाेग हुने गरेकाे एक अध्यनले देखाएकाे छ । याे अधिक लामाे समय नरहनेपनि एक अध्यनले देखाएकाे छ ।



७ साझेदार सुतार्इ – यस्ताे सुताइले दाम्पतिय जिवनमा याैन सम्बन्ध बलियाे बनाउन मदत पुर्याउनुकासाथै दुवै बिचकाे असमझदारी हटाइ नया प्रेम सम्बन्ध कायम गर्छ । बैवाहिक जिवनमा यसताे प्रकारकाे सुताइकाे धेरै महत्व मानिदे अाएकाे छ र अधिकांस जाेडीले यहि प्रकारलार्इ अंगाल्दै अाएकाे एक अध्यनले देखाएकाे छ ।



८ जेन सुतार्इ – याे एक प्रकारकाे अनाैठाे सुतार्इ हाे जसलार्इ फराकिलाे महसुस गर्दै सुतिन्छ । याे दुवैबिच असमझदारी कायम पछि सुतिने प्रकारपनि मानिन्छ । अापसी मनमुटाव भएपछि यस्ताे प्रकारकाे सुताइ प्रयाेग हुने गरेकाे अध्यनले देखाएकाे छ । याे सुताइ अधिक लामाे समय नरहनेपनि अध्यनले देखाएकाे छ ।



९ फराकीलाे महसुसकाे सुताइ – अापसी मनमुटाव दैनिक बढेर जानु र दाम्पत्य जिवनमा खटपट पैदा भएपछि अधिकांस जाेडीले एक अर्कालार्इ नछुने तरिकाले सुत्ने बिधी फराकिलाे महसुस सहितकाे सुताइ मानिन्छ । याे प्राय अधबैसकाे उमेरमा लागु हुने अध्यनले देखाएकाे छ । यस्ताे सुताइबाट थहा हुन्छ कि बिवाहित जाेडीकाे बैवाहिक जिवन संकटमा पर्दैछ । या अर्काे अध्यनलार्इ मान्ने हाे भने घुरेर सुत्ने दाम्पत्यहरू एक अर्कालार्इ डिस्टर्व नहाेस भन्नकालागिपनि यस्ताे सुताइकाे प्रयाेग गर्ने गरेका छन ।



१०  गंगटाे अाकारकाे सुतार्इ – दैनिक कामकाज पछि शरिरलार्इ थकान महसुस गर्दै सुतिने प्रकार हाे गंगाटाे अाकारकाे सुताइ , अावस्यकता भन्दा बढी काम गरेपछि नव दम्पतीहरू यस्ताे सुताइ रूचाउने गरेकाे अध्यनले देखाएकाे छ । यस्ता प्रकारकाे सुताइले दुवैकाे याैन सम्बन्धलार्इ कमजाेर बनाइ दैनिक झगडा र फाैजदारी हुन सक्ने तथा यहासम्म की दुवैबिच अलग्गिएर बस्नुपर्ने बातावरण शिर्जना हुने अध्यनले देखाएकाे छ ।

नेपाली युवकले अमेरिकामा यसरी पाए एक करोड रुपैयाँ

काठमाडौं, ८ फागुन । अमेरिकामा एक नेपाली युवाले न्युयोर्कमा एक करोड रुपैयाँ प्राप्त गरेका छन् । नेपालको तनहुका २२ बर्षीय युवा असिम देवकोटाले हृदयघातबाट मृत्यु भएका बुवाको नाममा रहेको बीमा वाफतको रकम प्राप्त गरेका हुन् ।

केही महिना अगाडि असिमका बुबाको हृदयघातबाट मृत्यु भएपछि तोडिसकिएको विमा पोलिसीबाट समेत विमा कम्पनीले उनलाई झण्डै १ करोड रुपैयाँ प्रदान गरेको हो ।

असिमका बुबा शैलेन्द्र देवकोटाले न्युयोर्क लाइफ इन्सुरेन्समा जीवन विमा गरेपनि मृत्यु हुने ताका उनले विमा तोडिसकेका थिए । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधी कृष्ण पोखरेलको सहयोगमा तोडिसकिएको विमाबाट समेत शैलेन्द्र देवकोटाको परिवारले ९८ हजार १ सय २७ डलर ९५ सेन्ट प्राप्त गरेका हुन् । शनिवारको विनिमयदर अनुसार यो १ करोड ५ लाख २१ हजार १ सय ७६ नेपाली रुपैयाँ हो । असिमले बुवाको नामबाट प्राप्त रकमलाई बुवाको उपहार भएको बताएका छन् ।



असिमले जीवन बिमाको महत्व आफूले अहिले राम्रोसँग बुझेको बताउँदै अमेरिकामा रहेका अरु नेपालीहरुलाई पनि जीवन बिमा गर्न सुझाव दिएका छन् ।

न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधि कृष्ण पोखरेलले पनि अमेरिकामा रहेका नेपालीले जीवन विमा गरेमा मृत्यु पश्चात दाहसंस्कारका लागि चन्दा उठाउनुपर्ने अवस्था नआउने बताएका छन् ।

कप्तान पारसको एपेन्डिक्सको सफल शल्यक्रिया,एक साता आराम गर्नुपर्ने



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको एपेन्डिक्सको सफल शल्यक्रिया भएको छ । उनको (की(होल सर्जरी) गरेर गुजल्टिएको आन्द्राहरु मिलाइएको छ । उनको पेट अचानक दुखेपछि उनि धापासीस्थित ग्राण्डी अस्पतालमा एडमिड भएका थिए ।


पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकाले खड्का चाँडै मैदान र्फकन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउँछन् । जाँचका क्रममा उनको आन्द्रामा अवरोध (रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटायन्स अब्स्ट्रक्सन) देखिएको थियो ।

साथै उनको एपेन्डिक्सको आकस्मिक शल्यक्रिया (इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी) गरिएको छ । अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसि तथा की(होल सर्जरी गरिएको छ र, गुजुल्टिएको आन्द्राहरु मिलाइएको चिकित्सकहरु बताउँछन् ।


उनि आइतबार डिस्चार्ज भएका छन् । भने उनलाई फलोअपका लागि अर्को साता बोलाइएको छ । खड्काको उपचारमा डा. धिरेश महर्जन, डा. प्रबिण बिक्रम थापा, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेका छन् । एनेस्थेसियामा डा. मुरारीराज उप्रेती र डा. अर्चन अधिकारीको टिमले साथ दिएका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको तयारीमा रहेको नेपाली टोली आगामी शुक्रबार दिल्ली जाने तय भएको छ । तर, चिकित्सकहरुले एक साता आराम गर्नु भनेकाले पारस भने दिल्ली टुरमा जान पाउने छैनन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याबीच फागुन २८ र ३० गते कीर्तिपुरमा खेल हुनेछ । आन्द्रामा समस्या देखिएपछि पारस एक वर्ष अघि पनि फागुनमा नै नर्भिक अस्पताल भर्ना भएका थिए ।

Saturday, February 18, 2017

पूरूषकाे लिंग र महिलाकाे याेनीबारे केही राेचक तथ्य



एजेन्सी । पुरुषको लिंग र महिलाको योनीका विषयमा सामान्य जानकारी त तपाई हामी सबैलाई छ । तर यि दुवै यौनागं उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् यस विषयमा बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् ।


यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।



बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ ।

तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ ।

घरमा राख्न नभुल्नुहोस् भाग्य चम्काउने यस्ता मांगलिक वस्तुहरु


काठमाडौँ । भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ ।

ओम स् सर्वोपरि मंगल प्रतीक – यो सम्पूर्ण ब्रह्माण्डको प्रतिक हो । अ,उ,म तीन शब्दबाट बनेको ओमको अर्थ हुन्छ उपनिषद् । यसमा ब्रह्मा, विष्णु र महेशको प्रतीक तथा यो भूः लोक, भूवः लोक र स्वर्ग लोकको पनि प्रतिक हो । तामा, पीतल तथा अष्टधातुको ओम घरमा राख्ने गरिन्छ ।



स्वास्तिक – स्वास्तिकलाई शक्ति, सौभाग्य, समृद्धि र मंगलको प्रतिक मानिन्छ । यो मंगल प्रतीक गणेशको उपासना, धन, वैभव र ऐश्वर्यकी देवी लक्ष्मीको पूजामा विशेष स्थान छ । यसको चारै दिशाहरुको अधिपति देवताहरु, अग्नि, इन्द्र, वरुण एवम् सोमको पूजा हेतु एवप्ं सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नका लागि प्रयोग गरिन्छ ।

कलश – कलश सुख र समृद्धिको प्रतीक मानिन्छ । एक कास्य वा तामाको कलशमा पानी भरेर त्यसमा आपको केही पात राखेर त्यसको मुखमा नरिवाल राख्नुपर्छ ।

शंख – शंख समुन्द्र मन्थनको समयमा प्राप्त भएका १४ अनमोल रत्नहरु मध्ये एक हो । लक्ष्मी माताको साथमा उत्पन्न भएका कारण यसलाई लक्ष्मी भ्राता पनि भनिन्छ । यही कारण, जसको घरमा शंख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । शंख बजाउनाले स्वास्थ्यमा पनि लाभ मिल्छ । घरको वातावरण शुद्ध हुन्छ ।

दियो – सुन्दर वा कल्याणकारी, आरोग्य वा सम्पदा दिने दियो समृद्धिका साथै अग्नि र उज्यालोको प्रतिक हो । परम्परागत दियो माटोको हुन्छ, जसमा पाच तत्व माटो, आकाश, जल, अग्नि र वायु हुन्छ । हिन्दु अनुष्ठानमा पञ्चतत्वको उपस्थिति अनुवार्य हुन्छ।

पञ्चसुलक – यो फिजिएको हातको छाप हो, जसमा पाँच तत्वको प्रतीक हो । हामीसँग जे–जति छ त्यो र हाम्रो शरीर पाँच तत्वले बनेको हुन्छ । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । जैन धर्ममा यसको निकै नै महत्व हुन्छ । हिन्दुहरुले भने जन्म र विवहको अवसरमा हातको छाप लगाउँछन् । मुख्य पवेशद्धारमा पञ्चसुलकको छाप लगाइएमा समृद्धि, सुख र शुभता ल्याउने विश्वास गरिन्छ ।

गरुड घन्टी – जुन ठाउँमा घन्टी बजेको नियमित आवाज सुनिन्छ, त्यहा वातावरण सधै सफा र पवित्र बन्ने मान्यता राखिन्छ । यसले नकारात्मक शक्तिलाई भगाउँछ । नकारात्मक शक्ति भाग्नु भनेको समृद्धिको ढोका खुल्नु हो ।

बाँसुरी – भगवान कृष्णको अतिप्रिय बाँसुरी घरमा राख्नाले परिवारका सदस्यबीच प्रेम रहिरहने र सुख–समृद्धि पनि रहिरहने हुन्छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक बताइएको छ ।

लक्ष्मीको प्रतिक कौडी – पहेलो रंगको कौडी लक्ष्मीको प्रतिक हो ।

मंगल सुत्र – यो मंगल सुत्र एक विवाहित नारीले पतिको कुशलताकासँग जोडिएको मंगल कामनाको प्रतीक हो ।

चम्किलो शालिग्राम – शिवलिंग जस्तै शालिग्रामको पनि धेरै चामत्कारिक लाभ छन् । शालिग्रामलाई भगवान विष्णुको प्रतीक मानिन्छ ।

मयुरको प्वाख – जसको खरमा मयुरको प्वाख राखिएको हुन्छ, त्यो घरमा कहिले पनि भूत – प्रेतले हानी–नोक्सानी नगर्ने विश्वास गरिन्छ । भरमा १ देखि ३ वटासम्म मयुर प्वाख राख्नु राम्रो मानिन्छ ।

माला – रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस् ।

‘यिनलाई सम्झिनुस्, जसले गणतन्त्रकालमा जनताको मन जित्ने प्रयास गरे’

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलले सबै नेतालाई चोर र भ्रष्ट बन्न नमिल्ने तर्क गरेका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले गणतन्त्रकालमा पनि केही नेताले राम्रो काम गरेर जनताको मन जित्ने प्रयास गरेको भन्दै सबै नेतालाई नकारात्मक दृष्टिकोणबाट हेर्न नहुने सुझाव दिएका हुन् ।

पूर्वमन्त्रीहरु गोकर्ण बिष्ट र लालबाबु पण्डित, पूर्व मुख्य सचिव लिलामणी पौडेल र उनको प्रभावकारी कार्यकाल, वर्तमान मन्त्री जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राख्दै गजुरेलले लेखेका छन्– ‘सबै नेता चोरै चोर, प्रत्येक कर्मचारी भ्रष्टै भ्रष्ट ! यस्तो नकारात्मक धारणा बनाउनु अगाडी यी ब्यक्तीहरुलाई पनि सम्झनोस्, जसले गणतन्त्रकालमा जनताको मन जित्ने प्रयास गरे । अरु कोही भए भन्नोस्, केही भए लेख्नोस् ।’

२५ हजार ऋण तिर्न नसकेर ऋर्ण मिनाहा गर्न साहुलाई आफ्नै श्रीमती यौन सम्पर्क गर्न दिएपछि….



भारतको भिवानी क्षेत्रमा एक व्यक्तिले ऋण तिर्न नसकेपछि बदलामा श्रीमती सुम्पिएको खवर बाहिर आएको छ ।

ति व्यक्तिले आफुले लिएको २५ हजार ऋण तिर्न नसकेपछि छिमेकी साथी र आफ्नै ठुलो भाइलाई श्रीमती सुम्पिएका थिए ।


ति महिलालाई लिएर उनिहरुले हप्तौ सम्म बलात्कार गरेको खवर छ । पिडित महिलाले पुलिस चौकीमा यो केस दर्ता गराएपछि यो खवर सार्वजनिक भएको हो ।

पिडित महिलाले पुलिसलाई बताएअनुसार उनका श्रीमानले आफ्नै दाइ र छिमेकी सँग २५ हजार ऋण लिएका थिए । समयमा तिर्न नसकेपछि श्रीमती नै सुम्पिएका थिए ।

जुन महिनामा स्कुल विदा भएकोले छोराछोरी मामाघर गएका थिए । सो समयमा श्रीमान जानीजानी बाहिर सुत्न जान्थे त्यसपछि छिमेकी र जेठाजुआएर बलात्कार गर्ने गरेको ति महिलाले बताएकी छन् ।

मेडिकल जाँच बाट उनको बलात्कार भएको पुष्टि भएको छ ।

उनीमाथी दुष्कर्महुँदा जेठानीले पनि साथ दिएको महिलाको बयान छ । अहिले यो विषयमा थप अनुसन्धान भैरहेको दिल्ली पुलिसले बताएको छ ।

'बिमला दिदी’को चिया पसल जसले ५ सय रुपैयाँबाट व्यापार सुरु गरेर ४ वटा घडेरी जोडिन्


चिया धेरैका लागि लत हो। सहरका लागि त यो धेरै थोकको बहाना हो।

कसैसँग भेटियो। के खाने ? सहज उत्तर हुन्छ– चिया। तलतल मेटाउने बहाना हो– चिया। चुस्की लगाउँदै एक–अर्काका कथा साट्ने बहाना हो– चिया।

जसरी चिया पियक्कडहरु चुस्कीसँग गफका पत्र–पत्र खोल्छन्, चिया पकाउनेका पनि पत्र–पत्र कथा हुन्छन्।

यस्तै एउटा कथा छ– ‘बिमला दिदी’को।

नाम– बिमला पराजुली।

ग्राहकले चिन्ने नाम–बिमला दिदी।

सहरमा चिया सहजै पाइने पेय पदार्थ हो। तर, ‘बिमला दिदी’ले उमालेको चिया खान लाइन नै बस्नुपर्छ। भर्रर आवाज दिइरहेको ग्यास चुल्होमाथि डेक्चीमा चिया पाकिरहेको हुन्छ। नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ पुरानो शिवदर्शन हलनजिकै साँघुरो गल्लीमा जस्तापाता बारेर बनाइएको चिया पसलमा जतिखेरै घुइँचो देखिन्छ। सुविधा सम्पन्न बस्ने ठाँउ छैन।


बिमलालाई भ्याइनभ्याइ छ। दैनिक ५ देखि ६ सय कपसम्म चिया बेच्छिन्। जसबाट उनले मासिक करिब ६० हजार जोगाउँछिन्। पाँच सय रुपैयाँबाट सुरु भएको उनको व्यवसायले उति ठूलो रुप लिएको त हैन, तर उनले अहिलेसम्म काठमाडौंमै चारवटा घडेरी जोडिसकिन्। घरव्यवहार यसैबाट चलेको छ।

यो उनले सजिलै पाएको उपलब्धी भने होइन। जसरी चियाबाट बाफ छुट्छन्, यो उपलब्धीका लागि उनको जीवनबाट १५ वर्ष लामो समय छुटिसकेको छ।

बिमलाको संघर्षको कथा सुरु हुन्छ, भोजपुरबाट।


भोजपुरमा साधारण किसान परिवारमा जन्मिएकी बिमला पराजुली ७ कक्षा पढ्दै थिइन्। बाबुले काठमाडौं पठाइदिए। काठमाडौं आएर आफ्नो ठूलो बुवाको छोराको कोठामा बसिन्। आएको केही समयमै गार्मेन्टको काम पाइन्। काम गर्दा–गर्दै दाइका चिनजानका युवकसँग बिहे भयो। जतिबेला उनको उमेर १७ वर्षको थियो।

उनी २१ वर्षको छँदा २०५८ सालमा छोरा जन्मियो। श्रीमान्ले जागिर त सुरु गरिसकेका थिए, तर परिवार ठूलो बन्दै गएपछि एक्लो कमाइले थेग्न नसक्ने भयो। विकल्प खोज्दै जाँदा छिमेकी महिलाले एकदिन उपाय सुझाइन्, ‘चिया पसल राख।’

घरखर्च धान्न त धौ–धौ परेको मान्छेसँग पसल राख्ने पैसा कहाँ हुनु१ उनै महिलाले आइडिया पनि दिइन्, ‘फुटपाथमा राखे उति खर्च लाग्दैन।’

त्यसपछि सुरु भयो, पसल राख्ने ठाउँको खोजीकार्य। सडक–सडक भौंतारिन थालिन्। खोज्दै जाँदा बानेश्वरस्थित कान्तिपुर अस्पतालअगाडि धुमधुम्ती उभिइरहेको सुरक्षा गार्डलाई सोधिन्, ‘दाइ यहाँ अगाडि चिया पसल राख्न मिल्ला?’


ती सुरक्षा गार्डले भने, ‘यहाँ धेरैले पसल राखिसके बैनी। नगरपालिकाले कसैलाई टिक्न दिए पो। तिमी १९÷२० बर्षको केटी के गर्न सक्छौ होला र?’

उनले भनिन्, ‘हैन दाइ, छोराका लागि पनि मैले कमाउनु छ।’

सुरक्षा गार्डले भने, ‘कति दिन टिक्न देला र नगरपालिकालेरु जे गर्छौ तिम्रो विचार।’

बिमलाले जोखिम मोलिन्। पाँच सय रुपैयाँ मात्र खर्चेर स्टोभ, गिलास, चिनी, चियापत्ती किनिन्। र, भोलिपल्ट बिहानदेखि बाटोछेउमा पसल राखिन्।

‘पहिलो दिन त साह्रै लाज लाग्यो नि,’ भकभकी उम्लिएको चिया डाडुले चलाउँदै उनी आफ्नो कथा सुनाउँदै थिइन्, ‘त्यो दिन नौ बजेसम्म बीस २० प्याकेट दुध सकिएपछि हतार–हतार झोलामा भाडाकुँडा कोचेर कोठामा गएँ। त्यो दिन निकै द्विविधा भयो, भोलिदेखि जाने कि नजाने? निदाइरहेको छोरोको अनुहार देखेपछि सोचेँ– उसको लागि मैले यस्ता सरम पचाउनुपर्छ। भोलीपल्ट बिहान तीनै बजे अघिल्लो दिनको भन्दा दस प्याकेट बढी दुध बोकेर गएँ। दोस्रो दिन त लाज पनि निकै कम लाग्यो।’

कम समयमै उनको चिया यति लोकप्रिय भयो, ग्राहकहरुले बेलुका पनि पसल राख्न सुझाव दिए। बेलुकी नगरपालिकाको डर झनै बढी हुन्थ्यो। उनले जोखिम मोलेरै बेलुकी पनि पसल राख्न सुरु गरिन्। छोरा काखी च्यापेर चिया पकाइरहेकी हुन्थिन्, नगरपालिकाका कर्मचारी हुर्रर झर्थे र भाँडाकुँडा उठाएर गाडीमा हाल्थे।

भुइँमा पसल राखेर कमाएको पैसाले ठेला किनेकी थिइन्। जति छोरालाई माया गर्थिन्, उनलाई ठेलागाडाको माया उत्तिकै लाग्थ्यो। एकपल्ट डिएसपीले ठेलागाडामा लात्ती हानेछन्। बिमलाको पालो गालामा झापड लगाइदिइछन्। त्यसपछि प्रहरीले २४ घन्टा थुनामा राखिदिएछ।




उनलाई त्यसरी फुटपाथमा राख्नु गैर–कानुनी हो भन्ने थाहा थियो। तर, विकल्प थिएन। अनेक उल्झन खपेरै भए पनि काखमा हुर्किँदै गरेको छोराको भविष्य सोचेर सुरु गरेको व्यवसायले राम्रो मुनाफा दिइरहेको थियो।

त्यही छोरो ८ वर्ष लाग्दै गर्दा एक्कासी सिकिस्त बिरामी भयो। छोराको कुनै पनि अंग नचल्ने भयो। धामीझाँक्रीदेखि डाक्टरसम्म पुगिन्। झन्डै ६ महिनापछि छोरा विस्तारै तंग्रियो। बन्द भएको पसल फेरि चल्यो।

पहिले कमाएको पैसा छोराको उपचारमै सकियो। अझ ऋण पनि लाग्यो। ऋण तिरेर पुरानै अवस्थामा फर्किइनन् मात्र घर भाडा तिरेरै पसल राख्ने स्रोत जुटाइन्। र, ७० सालबाट सुरु भयो उनको छानो हालेको पक्की पसल संघर्ष। जुन एक चरणको ठूलो सफलता थियो उनका लागि।

विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडिको कोठामा सुरु गरेको त्यो पसलमा पनि चिया पिउनेहरुको उत्तिकै भीड लाग्न थाल्यो। एउटा व्यापारीका लागि आफ्नो पसलअगाडि ग्राहकको भीड लाग्नु खुसीको कुरा हुन्छ। तर कहिलेकाहिँ त्यही भीड अरु कसैका लागि दुःखको कारक बनिदिँदो रहेछ। पसलका घरबेटीले भनेछन्, ‘पसलमा धेरै भीड भयो, हल्ला धेरै भयो। अर्को ठाउँ सर तिमी।’

त्यसपछि उन बानेश्वरबाट पुरानो बानेश्वरतर्फ पुरानो शिवदर्शन हलनजिकै साँघुरो गल्लीमा आइपुगिन्। जस्तापाताले बेरेर पसल थापिन्। उनको चियाको स्वाद चाखेकाहरु पछ्याउँदै आइपुगे। उनले भने सफलतालाई पछ्याइरहिन्।

२०५८ सालबाट २०७३ सालसम्म आइपुग्दा भक्तपुरको बालकोटमा २ वटा घडेरी र तराईमा २ वटा घडेरी जोडिसकेकी छन्। छोरा ९ कक्षामा पढ्दैछन्।

छोरा पनि फुटबलमा सफलता चुम्ने तरखरमा छन्। फुटबल राम्रो खेलेकै कारण विद्यालयले मासिक पाँच हजार छुट दिन्छ। गत वर्ष फुटबल खेल्नैका लागि अमेरिका गए। बिमलाले पाँच लाख खर्च गरिन्।

३६ पुगेर ३७ वर्ष लाग्नै आँटेकी बिमलाले संघर्षबाट आफ्नै दर्शन बनाएकी छन्, ‘केही गर्छु भनेर सच्चा हृदय र आत्मादेखि लागी पर्यो भने सफल अवस्य भइन्छ।’

राशि अनुसार गर्नुस् काम, यी राशि भएकालाई यस्तो पेशमा फाइदा


मेषः मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मङ्गलग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ ।

मङ्गल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ । त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन् ।

डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरूलाई सफलता चुम्न सहज हुनेछ । यिनीहरूमा नेतृत्व लिन सक्ने क्षमता हुन्छ अनि आफूले चाहेको कार्य गर्छु भनी अठोट गरेमा पछाडि फर्केर हेर्न पर्दैन ।

वृषः वृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको, अन्तरिक्षको दोस्रो राशि हो जसको मालिक शुक्र ग्रह हो । ज्योतिष विज्ञानमा तìवको अत्यन्त गहिरो महìव छ । वृष राशिमा पृथ्वी तìव भन्नुको आशय वृष राशि भएका व्यक्तिहरू सहनशील, धैर्यवान् हुन्छन् ।

शुक्र ग्रह वृष राशिको मालिक हो जसले सुख, समृद्धि, धन, सम्पत्ति, वैभव जनाउँछ । फिल्म, मोडलिङ, फेसन, इन्टेरियर डिजाइनिङजस्ता ग्ल्यामरस क्षेत्र वृष राशिअन्तर्गत पर्दछन् । पर्यटन, कमर्स, वकालत, प्रशासनिक कार्यजस्ता क्षेत्रसँग सम्बन्धित वृष राशि भएका व्यक्तिको छिटोछिटो प्रगति हुन्छ ।

मिथुन: मिथुन वायु तत्व प्रधान, तेस्रो राशि हो जसको स्वामी बुध ग्रह हो । बुध ग्रहको सम्बन्ध योग्यता, प्रज्ञा र मूलतः वाणीसँग हुन्छ । यो राशिका व्यक्तिहरू कुराकानीकै क्रममा पनि शब्द चयन गरेर बोल्दछन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्दछ ।

मिथुन, वायु तत्व प्रधान राशि भएकाले शब्दजाल बुन्न, गहिरो शब्दको अर्थ केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू चतुर हुन्छ्न । मिथुन राशिसँग सम्बन्धित व्यक्तिहरू सञ्चार, इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्न सक्छन् ।

आफ्ना कुरालाई स्पष्ट तरिकासँग राख्न सक्ने अनि अरूलाई पनि त्यसमै सहमत गराउन सक्ने विशेष गुण यिनमा हुन्छ । वाकपटु हुने भएकाले सहायक एवं सल्लाहकारको भूमिकामा सहजै भिज्न सक्छन् । लेखक साहित्यकार अथवा राजदूतको रूपमा यिनीहरूको भूमिका महत्वपूर्ण हुन्छ । विवाद सुल्झाउन होस् अथवा आफ्नो पक्षलाई मजबुत पार्न, तर्कको माध्यमबाट यिनीहरूलाई प्रशस्त गर्न अत्यन्त कठिन हुन्छ ।



कर्कटः अन्तरिक्षको चोथो राशि कर्कट, जल तत्व प्रधान राशि हो जसको स्वामी चन्द्रमा हो । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनबाटै विचारहरू उत्पन्न हुन्छन् । तसर्थ विचारप्रधान पेसाहरू जस्तै कला, पेन्टिङ, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि कर्कट राशि भएका व्यक्तिहरूले सजिलै आफ्नो वर्चस्व बनाउने दक्षता राख्छन् ।

जल तत्व प्रधान राशि भएकोले पनि यिनीहरू जलसँग सम्बन्धित कुनै पनि पेसा जस्तै गोताखोर, जलसेना, मराइन इन्जिनियरिङ, पौडीबाज, तेल प्रशोधन आदि क्षेत्रमा दिन, दुगुना, रात चौगुना प्रगति गर्दछन् । व्यापार, वाणिज्य, खेतीपाती, पशुपालन, डेयरी प्रोडक्टस र प्रशासनिक काममा यिनीहरूको कार्यकुशलता प्रशंसा योग्य हुन्छ ।
सिंहः अग्नि तत्व प्रधान राशि सिंहको मालिक सूर्य हो । सूर्य भनेकै ऊर्जा अथवा अग्निको स्रोत हो । सिंह राशि भएका व्यक्तिहरूको प्रमुख गुण भनेको वैचारिक स्थिरता नै हो ।

यिनीहरू जब आफ्नो लागि कुनै मार्ग लिन्छन् वा केही कुरा गर्ने अठोट गर्छन् तब तिनीहरू त्यो काम पूरा शक्ति लगाएर गर्छन् । प्रशासनिक कार्य, नेतृत्व लिने काम मेडिकल, प्यारामेडिकल फिल्ड, रिसर्च अनि अध्यात्म आदि क्षेत्रमा यिनीहरूलाई स्थापित हुन समय लाग्दैन । सेना, प्रहरी, गुप्तचर, सुरक्षा, सङ्गठन, उद्योग, व्यवस्थापन, ज्योतिषजस्ता क्षेत्रमा पनि सिंह राशि भएका व्यक्तिले खुबै नाम कमाउँछन् ।

कन्याः अन्तरिक्षको छैँटौँ राशि कन्या पनि पृथ्वी तत्व प्रधान राशि हो । बुध ग्रह यसको मालिक हो । बुध ग्रहले बुद्धि, विवेक र तर्कलाई अगाडि राख्छ । त्यसैले कन्या राशि भएका मानिसहरू बुद्धि र तर्कको सहायताले अरूलाई वशमा पार्छन् । यिनीहरू हरेक कार्य बुद्धि लगाएर चतुर्‍याइपूर्वक सम्पन्न गर्दछन् ।

व्यापार, व्यवसाय, वाणिज्य, लेखन, साहित्य, कला अनि सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरू कम्युनिकेशन अफिसर, वकिल, सल्लाहकार, शिक्षक, प्राध्यापक आदिको रूपमाा निकै नै जम्दछन् । पृथ्वी तìव प्रधान राशि भएकाले यिनीहरूमा सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ ।

तुलाः वायु तत्व प्रधान भएको तुला राशिको स्वामी शुक्र ग्रह हो । शुक्र ग्रह भनेको वैभव, सम्पन्नता, सुख, समृद्धिको दाता हो । तुला राशि वायु तìव प्रधान भएकाले व्यक्ति धन सम्पत्तिले परिपूर्ण त हुन्छ नै, उसको कीर्ति पनि फैलन्छ । चाहे त्यो सकारात्मक होस् या नकारात्मक ।

यिनीहरू फिल्म, नृत्य, गीत, सङ्गीत, कला, लेखनजस्ता क्षेत्रमा विशेष दखल राख्दछन् । म्यानेजर, कूटनीति, परराष्ट्र नीति, राजनीति, राजदूत वा यस्तै कार्य जहाँ व्यवस्थालाई सन्तुलित बनाउनुपर्ने हुन्छ, त्यस्तो क्षेत्रमा तुला राशि भएका व्यक्तिहरू अरूभन्दा सफल हुन्छन् । स्पेस इन्जिनियरिङ, खगोल विज्ञान, जिनेटिक इन्जिनियरिङ, कपडा, कागज, पि्रन्ट, प्रेस, मिडियाजस्ता क्षेत्रमा पनि यिनको वर्चस्व रहन्छ ।

वृश्चिकः जल तत्व भएको, स्थिर, स्वभावको वृश्चिक राशि अत्यन्त महìवपूर्ण राशि हो जसको मालिक मङ्गल ग्रह हो । वृश्चिक रहस्यमय राशि हो र यसले शरीरको अङ्गमध्ये जनेन्दि्रयको प्रतिनिधित्व गर्छ । जल पनि ऊर्जाकै स्रोत हो, साथसाथै वृश्चिक जल तìव प्रधान राशि भएका कारण त्यस्ता क्षेत्रहरू जसमा पानीको उपयोग हुन्छ वा पानीसँग सम्बन्ध राख्छ ।

अर्थात् माछापालन, हाँसपालन, जनसेना, मराइन इन्जिनियरिङ, पौडी, हाइड्रोपावर आदिमा यिनीहरूले विशेष सफलता पाउँछन् । त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक, गुप्तचरजस्ता क्षेत्रमा यिनको प्रभुत्व रहन्छ । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान र समुद्रसँग सम्बन्धित कार्यहरूमा यिनीहरूले छिटोछिटो प्रगति गर्दछन् ।

धनुः वृहस्पति स्वामी भएको धनु अग्नि तत्व प्रधान तथा दोहोरो स्वभावको राशि हो । अग्निको सोझो काम हो जल्नु अथवा जलाउनु न कि सोच विचार गर्नु र तसर्थ धनु राशि भएका व्यक्तिहरू कामभन्दा पनि परिणामप्रति सचेत हुन्छन् । यिनीहरू प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भू-उपग्रह, पत्रकारिता, होटल म्यानेजमेन्ट, भाषा अनुवाद -दोभाषे), कम्प्युटर सफ्टेयर तथा हार्डवेयरजस्ता क्षेत्रमा प्रगति गर्दछन् ।

मकरः अन्तरिक्षको दसौँ राशि मकरको मालिक शनि ग्रह हो । यो राशि पृथ्वी तत्व प्रधान राशि हो । यो राशि भएका व्यक्तिहरूले कुनै पनि कामको सुरुमा असुविधा, असफलता बेहोरे पनि अन्ततोगत्वा मनले चिताएको फल भेट्टाएरै छोड्छन् । यो सुरुको असफलताको कारण शनि ग्रह पनि एक हो । इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, बैङ्किङ, एकाउन्ट, लेखा परीक्षणजस्ता क्षेत्रमा यिनीहरू चाँडै सफल हुन्छन् । डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसरजस्ता पदमा यिनीहरू सबैभन्दा चाँडै पुग्छन् ।

कुम्भः वायु तत्व प्रधान भएको, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो । यसको मालिक पनि शनि नै हो । यसलाई मानवतावादी राशि पनि भनिन्छ । सञ्चार, कम्प्युटर विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषी, प्राविधिक कार्यजस्ता क्षेत्रमा कुम्भ राशि भएका व्यक्तिहरूलाई अत्यधिक सफलता मिल्छ ।

यिनीहरू कुनै कार्य सुरु गरेपछि समाप्त गरेर मात्र सन्तोष लिन्छन् । लेखन, साहित्य कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू-उपग्रह, भौतिक विज्ञान, मिडिया र राजनीतिमा यिनीहरूले राम्रो सफलता पाउँछन् ।

मीनः जल तत्व प्रधान भएको, दोहोरो स्वभावको राशि मीन अन्तिम राशि हो जसको मालिक बृहस्पति ग्रह हो । जल भनेको जीवन हो र जीवनको सञ्चालन ग्रहहरूमध्ये सबभन्दा शालिन वृहस्पति ग्रहले गर्ने भएकाले मीन राशि भएका व्यक्तिहरू थोरै मिहिनेतमा पनि अत्यधिक सफल हुने गर्दछन् ।

यिनीहरू मराइन इन्जिनियरिङ, दूध तथा दुग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन् । लेखन, साहित्य, कविता, दर्शन, मनोरञ्जन, हाँस्य विधा, इलेक्ट्रोनिक्स, मेकानिक, अध्ययन, अध्यापन, योग, ध्यान, अध्यात्मकजस्ता क्षेत्रमा यिनीहरू अब्बल हुन्छन् ।

Friday, February 17, 2017

महिलाको वक्षस्थलबारे रोचक तथ्य, जसले पुरुषको आयु पनि बढ्छ


एजेन्सी । महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र मानिन्छ । यसले महिलाको सुन्दरतामा पनि निखार ल्याएको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गरेका हुन्छन्

पछिल्ला दिनमा यसका लागि विकसित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन्ः



विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८ केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोमास्टिट्ज हुन् । अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एनजिओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ ।

यो एनजिओका महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् । रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।



यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुले आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।

ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।



स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको शरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ । स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।

मर्द हो भने नखानुहोस् यी ५ खानेकुरा


भारतीय एक अायुर्वेदका विशेषज्ञ डा. एस के यादवका अनुसार यी १० खाने कुरा जुन मर्दले खान नहुने अर्थात कम खानुपर्ने बताएका छन् ।

१. पुदिना


पुदिनामा मेंथोल नामक तत्व हुन्छ । यसको बढी प्रयोगले विपरीत लिङ्गीप्रति यौन प्रदर्शनमा प्रभाव पार्छ ।

२. डेरीजन्य उत्पादन कम खानुस्



सन् २००३ मा जोन होपकिन्स विश्वविद्यालयको एक अनुसन्धानका अनुसार डेरीजन्य खाने कुराको बढी प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुने गरेको पाइएको छ ।

३. चिल्लो तथा जंक फुड

बढी मात्रामा चिल्लोपना तथा बाहिर राखिने जंक फूडको सेवनले कोलेस्ट्रोलको मात्रा बढ्ने क्यालिफोर्निया विश्वविद्यालयको एक शोधमा उल्लेख गरिएको छ ।

४. कफी तथा कोल्ड ड्रिङ्कस्

कफी तथा गर्मी महिनामा खाइने चिसो पेय पदार्थको सेवन पनि हानिकारक हुने गरेको एक अध्ययनले देखाएको छ । यसको बढी प्रयोगले बीर्य उत्पादनमा कमी अाउँछ ।

५. अल्कोहल

अमेरिकाको नेशनल इन्सटिच्युट अफ हेल्थका अनुसार अल्कोहलले पुरुषमा हुने सन्तानोत्पादनको क्षमतामा ह्रास आउँछ ।

अमेरिकामा कागजपत्रविहिन नेपालीलाई तनाव, गोप्य रुपमा सेना परिचालन, यस्तो छ तयारी !



एजेन्सी । कागजपत्रविहिन भएर पनि संयुक्त राज्य अमेरिकामा बसिरहेकाहरुका लागि अमेरिकी सरकारले गोप्य रुपमा सेना परिचालन गरी समात्ने योजना बनाएको थाहा भएको छ । समाचार संस्था एपीलाई प्राप्त सुचनाका अनुसार कागजपत्र विहिनलाई नियन्त्रण गर्नका लागि मात्रै अमेरिकी सरकारले १ लाख भन्दा धेरै सुरक्षागार्ड परिचालन गरेको जनाएको छ ।

एपीले उक्त प्रस्तावको ११ पेज लामो गोप्य योजना सहितको मेमो समेत हात पारेको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी बनेपछि आप्रवासीहरुका लागि कडा कानुन ल्याउँदैछ । अमेरिकी सरकारसँग १४ लाखको संख्यामा रिजर्भ आर्मी रहेको छ त्यसबाट एक लाख आर्मी उक्त गोप्य योजनामा परिचालन भएको एपीले उल्लेख गरेको छ ।



मेमोको ड्राफ्टमा क्यालिफोर्निया, एरिजोना, न्यु मेक्सिको र टेक्सास समावेश गरिएको छ । यद्धपी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले एपीको रिपोर्ट शतप्रतिशत गलत भएको दावी गरेका छन् । उनले कागजपत्रविहिनलाई पक्राउ गर्न नेशनल गार्ड परिचालनको कुनै योजना नरहेको दावी गरेका छन् ।

यस अघि नेश्नल सेक्युरिटी गार्डका अधिकारीहरु मेक्सिको सिमा क्षेत्रमा अध्यागमन मिसनमा काम गर्दै आएका छन् ।

यो मेमो पनि आइस र सीबीपीका प्रमुखका नाममा लेखिएको छ । मेमोको ड्राफ्ट डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कर्मचारीहरुलाई दिइएको र त्यसमध्ये एउटा आफूले प्राप्त गरेको एपीको दावी छ । यस्तो सुचनासँगै अमेरिकामा रहेका नेपालीहरु समेत त्रासमा परेका छन् ।

मलेसियामा आफ्नै दाजुभाई लुट्ने नेपाली गिरोह पक्राउ, प्रतिव्यक्ति कति पैसा उठाउँथे ?



काठमाडौं, ६ फागुन । नेपाली भएर नेपालीहरुलाई नै जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोह मलेसियामा पक्राउ परेको छ । मलेसिया प्रहरीले पक्राउ गरेका ११ जनामध्ये दुई जना महिला पनि सहभागी छन् ।

मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदले २२ वर्षदेखि ३६ वर्ष उमेर समूहका आरोपीहरुलाई बुधबार जुरु र तामान पेरविराबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु त्यहाँ संकलित रुपैयाँ लिनका लागि पुगेका थिए । प्राप्त सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । ‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित सक्रिय गिरोहले एक वर्ष देखि आफ्नै देशका नेपाली साथीहरुबाट रुकम उठाउँदै आएका थिए । उनीहरुले मासिक प्रतिव्यक्रि २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । गिरोहका व्यक्तिहरु थुप्रै अपराधिक क्रियाकलापमा पनि संलग्न भएको खुलेको बताए ।

उनीहरुले समूहको मानिसलाई पहिचान गर्नका लागि शरीरमा साझा टाटु पनि बनाएका थिए । प्रहरीले उनीहरुबाट खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण लगायत बरामद गरेको छ । उनीहरुसंग यात्राको वैध कागजात पनि नभएको प्रहरीले जनाएको छ ।

भूकम्पले फेरी हल्लियो काठमाडौं,


काठमाडौँ, ७ फागुन । आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

नेपाल आउँदै सलमान खान




बिइङ ह्युमन नेपाल प्रमुख थापासँग सलमान खानले भने ‘छिट्टै नेपालको भ्रमण गर्नेछु’

मुम्बई । बलिउड चर्चित अभिनेता सलमान खानले छिट्टै नै नेपालको भ्रमण गर्ने बताएका छन् ।

विश्वविख्यात क्लोथिङ् ब्राण्ड बिइङ ह्युमन नेपाल प्रमुख राजु थापासँग सलमान खानले मुम्बईस्थित ब्यान्द्रामा भएको भेटमा नेपाल भ्रमण गर्ने विषयमा कुराकानी गरेका हुन् ।


हालै मुम्बईस्थित ब्यान्द्रामा भएको भेटमा खानले नेपालका आफ्ना फ्यान प्रति आभार व्यक्त गर्दै छिट्टै नेपालको भ्रमण गर्ने बताएका हुन् ।

भेटमा थापाले सलमान खानलाई नेपालको भ्रमण गरि ‘बिइङ् ह्युमन सोरुमको अवलोकन गर्न समेत आमन्त्रण गरेका थिए ।

युवा ब्यवसायी राजु थापाको पहलमा ‘बिइङ् ह्युमन सोरुमको आधिकारीक सोरुम नेपालमा सञ्चालन हुँदै आएको छ ।

पैसामा केरमेट गर्नेलाई तीन महिना जेल



काठमाडौं –  पैसामा केर्ने बानी छरु केर्ने बानी सुध्रिएन भने अब कानुनी फन्दामा पर्न सक्नुहुन्छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी कसूर सम्बन्धी विधेयकबारे छलफल गर्न गठन गरिएको उपसमितिले पैसामा केरमेट गर्न निषेध गर्ने कानुन सहितको प्रतिवेदन तयार गरेको छ ।

उपसमितिले प्रस्ताव गरेको फौजदारी संहिताको दफा २६३ मा नोट वा सिक्का जलाउने गाल्ने वा च्यात्नेलाई सजायको प्रबन्ध गरिएको छ । दफा २६३ को उपदफा २ मा बैंक नोटमा लेख्न वा कोर्न नहुने व्यवस्था छ भने उपदफा ३ मा सजायको व्यवस्था गरेको छ ।

तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनेछ, सजाय सम्बन्धी प्रावधानमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागू गर्ने भन्दै नोटमा स्टिच नगर्न बैंकिङ संस्थालाई दिएको निर्देशन अझै कार्यान्वयन हुने सकेको छैन ।

 सर्वोच्च अदालतले २०७२ फागुन ३० गते नोट सफा राख्नका लागि अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोट सफा राख्नका लागि लापरबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले सरकार र राष्ट्रबैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको थियो ।

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु



  काठमाडौंको बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर मनोहरीकी ३८ बर्षीया रीमा कुमारी राई र स्कुटर पछाडी बसेकी धादिङ खाल्टे की ३५ बर्षीया सोनिया थापा रहेकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बालाजुस्थित माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Thursday, February 16, 2017

सुनिता भन्छिन् -बरु लोग्ने त्याग्छु, हिन्दु धर्म त्याग्दिँन !

रामेछापको हिमगंगा गाविस घर भएकी सुनीता श्रेष्ठ हाल माइतमा बस्दै आएकी छन् । उनी जन्मदिने बाबु आमाको मायाले माइत छाड्न नसकेकी होइनन् न त घरमा खान लाउन नपुगेर नै हो । सुनिता रामपुर गाविस-४ चारघरेस्थित माइतमा बस्दै आउनुको कारण हो, श्रीमानले धर्म परिवर्तन गर्न दिएको दबाव ।
‘तेरा बा-आमाको कुरा सुनेर हामीले भनेको धर्म मानिनस् । अब तँसँग मेरो कुनै सम्बन्ध छैन । कि हिन्दु धर्म छाड् कि मलाई छाड् भनेर धम्की दिए, ‘सुनिताले भनिन्, ‘श्रीमानले पटक-पटक धम्की दिएपछि घरमा बस्न सकिँन ।’

रामेछापको रामपुर गाविस- ४ का भुवनलाल श्रेष्ठका १ छोरा र २ छोरी मध्येकी जेठी छोरी हुन् सुनिता । सुनिताले ०६८ सालको चैत महिनामा रामेछापकै हिमगंगा गाविसका नरबहादुर सुनुवारसँग भागी विवाह गरिन् ।

त्यतिबेला उनी ९ कक्षामा पढ्दै थिइन् भने सुनुवारले एसएलसी दिएका थिए । सुनुवारको एसएलसी परीक्षा सकिएकै दिन उनीहरुले भागी विवाह गरे । ०६९ सालमा प्रेमको निशानीको रुपमा उनीहरुकी छोरी जन्मिइन् । सम्बन्ध पनि राम्रै थियो ।


सुनिताले विवाह गर्नु अघि नरबहादुरका माहिला दाजु नरेश सुनुवार क्रिश्चियन धर्म मान्दथे । परिवारका अन्य सदस्यहरुले हिन्दु धर्म नै मान्दथे । उनको विवाहपछि श्रीमान नरबहादुरसहित र परिवारका अरु सदस्यहरुले पनि हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्म मान्न थाले ।

परिवारमा सुनिता मात्र हिन्दुधर्म मान्ने भइन् । त्यसपछि उनीमाथि धर्म परिवर्तनका लागि दबाव सुरु भयो ।

सुनिताले भनिन्, ‘छोरी बारम्बार बिरामी पर्न लागी, त्यसको सबै दोष मैले धर्म परिवर्तन नगरेको भनेर लगाइयो । छोरीलाई उपचारका लागि काठमाडौं लगें । त्यहाँ पनि श्रीमानले धर्म परिवर्तन गर्न दबाव दिए । धर्म परिवर्तन नगरेको भन्दै छोरी र मलाई वास्तै गरेनन् ।’

काठमाडौंमा आफन्तकोमा बसेर छोरीको उपचार गराएपछि सुनिता घर फर्किन सकिनन् र माइतमै बसिन् । हिन्दु धर्म त्यागेर क्रिश्चियन धर्म मान्न दिन-रात दबाव दिने परिवारबाट उनले आफू र छोरी असुरक्षित भएको महसुस गरिन् ।

माइत बस्दै आए पनि उनलाई न त श्रीमानले, न त घर परिवारका अरु सदस्यहरुले नै सोधखोज गरे ।

हाल श्रीमानले अरु नै केटीहरु लिएर हिँडेको भन्ने सुनेकी भए पनि उनी कत्ति पनि बिचलित छैनन् । धर्मका नाममा आफूलाई पीडा दिने परिवारलाई कारवाही गरी आफ्नो अधिकार स्थापित गर्ने अठोट छ सुनिताको । त्यसका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताउँछिन् उनी ।

‘घरका सबै क्रिश्चियन धर्म मान्छन्, म एकजना मात्र हिन्दु धर्म मान्ने हो । त्यसैले मलाई धर्म परिवर्तनका लागि दबाव दिएर उनीहरुले घरमा बस्न दिएनन्,’ सुनिताले भनिन्, ‘म बरु लोग्ने छाडिदिन्छु, तर धर्म परिवर्तन गर्दिनँ ।’

छोरीलाई परेको समस्याले उनका बाबु भुवनलाल श्रेष्ठ दिक्क छन् । भुवनलालले छोरीलाई धर्म परिवर्तन गरी परिवारसँग आनन्दले बस्न सुझाव समेत दिए । तर, अहँ सुनिताले मानिन् ।

‘क्रिश्चियन धर्म मान्दा परिवार मिल्छ भने त्यही धर्म मान् भनेर मैले त छोरीलाई सम्झाएको छु,’ भुवनलालले भने, ‘तर ऊ मान्दिँन, बरु लोग्ने छाडिदिन्छु, हिन्दु धर्म छाड्दिन भन्छे ।’

श्रीमतीले आत्महत्या गर्न हामफाल्दा श्रीमानले कपाल समातेर यसरी बचाए



एजेन्सी । लोग्ने स्वास्नीबीच साना तिना झगडा भइनई रहन्छन् । तर, कहिलेकाँही झगडाले उग्र रुप लिएको पनि पाइन्छ ।यस्तै, घटना छिमेकी राष्ट्र चीनको राजधानी बेइजिङमा भएको छ । श्रीमान श्रीमतीको झगडाले उग्र रुप लिएपछि श्रीमतीले आत्महत्या गर्न अग्लो घरको छतबाट हाम फालिन् ।

माथिबाट खुट्टा छोड्ने वित्तिकै उनका श्रीमानले कपाल समातेर उनलाई बचाए र जसले गर्दा उनलाई बचाउन सकियो । जुन अवस्थाको परिदृष्यलाई प्रहरीको क्यामराले केद गरेको थियो ।श्रीमानले पत्नीको कपाल ३ मिनेटसम्म समातेर राखे । त्यति बेलासम्म उनी श्रीमती झण्डिरहेकी थिइन् ।कपालकै साहारामा उनलाई बचाउन सम्भव नभएपछि प्रहरीले अन्ततः पाइप लाइनको सहायताले महिलालाई बचाए । पतिको हातमा कपालको अन्तिम भाग मात्र बचेको थियो ।

मारुती सिमेन्ट उद्योग 'बिजुली चोर'को लिष्टमा सबैभन्दा अगाडी ! कार्वाही गर्न सक्लान् त कुलमानले ?


 काठमाडौँ - नेपाललाई लोडसेडिङ मुक्त बनाउने भन्दै कुलमानसिङ लागि परेका छन् । उनलाई जनताको ठूलो साथ पनि छ । तर शक्तिकेन्द्रको आडमा केहि उद्योगी र व्यवसायीहरु भने देशको बिजुली चोरेर गैरकानुनी रुपमा आफ्नो व्यवसाय गर्दै आफु मोटाउने र देश डुबाउने अभियानमा लागेका छन् । अझ पछिल्लो समय त अन्धकारलाई बेचेर करोडौं कमाउनेहरुको पर्दाफास भइरहेका बेला 'हामी बनाउँदैछौं नेपाललाई' भन्ने नारा लिएर अगाडी बढेको मारुती सिमेन्ट उद्योग नै 'बिजुली चोर' को लिष्टमा परेको छ ।

यी हुन् बिजुली चोरहरु, मारुती सिमेन्ट उद्योग अगाडी !

देशको बिजुली चोरेर रातारात मोटाउने सपना देख्ने मारुती सिमेन्ट उद्योगका मालिकहरु मात्र होइनन्, श्री बाबा जुट मिल्स, रघुपति जुट मिल्स, कमला रोलिङ मिल्स, शिवम् प्लाष्टिक इण्डष्ट्रिज, हुलास वायर इण्डष्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, पशुपति सिमप्याक, मैनावती स्टील इण्डष्ट्रिज, अरिहन्त मल्टिफाईबर्स, अरिहन्त पोलिप्याक, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट उद्योग,लगायत रहेको छ । तर यिनीहरुमध्ये कसैले पनि देश बनाउने खोक्रो आश्वासन दिएका छैनन् । तर मारुती सिमेन्ट उद्योग बिजुली चोरेर आफु धनी हुने र जनतालाई अन्धकारमा राखेर देश बनाउने खोक्रो आश्वासन बाँडीरहेको छ ।   

को हुन् चोर कम्पनीका मालिकहरु ?

मारुती सिमेन्ट उद्योगको लगानीकर्ता नन्द किशोर राठी हुन् । उनी मारुती सिमेन्ट उद्योगले बिजुली चोरेरै चलाउनुपर्छ भन्ने पक्षमा बिगत लामो समयदेखि लागि परेको उनी निकट स्रोतले बताएको छ । कुलमान घिसिङ आएपछि उनको पनि पर्दाफास भएको हो । अर्काे बिजुली चोरी गरेर कम्पनी सञ्चालन गरेको बाबा जुटमिलका प्रमुख प्रकाश मुन्दडा हुन् उनी मोरङ व्यापार संघका महासचिव समेत रहिसकेका व्यक्ति हुन् । अर्काे विद्युत चोर कम्पनी हो शिवम् प्लास्टिक उद्योग । जुन उद्योगमा लगानीकर्ता बासु गोल्यान हुन् ।

शक्तिकेन्द्रको आडमा चोरी:

हामीलाई प्राप्त जानकारी अनुसार मारुती सिमेन्ट उद्योगले शक्तिकेन्द्रकै आडमा बिजुली चोर्ने गरेको हो । 'राम्रोसँग छानविन गर्ने हो भने उद्योगले १० करोडभन्दा बढीको बिजुली चोरी गरेको छ ।तर आफु निकटको राजनीतिक आड प्रयोग गरेर सिमेन्ट उद्योगले करोडौं रुपैयाँको बिजुली चोरेर प्रयोग गरी देश र जनतालाई अध्यारोमा राख्ने र देश डुबाउने अभियानमा लागेको छ । ' स्रोत अगाडी भन्छ, 'देशका गहनाका रुपमा रहेका कलाकारहरुलाई राखेर सिमेन्टले जनता झुक्याउने काम गरेको छ ।

कार्वाही गर्लान् त कुलमानले ?

यति बेला सबैका वाहवाहि पाएका कुलमानले मारुती सिमेन्ट उद्योगलाइ कारवाही गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा चर्चाको विषय बनेको छ । 'मारुती सिमेन्ट उद्योगका मालिकहरु राजनीतिक आडमा आफु यो प्रकरणबाट उम्कने दाउमा छन् भने कुलमानलाइ रिझाएर कार्वाहीबाट बच्ने प्रपन्च मिलाइरहेका छन् ।' स्रोत अगाडी भन्छ, 'कुलमानले अरु जति नै राम्रो गरेपनि मारुती सिमेन्टका मालिकलाइ कार्वाही गर्ने कुरामा भने धेरैको शंका छ । यता देशलाइ अध्याँरोमा राखेर आफु मोटाउन पल्केका उद्योगका मालिक विरुद्ध उद्योगभित्र कै असन्तुष्ट पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित विभिन्न ठाउँमा उजुरी गर्ने तयारी गरेको बुझिएको छ।

मारुती सिमेन्टका अरु कर्तुत पनि कति हो कति !

बिजुली चोर्ने मात्र होइन मारुती सिमेन्टले अरु थुप्रै गैर कानुनी काम गरिरहेको स्रोतको दावी छ । नक्कली भ्याट बिल प्रयोग गर्ने, राजश्व छल्ने लगायतका कामहरुमा सिमेन्ट उद्योग अगाडी रहेको स्रोतको दावी छ । स्रोत भन्छ, 'मारुती सिमेन्ट देशलाई ठगेर नै मोटाउने अभियानमा छ । सम्बन्धित निकायले छानविन गर्ने हो भने नक्कली भ्याट बिलदेखि राजश्व छलीसम्मका प्रकरणमा मारुती सिमेन्ट उद्योग मुछिएको छ ।

बोल्न मानेन मारुती सिमेन्ट:

यस विषयमा हामीले मारुती सिमेन्टका प्रतिनिधिसँग कुराकानी गर्न प्रयास गरेका थियौं । तर हाम्रो प्रश्न सुन्ने बितिकै फोन सम्बन्धित विभागमा ट्रान्सफर गरिदिने भन्दै काटिएको थियो । यस विषयमा हामीले सिमेन्ट उद्योगको वेव साइटमा दिइएको मेलमा समेत सम्पर्क गरेका छौं ।

स्रोत : अर्थ सरोकार डटकम

Wednesday, February 15, 2017

सम्बन्ध गाँस्नुअघि होस पुर्‍याउनुपर्छ


मंसिर १, २०७१भनिन्छ, जोडी स्वर्गमै बन्छ । अग्निको सात फेरा तथा मन्त्रोच्चारणपछि दुलहा-दुलही प्रेमको बन्धनमा बाँधिन्छन् । हिजोआज सम्बन्धको परिभाषा परिवर्तन हुँदैछ । राम्रो सम्बन्धका लागि कहिलेकाहीँ परिवारले अनेकौं झूटा कुरा गरेर विवाह गराउँछन् । यसो गर्दा पछि गएर सम्बन्ध बिग्रने स्थिति आउँछ । त्यसैले वैवाहिक सम्बन्ध गाँस्दा यथार्थको धरातल छोड्नु हुँदैन ।
देखाबटीपनबाट जोगिनुपर्छ

कहिलेकाहीँ दुलहीका परिवार आफ्नी चेलीको विवाह उँचो तथा धनी परिवारमा गराउने चक्करमा आफूसँग भएको सम्पूर्ण पुँजी विवाहमा खर्च गर्छन् । यसले भविष्यमा कस्तो असर गर्छ त्यसको हेक्का राख्दैनन् । वास्तविकता ढिलोचाँडो खुलिहाल्छ । थाहा पाएपछि दुलहाको परिवारले उनीहरूलाईर् हेयको दृष्टिले हेर्छ । छोरीको सुखका लागि गरिएको फजुल खर्चले उनको जीवन अझ कष्टकर हुन्छ ।

झुक्याउनु हुँदैन

धेरै पटक उच्चशिक्षाको धाक लगाएर सम्बन्ध निश्चित गरिन्छ । सम्बन्ध पढेलेखेको परिवारमा होस् भनेर झूटो पनि बोलिन्छ । साँचो कुरा अघि आएपछि सम्बन्ध चिसिन्छ । धेरै पटक जातीय हिसाबले पनि झूटो बोलेर कुरा चलाईन्छ । संस्कार नमिल्दा पनि जीवन सोचेजस्तो हुँदैन ।

सम्बन्धका लागि हतार गर्नु हुँदैन

छोराछोरीको विवाह गर्ने चिन्ता आमाबुवालाईर् हुनु स्वाभाविक हो तर जिम्मेवारीलाईर् चाँडै सिध्याउन जस्तो पायो त्यस्तो जीवनसाथीको टाँसो लगाउनु हुँदैन । भरसक छोराछोरीहरूलाईर् पढाएर उनीहरूको करियर राम्रो बनाउन सघाउनुपर्छ । कसैको बहकाउमा आएर अमूल्य जीवनको आहुति दिनु हुँदैन । उमेर पुग्यो भन्दैमा अगाडि-पछाडि केही नहेरी सम्बन्ध गाँसिदिनु हुँदैन । विवाह जीवनको महत्वपूर्ण पक्ष हो । यसका लागि चिनेजानेका साथीभाइ एवं आफन्तहरूको सहयोग लिनुपर्छ । विवाह पुतलीको खेल होइन, त्यसैले सावधानी अपनाउनुपर्छ । आफ्नो तरिकाले छानविन गरिसकेपछि मात्र सम्बन्ध गाँस्नुपर्छ । परिवारका कुनै सदस्यको बहकाउमा आएर कुरा पक्का गर्नु हुँदैन । यो सन्तानको जीवनको प्रश्न हो । त्यसैले पर्याप्त सजगता अपनाउनुपर्छ ।

हैसियतको ख्याल गर्नुपर्छ

छोरीको विवाह राम्रो घरमा होस् भन्ने चाहना सबैमा हुन्छ । यसको अर्थ राम्रो संस्कार, राम्रो विचार हो । आमाबुवा आफ्नी छोरीका बारेमा धेरै बनाबटी कुरा पनि गर्छन् । आफ्नो हैसियतअनुसार प्रस्तुत हुनुपर्छ । कुनै प्रकारको शंका हुने ठाउँ दिनु हुँदैन । आफ्नो हैसियत, संस्कार तथा विचार मिल्ने परिवारसँग सम्बन्ध गाँस्नुपर्छ । आफूभन्दा उच्च वर्ग वा आफ्नो विचार नमिल्ने परिवारमा छोरीको विवाह गर्दा छोरीलाईर् सामञ्जस्यता कायम गर्न कठिन हुन्छ भने आफूभन्दा निम्न स्तरमा छोरीको विवाह गर्दा पनि सानातिना कुरा पूरा गर्न कठिन हुन्छ ।

केटाका बारेमा जानौं

सम्बन्धको सबैभन्दा महत्वपूर्ण तत्व भनेको केटाका बारेमा सम्पूर्ण जानकारी हासिल गर्नु हो । जुन केटाको हातमा छोरीको हात सुम्पने हो उसका बारेमा विस्तृत जानकारी लिनुपर्छ । कतिपय अवस्थामा केटाहरू आफ्नो इच्छानुसार विवाह गर्न चाहन्छन् तर अभिभावकहरू आफ्नो मान-सम्मान तथा दाइजोको लोभमा छोरालाईर् आफूले भनेको ठाउँमा विवाह गर्न दबाब दिन्छन् । यसरी गरिएको विवाह दिगो हुन सक्दैन । कतिपय अवस्थामा केटाले अर्को विवाह गर्छ । यसले छोरीको जीवनमा प्रश्नचिन्ह लाग्छ । विवाहले दुई मनलाईर् मात्र होइन दुई परिवारलाईर् जोड्ने काम गरे मात्र सम्बन्धको दायरा बढ्छ । जुन घरमा जीवनपर्यन्त बस्ने गरी छोरी बिदाई गर्ने हो त्यही घरको परम्परा, संस्कार, रहनसहन, खानपान आदि कुरामा मेल खानुपर्छ । उनीहरूको पुख्र्यौली घर कहाँ हो, उनीहरूको खानदान कस्तो छ, समाजमा उनीहरूको छवि कस्तो छ, उनीहरूका आफन्तहरू कहाँ छन् सबै कुराको जानकारी लिनुपर्छ ।

बिरामीका सम्बन्धमा

आफ्ना सन्ततिका विषयमा सही कुरा बताउनु आमाबुवाको कर्तव्य हो । आफ्ना सन्ततिको रोग, शारीरिक कमी-कमजोरी आदिका बारेमा सबै कुरा नढाँटी बताउनुपर्छ ।

पर्फेक्ट कपल्स

जब दुई मन एक शरीर हुन्छ तब बन्न पुग्छ सुखद् सम्बन्ध र त्यस्ता व्यक्तिलाई नै हामी पर्फेक्ट कपल्स भन्छौं ।

आफ्नो प्रेम वा दाम्पत्य जीवनमा यो परफेक्सनका लागि केही समझदारी आवश्यक छ ।

स्मार्ट टि्रक्स

जस्तो हुनुहुन्छ त्यही रूपमा रहनुपर्छ, साथै आफ्नो पार्टनरलाई पनि उसकै रूपमा स्वीकार गर्नुपर्छ ।

एउटा राम्रो सम्बन्धको प्रारम्भ नै एक्सेप्लेन्स अर्थात् स्वीकारको भावबाट हुन्छ । दम्पतीले एक-अर्कालाई परिवर्तन गर्ने प्रयास गर्नु हुँदैन । न त एक-अर्काबाट परफेक्सनको अपेक्षा राख्नु नै उचित हुन्छ ।

सेयरिङ आवश्यक छ

जब एउटा सम्बन्धमा बाँधिइन्छ, तब यो कुरा मनमा आउनु ठीक होइन कि यो कुरा मेरो हो र यो तिम्रो । जे जस्तो छ दुवैको हो । आफूमाथि पार्टनरको पनि अधिकार छ । त्यसैले सेयरिङ अत्यन्त आवश्यक छ । धेरै टीका-टिप्पणी एवं रोक-टोक गर्नु हुँदैन ।

जुन कुराले पार्टनरलाई खुसी प्रदान गर्छ, उसलाई त्यो कार्य गर्न दिनुपर्छ । हरेक कुरामा एक-अर्कालाई रोकटोक गर्नु ठीक होइन ।

यदि श्रीमान्लाई मित्रजनका साथमा पार्टी जान मन छ भने जान दिनुपर्छ । यसैगरी यदि श्रीमतीलाई सपिङ गर्नुछ भने त्यसमा उत्साहित गर्नुपर्छ, गुनासो गर्नु हुँदैन ।

तिमीलाई जोसित प्रेम छ, मलाई पनि उसैसित प्रेम छ । दुवैलाई एक-अर्काको रुचिसित प्रेम छ भन्ने अनुभूति दिलाउनुपर्छ । प्राय: दम्पती एक-अर्काका आफन्तजनलाई रुचाउँदैनन् र त्यही कुरा झगडाको कारक बन्छ । सम्बन्धमा बाँधिएपछि एक-अर्काको परिवारलाई स्वीकार गर्नु आवश्यक हुन्छ, कारण अब उनीहरू पनि आफ्नैै परिवार बनिसकेका छन् ।

एक-अर्काको स्वभावको अन्तरलाई

सकारात्मक रूपमा लिनुपर्छ । यही सिद्धान्तलाई विचार गरी एक-अर्काको अलग र फरक व्यक्तित्वको प्रशंसा गर्नुपर्छ र यही अन्तरलाई इन्जोय गर्नुपर्छ । कहिल्यै एउटै जस्तो बनाउने प्रयास गर्नु हुँदैन ।

जलन-ईष्र्यालाई हावी हुन दिनुहुँदैन :

जो कसैलाई कसै न कसैसित ईष्र्या वा द्वेष हुनसक्छ । यसमा आफ्नो कमजोरी हावी हुन दिनु हुँदैन, जसका कारण आफ्नो सम्बन्ध प्रभावित हुनसक्छ । मनमा अकारण शंका-उपशंका पाल्नु हुँदैन । भरोसा गर्न सक्नुपर्छ ।

समस्या समाधान गर्नुपर्छ : बिहान झगडा वा विवाद भएको स्थितिमा साँझ पनि एक-अर्कासित कुरा नगरी बित्न सक्छ । त्यसको प्रभाव भोलिपल्टसम्म पनि कायम रहन्छ । अत: त्यो कुराको समाधान त्यही दिन गर्नु उपयुक्त हुन्छ ।

सरल बनौं, खुसी रहौं : सम्बन्धमा हामी जति सरल बन्छौं र छलकपटबाट टाढा रहन्छौं, सम्बन्ध त्यति नै बलियो र दिगो हुन्छ । दुवै एक-अर्काको साथमा यस कारण हुनुहुन्छ, कि एक-अर्कालाई आफ्नो उपस्थितिबाट खुसी राख्न सकौं, जिउने हौसला र उमङ्ग प्रदान गर्न सकौं । यो कुरामा ध्यान दिन सके नकारात्मक विचार हावी हुन पाउँदैन ।

जे तिमीलाई मनपर्छ, त्यही मेरो रोजाइ : यदि दुवैको रुचि र रोजाइ अलग-अलग छ भने पनि एक-अर्काको रुचिमा चाख राख्न सक्नुपर्छ । श्रीमान्लाई फुटबल मनपर्छ तर श्रीमतीलाई कुकरी शो भने फुटबल हेर्दा श्रीमतीले गुनासो गर्ने र कुकरी शो चलेका बेला श्रीमान्ले गुनासो गर्ने हो भने स-साना कुरामा झगडा भैरहन्छ । यस्तोमा श्रीमतीले फुटबलमा थोरै रुचि देखाए अनि श्रीमान्ले थोरै कुकिङमा भने कुरा बिग्रन पाउँदैन ।

वाचा तोड्नु हुँदैन : एक-अर्कासँग गरिएको वाचा हरसम्भव निर्वाह गर्नुपर्छ होइन भने विश्वास हराउँदै जान्छ । कुनै कारणवश आफ्नो वाचा निर्धारित दिनमा पूरा हुन नसके अर्को दिन पूरा गर्नुपर्छ । यसबाट आफ्नो पार्टनरलाई तपाईंं उनको खुसीको ख्याल राख्नुहुन्छ र आफ्नो वाचा पूरा गर्नुहुन्छ भन्ने पर्छ ।

चिटिङ गर्नु हुँदैन : तपाईंसित संसारकै राम्रो व्यक्ति छ भने अरुसित किन फ्लर्ट गर्ने ? प्राय: फ्लर्टिङको चक्करमा इमोसनल सम्बन्ध बन्न पुग्छ, जसका कारण समस्या सिर्जना हुन सक्छ । फ्र्लट गर्नु छ, रोमान्स गर्नु छ भने एक-अर्कासित गर्नुपर्छ । यसबाट सम्बन्धमा न्यानोपन आउँछ र प्रगाढता पनि बढ्छ ।

प्रेम अभिव्यक्ति गरिरहनुपर्छ : प्रेमको अभिव्यक्तिले सम्बन्धमा रोमान्सलाई कायम राख्छ, त्यसैले कहिले फोनमा, त कहिले म्यासेजद्वारा आई लभ यू जस्ता शब्द व्यक्त गरिरहनुपर्छ ।

राम्रो सहयोगी बन्नुपर्छ : कुनै पनि जिम्मेवारीमा एक-अर्कालाई सघाउनुपर्छ । आफ्ना तर्फबाट सहयोगका लागि तत्परता देखाउनुपर्छ । प्राय: महिलाले आफ्नो घर प्रोपर्टी, श्रीमान्को प्रोफेसनसित जोडिएका समस्यामा उनीहरूले केही गर्न सक्दैनन् भन्ने सोच्छन् भने पुरुषहरू पनि घरेलु जिम्मेवारी, श्रीमतीको डिपार्टमेन्ट भन्ने मान्छन् । यो गलत सोच हो । एक-अर्कालाई नै हरेक समयमा, हरेक मौकामा सहयोगको आवश्यकता हुन्छ, अत: एक-अर्कालाई सहयोग गर्ने प्रयास गर्नुपर्छ ।

कम्प्लिमेन्ट्स दिन बिर्सनु हुँदैन : चाहे त्यो कुरा लुक्सका बारेमा होस्, फिट्नेसका मामिलामा वा कुनै सफलतामा, एक-अर्कालाई कम्प्िलमेन्ट दिनुपर्छ । आफ्नो प्रशंसाले पार्टनरका लागि विशेष महत्व राख्छ । यसले सम्बन्धमा ताजापन कायम गर्छ ।

आफूलाई मन नपर्ने कुराका सम्बन्धमा जानकारी गराउनुपर्छ : अधिकांश सम्बन्ध केही मिस अन्डरस्ट्यान्डिङका कारण टुट्छ । त्यस्तो तब हुन्छ जब एक-अर्कालाई एक-अर्काको केही बानी-व्यवहार मन पर्दैन । अत: जुन कुरा आफूलाई मन पर्दैन, त्यसका बारेमा पहिले नै जानकारी गराउनु राम्रो हुन्छ । जसले विवाद सिर्जना हुँदैन र आपसी समझदारीमा ती कुरालाई सुल्झाउन सकिन्छ ।

पर्सनल अटेन्सन दिनुपर्छ : दुवै जति नै व्यस्त किन नहुन्, एक-अर्काका लागि समय निकाल्नुपर्छ । दुई-चार दिन छुट्टी लिएर कतै बाहिर घुम्न जानुपर्छ । जहाँ मात्र तपाईंं दुईजना रहनुहुन्छ । परिवारको भीडमा पनि सबैबाट छलिँदै केही ख्यालठट्टा गर्नुपर्छ । यही पर्सनल अटेन्सनले दुवैलाई अझ नजिक ल्याउँछ ।

मित्र बन्ने प्रयास गर्नुपर्छ : मित्रताको सम्बन्ध अनमोल र सबैभन्दा अलग हुन्छ । हामी आफ्नो मित्रसित सबै कुरा सेयर गर्छौं । कारण मित्रले नै हामीलाई राम्रोसँग बुझ्छन् भन्ने विश्वास हुन्छ । जबसम्म यही विश्वास आफ्नो प्रेम सम्बन्धमा सिर्जना हुँदैन तबसम्म पर्फेक्ट कपल बन्न गाह्रो हुन्छ । अत: यो विश्वास जागृत गर्नुपर्छ कि यही व्यक्तिले मलाई बुझ्न सक्छ, मलाई धोका दिँदैन, मलाई साथ दिन्छ, गल्तीमा सही दिशा देखाउँछ र मलाई स्वीकार गर्छ ।

जिनले तय गर्छ पार्टनर

विज्ञान भन्छ : साइकोलिजिकल साइन्समा प्रकाशित अध्ययन-प्रतिवेदनअनुसार हामी कुन रूपमा पार्टनर चयन गछौर्ं । त्यसका लागि हाम्रो जिनको भूमिका महत्वपूर्ण हुन्छ । प्राय: हामी त्यस्ता साथी चयन गर्छौं जसको जिनोटाइप असमान हुन्छ ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : यदि पार्टनरको जिनोटाइप आपसमा अलग छ भने त्यसले दम्पतीको सन्तानको इम्युन सिस्टम मजबुत हुन्छ । अत: आफ्नो जिनको निर्णयलाई स्वीकार गरौं र भावी पुस्तालाई स्वस्थ बनाऔं ।

जादु आलि·नको

विज्ञान भन्छ : नर्थ केरोलिना युनिभर्सिटीका चिकित्सकहरूका अनुसार आलिङ्गन गर्नाले ब्लड प्रेसर कम हुन्छ र शरीरमा अक्सिटसिन नामक हार्मोनको स्तर बढ्छ, जसले आर्गेज्म प्राप्त गर्न मुख्य भूमिका निर्वाह गर्छ । शोधकर्ताले केही दम्पतीमा यो अध्ययन गर्दै तिनलाई एक-अर्काको सामीप्यमा १० मिनेटसम्म बस्न दिएर उनीहरूलाई कुराकानी गर्न भनियो । त्यसबाट एक-अर्कासित केही समयसम्म आलिङ्गन गर्न भनियो । त्यसपछि पोजिटिभ रिजल्ट प्राप्त भयो । उनीहरूको ब्लड प्रेसर तथा अक्सिटसिन स्तरमा केही परिवर्तन पाइयो, तर जब यो फर्मुला दैनिक प्रयोगमा ल्याइयो, तब त्यस्तो परिवर्तन अझ बढी देखा पर्‍यो ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : प्रेम व्यक्त गर्न आलिङ्गनभन्दा राम्रो उपाय अरू के हुन सक्छ ? अत: दैनिक रूपमा आफ्नो पार्टनरलाई आलिङ्गन गर्नुहोस् र ब्लड प्रेसरलाई वाइवाई भन्नुहोस् ।

हेल्दी राख्छ सेक्सले

विज्ञान भन्छ : शोधहरू अनुसार जो सातामा एक वा दुई पटक यौन सम्पर्क राख्छन्, ती दम्पतीमा इम्योनोग्लोसिनको मात्रा बढी हुन्छ, जुन एउटा एन्टीबडी हो र त्यो रोग वा इन्फेक्सनसित लड्न सहयोगी साबित हुन्छ । जो सातामा एकपटक पनि यौन सम्पर्क गर्दैनन्, उनीहरूमा इम्युग्लोविन तुलनात्मक रूपमा कम भएको पाइन्छ ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : आफ्नो वैवाहिक जीवनलाई ताजा राख्न यौन जीवनलाई बेवास्ता गर्नु हुँदैन । यौनको खुलेर आनन्द लिनुपर्छ र स्वस्थ बन्नुपर्छ ।

मनको कुरा

विज्ञान भन्छ : शोधबाट के सिद्ध भैसकेको छ भने जुन महिला आफ्ना श्रीमान्को मनको कुरा ध्यानपूर्वक सुन्छिन्, खुसी सेयर गर्छिन्, उनको हौसला बढाउँछिन्, उनीहरूको सम्बन्ध बलियो हुन्छ । अन्य दम्पतीको तुलनामा उनीहरू बढी सन्तुष्ट हुन्छन् ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : श्रीमान्को हरेक कुरा ध्यानपूर्वक सुन्ने र उनीसित आफ्नो मनको हरेक कुरा भन्नाले दुवैको मन हल्का हुन्छ । दुवै अझ नजिक हुन्छन् र आपसी सम्बन्धमा प्रेमको कमी हुन पाउँदैन ।



चुम्बनको महत्व

स्टेट युनिभर्सिटी अफ न्यूयोर्कका जर्ज गेलपका अनुसार जब कुनै पार्टनरले एक-अर्कालाई पहिलो पटक चुम्बन गर्छन् तब उनीहरूलाई थाहा हुन्छ कि ऊ कति आकर्षक छ र उनीहरूको सम्बन्धको आयु कति लामो छ ? गेलअपका अनुसार चुम्बन गर्दा मस्तिष्कमा सूचना आदानप्रदान हुन्छ । जसबाट जिनेटिक इनकम्पेटिविलिटीको सम्भावना रहन्छ ।

अन्य कुरा

-    जसको दाम्पत्य जीवन सुखद् हुन्छ, उनीहरूको मेन्टल हेल्थ राम्रो रहन्छ र डिप्रेसन पनि कम हुन्छ ।

-    ह्यापी मेरिड कपल्सको यौन जीवन सन्तोषजनक हुन्छ र उनीहरूले करिअरमा पनि सफलता प्राप्त गर्छन् ।

-    पिट्सवर्ग युनिभर्सिटीको अध्ययनअनुसार विवाहित महिलामा हृदय रोगको खतरा कम हुन्छ ।

-    विवाहित दम्पती अविवाहितहरूको तुलनामा धेरै बाँच्छन् र उनीहरूमा क्यान्सरको सम्भावना पनि कम हुन्छ ।

-    ह्यान्डसम पुरुषको स्पर्मको क्वालिटी बढी राम्रो हुन्छ । शोधमा हेल्दी स्पर्म ती व्यक्तिमा पाइयो जो मुहारले आकर्षण थिए र महिलाका लागि पर्फ]{ट पनि ।

-    अध्ययनअनुसार जुन महिलाको आवाज मधुर हुन्छ, उनीहरू तुलनात्मक रूपमा बढी सुन्दर हुन्छन् ।

घरमा बिजातीय बुहारी भित्रिँदा

समाज र यसका मान्यताहरू तीव्र गतिमा परिवर्तन भईरहेका छन् । हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् । अन्तरजातीय विवाह यस्तै श्रेणीको एउटा घटना हो, जसलाई केही समय अघिसम्म यस्तो पनि हुन्छ भनेर आश्चर्य व्यक्त गरिन्थ्यो । आज सहरी क्षेत्रका हरेक चौथो घरमा बिजातीय बुहारी भित्रिन थालेका छन् ।

बिजातीय बुहारी भित्रिनुको प्रमुख कारण युवतीहरू घरबाट निस्कनु पनि हो । उनीहरू युवकहरूसँग एउटै सीटमा बसेर स्कुल-कलेज पढ्न थालेका छन् । एउटा अफिसमा एउटै पदमा एउटै तलब खाएर उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको व्यक्तित्व पुरुषको जत्तिकै अग्लिँदै जान थालेको छ । टेलिफोन, इमेल, इन्टरनेट आदिका कारण को नारी वा को पुरुष वा के जात-थर भन्ने कुरा गौण हुन थालेको छ । कतिपय अवस्थामा मित्रता भएको महिनौं बितिसक्दा पनि आफ्नो मित्र उपाध्याय बाहुन हो कि जैसी वा क्षेत्री छुट्टनि सकेको हुँदैन । जात र धर्मको निर्णयविना नै प्रेम सुरु भैसकेको हुन्छ । समयको गतिसँगै हाम्रो समाजका मान्यता एवं हाम्रा सोचहरूमा परिवर्तन आउन सकेको छैन । अशिक्षित र गाउँघरका कुरा छाडिदिऊँ, सहर-बजारका पढे-लेखेका मानिसहरू पनि छोराले बिजातीय बुहारीसँग पे्रम गर्‍यो वा विवाह गर्‍यो भने असन्तुष्ट हुन्छन् । कतिपयले त छोराका लागि घरको बाटो नै बन्द गरिदिएका छन् । यदि आफ्नी छोरी तल्लो जातसँग गइन् भने उनलाई घर बोलाउने, ज्वाइँ स्वीकार गर्ने काम हुँदैन । यसले छोराछोरीलाई दु:खी त बनाउँछ नै आमाबुबाको बुढेसकालको जीवन पनि सुखमय हुँदैन । विशेष गरी आमबुबाले छोरा वा छोरीले यस प्रकारको काम गरिहाले पनि त्यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ ।

-    बिजातीय बुहारी भित्रिनुको अर्थ बुहारीमार्फत केही फरक संस्कार घरभित्र हुर्काउनु पनि हो । यदि आफ्नो संस्कार मात्र ठीक अरूको संस्कार गलत भनेर बस्ने हो भने त्यसले समस्या निम्त्याउँछ । कुनै पनि काम गर्दा आफ्नी बुहारीलाई यो काम यस कारण गरिएको हो, यो काम गर्नुको अर्थ यो हो भनेर बुझाउन सक्नुपर्छ । विनातुक र तर्कको काम गर्न बुहारीलाई दबाब दिनुहुँदैन ।

-    ब्राह्मणको घरमा बुहारीले छोएको नखाने, भान्साभित्र पस्न नदिने, छि:छि र दुरदुर गर्ने चलन छ । यदि बुढेसकालमा पनि उनीहरूले छोएको खान्न भन्ने दृढ विश्वास छ भने मात्र आफै पकाउनुपर्छ । अहिले शरीरमा जोस छ, खाना पकाउने शक्ति छ भन्दैमा म सधैं यस्तै हुन्छु भन्ने भ्रम पाल्नुहुँदैन ।

-    बिजातीय बुहारीको संस्कार र काम गर्ने तरिका बुझ्ने प्रयास गर्नुपर्छ । नबुझेका संस्कारका बारेमा चासो देखाउनुपर्छ र उनका कुरालाई महत्व दिनुपर्छ । यसो गरियो भने उनले पनि आफ्नो संस्कारका सम्बन्धमा चासो दिन्छिन् ।

-    हरेकलाई आफ्नो धर्म-संस्कृति प्यारो हुन्छ । यो कुरा बुझेर पनि धर्म-संस्कृतिप्रति व्यंग्य गरियो भने त्यसले विकराल रूप लिन सक्छ ।

यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य



काठमाडौं, ५ फागुन — मन्त्रमा अथाह शक्ति हुन्छ । मन्त्र जपेर नै संन्यासीहरूले देवताहरूबाट चाहिएजस्तो वरदान पाउँछन् । हामी यहाँ यस्तो शक्तिशाली मन्त्रका बारेमा बताउँदैछौं जसको निरन्तर जपले तपाईंको भाग्य बदलिन्छ ।


शास्त्रमा ब्रह्माजीलाई सृष्टिको रचयिता, भगवान् विष्णुलाई पालनकर्ता र भगवान् शिवलाई संहारकर्ता मानिएको छ ।

हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।

नमोस्त्वनन्ताय सहस्रमूर्तये
सहस्रपादाक्षिशिरोरुबाहवे
सहस्रनाम्ने पुरुषाय शाश्वते
सहस्रकोटि युगाधारिणे नम : ।

जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।



एजेन्सीको सहयोगमा

समयमै महिनावारी नहुँदा विवाहको डेढ महिनामै श्रीमानबाटै मारिइन् यी महिला


कैलाली,  धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेला परेको छ ।

यही माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीय अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले हिजो फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ ।

छ दिन अघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसको लगत्तै गरिएको अनुसन्धानबाट शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टोे अवस्थामा फेला पारेकोे कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले बताउनुभएको छ ।


अञ्जली र हिक्मतबीच डेढ महिनाअघि मात्र प्रेम विवाह भएको थियो । तर अञ्जलीको समयमै महिनावारी नभएपछि हिक्मतले उनीमाथि शंका गरेका थिए । हिक्मतले सोध्दा उनले चार पाँच महिनाको अन्तरमा महिनावारी हुने जवाफ दिएकी थिइन् । तर, अञ्जलीको जवाफमा उनले विश्वास गर्न सकेनन् । उनले अञ्जलीको पेटमा अरु कसैको बच्चा हुर्किरहेको आशंकासमेत गरेका थिए । अन्ततः उनले अञ्जलीले आफूलाई धोका दिएको ठहरसहित हत्या गरे । घटनाको थप अनुसन्धानका लागि हिक्मत सिंहलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।-राजधानी दैनिकमा खबर छ ।

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने तपाईको दिन शुभ हुन्छ -

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१. विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।


२. विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३. विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४. विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

५. शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

पूर्वेली न्युजबाट


मुनीको बिज्ञापन पनि तपाईंलाई मनपर्न सक्छ

देश नै लोडसेडिङ मुक्त बन्दै गइरहेका बेला कुलमानले भने ‘अब मेट्रो रेल चलाउने विद्युत जोहो गर्दैछौँ’



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको बताएका छन् ।

उनले अब देशले लोडसेडिङको मार नखेपि केही समयभित्रै पुरै देश भर लोडसेडिङ अन्त्यको घोषणा गर्ने बताएका छन् ।


एक कार्यक्रममा बोल्दै घिषिगंले यति मात्र होइन ठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको समेत बताएका छन् ।

राष्ट्रपति भवन पछाडी फलामको खोरमा थुनिएका यी दुई बालक (हेर्नुस भिडियो)


काठमाडौं । राजधानीमै त्यो पनि राष्ट्रपति भवनकै पछाडीको एक घरमा मान्छेलाई खोरमा थुनेर राखिएको छ भन्ने सुन्दा जो कसैलाई अचम्म लाग्न सक्छ ।

हो राष्ट्रपति भवन शितल निवास पछाडी एक घरमा एक बालक र उनका दाजुलाई खोर बनाएर थुनेर राखिएको छ ।

जीवजन्तु र पशुपंक्षिलाई खोरमा थुनिनु नौलो कुरा होईन । बरु आजभोली पशुपंक्षीलाई पनि स्वतन्त्र रुपमा बाँच्न दिनुपर्ने आवाज उठेका छन् । यसको कार्यान्वयनको पाटो भने विकसित हुँदैछ ।

तर यहाँ त मानिसलाई पनि पशुजस्तै राखिएको छ त्यो पनि राष्ट्रपति भवन पछाडी । मुलुककै सबैभन्दा सुगम ठाउँ राजधानी त्यो पनि राष्ट्रपति भवनकै पछाडीको एउटा घरमा मान्छेलाई खोरमा थुनेर राखिएको छ ।

महाराजगञ्जस्थित कृष्णधारामार्गमा पर्ने यो घर । सरस्वती रानामगर र उनका श्रीमान्सहित ४ जना छोरा बस्छन् यहाँ । जहाँको कथा बेग्लै छ । यीनीहरु सरस्वतीका जेठो छोरा २० वर्षीय सुनिल रानामगर र १३ वर्षीय माइला छोरा अनिल ।

जसले विगत लामो समयदेखि यो फलामको खोरमा जीवन कटिरहेको छ । कृष्णधारामार्गको एक घरमा बालकहरु थुनिएका छन् भन्ने सूचना पाएपछि न्युज २४ को टोलि त्यहाँ पुग्दा फलामको साँघुरो खोरबाट सरस्वतीका १३ वर्षीय छोरा अनिल कारुणिक स्वरमा चिच्याईरहेका थिए ।

सानैदेखि सुस्तमनस्थितिका रुपमा जन्मिएका सुनील र अनिललाई खोरमा बस्नुपर्नूको पछाडी धेरै कारण छ । बाँधिएर र खोरमा बस्दा उनीहरुको हात फुटेको छ । घाउ भएका छन् । शरीर वेवारिसे छ । उनका दुवै छोरा सुरमा छैनन् ।

सुनील र अनिललाई खोरमा थुन्नको लागी आमा सरस्वती रानामगरको रहर नभइ बाध्यता रहेछ ।

आमा न हो आफ्ना ,सुस्तमनस्थितिका छोराहरुलाई लिएर उनी धेरै ठाउँ पुगिन् । तर कुनै संस्थाले पनि राख्न मानेनन् । एक त आर्थिक अभाव अर्कोतिर न कुनै व्यक्ति न त कुनै संघ संसस्था कसैको पनि सहयोग नपाएपछि आफ्ना छोरालाइ खोरको साहारा लिन बाध्य पार्नुको कुनै विकल्प थिएन उनीसँग ।

सुस्त मनस्थितिका सुनील र अनिलको बारेमा न्युज २४ टेलिभिजनले रिपोर्टिङ गर्ने क्रममै मानवअधिकार प्रतिष्ठानका अधिकारकर्मीले यीनीहरुलाई पुनस्थापना गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

सुस्तमनस्थितिका बालबालिकाका लागि भनेर नेपालमा त्यो पनि राजधानीमै धेरै संघसंस्थाहरु छन । तर काम भन्दा कागजी काममा बढी रमाउने परम्पराका कारण सुनील र अनिल जस्ता धेरै अपाङलाई कष्टकर जीवन जिउन बाध्य पारिएको छ ।



कागज र भाषणमा भन्दा त्यस्ता संघसंस्था त्यस्ता बालबालीका र व्यक्तिको जीवनप्रति उत्तरदायी बनिदिए कस्तो होला ?-News24nepal

आईजी प्रकरणमा नयाँ खुलासाः शेरबहादुर पत्नी आरजुले बेलायतबाट पठाइन काँग्रेस मन्त्रीका मोबाइलमा खतरनाक एसएमएस


 काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पार्टीका मन्त्रीहरुलाई बेलायतबाट आफ्ना पतिले अह्राएको काम गर्न निर्देशन दिएकी छन् ।

छोराको उपचारका क्रममा बेलायतमा रहेकी राणाले प्रहरी प्रमुख नियुक्ति प्रकरणमा पति देउवामाथि आक्रमण भएको भन्दै प्रतिरक्षा गर्न मन्त्रीहरुलाई भाइबरमा लामो एसएमएस पठाएर निर्देशन दिएकी हुन् । एक मन्त्रीले  उपलब्ध गराएको एसएमएसमा आरजुले नेपाली काँग्रेस मुलुकको एक मात्र प्रजातान्त्रिक शक्ति भएको जिकिर गर्दै प्रजातान्त्रिक शक्तिविरुद्ध यसअघिदेखि नै हमला हुँदै आएको र त्यसैको निरन्तरतामा देउवाविरुद्ध अनावश्यक लाञ्छना लयाइएको उल्लेख गरेकी छन् ।

उनले कम्युनिष्ट र अदालत मिलेर काँग्रेस तथा सभापति देउवाविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाइन् । देउवाको दबाबमा सरकारले गत शुक्रबार वरिष्ठता मिच्दै तेश्रो नम्बरका डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो । तर, अदालतले आइतबार चन्दलाई आईजीपी बनाउने निर्णत तत्काल कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको थियो । जनताले न्याय माग्दा फाइलमा धुलो जमाएर कानमा तेल हालेर बस्ने न्यायप्रणालीका ठेकेदारहरुले आईजी प्रकरणमा एकै रातमा फैसला सुनाउनु आफैमा शंकास्पद र सोचनीय रहेको उनको भनाइ छ ।


आरजुले प्रहरी महानिरीक्षकका दाबेदार पहिलो बरियताका डिआईजी नवराज सिलवालतर्फ संकेत गर्दै विपक्षी एमालेको आडमा आफ्ना पतिको राजनीतिमै असर पार्ने र व्यक्तित्व धमिल्याउने प्रपञ्च रचेको आरोप लगाएकी छन् । ‘नेपालजस्तो मुलुकमा एउटा बाहालवाला कर्मचारीले सत्तारुढ दलको पार्टी सभापति जस्तो गरिमामय पदको गरिमामै आच पुर्याउने तथा कुनैपनि राजनैतिक व्यक्तिको राजनीतिलाई नै असर पुर्याउने गरेर व्यक्तिको व्यक्तित्व नै धमिलाउने आँट त्यतिबेला मात्र गर्न सक्छ जब उनकापछि विपक्षी शक्तिहरुको हात हुन्छ’, सिलवालको नाम उल्लेख नगरी आरजुले भनेकी छन्, ‘उनी साँचै दूधले धोएका र स्वतन्त्र भए हिजोका दिनमा मन्त्रिमण्डलको सिफारिसमा पहिलो र तेश्रो नम्बरका नामहरुको मात्र जिकिर हुँदा उसले दोश्रो नम्बरको जिकिर किन गर्न सकेनन् ?’

आरजुले प्रहरी महानिरिक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय भन्दै आफ्ना पतिको एकल निर्णयले भएको निर्णय भए मन्त्रीहरु किन चुप बसेको भन्दै प्रश्न गरेकी छन् । एमाले समर्थकहरुबाट प्रहरी प्रकरणको विषयमा बारबार सामाजिक सञ्जालदेखि अनलाइन पोर्टलहरुमा कांग्रेस सभापतिको मात्र नाम उछालिनु तथा एउटा कर्मचारी बढुवाको विषयलाई लियर प्रधानमन्त्रीले राजीनामा दिन्छु भन्दै सस्तो प्रचारबाजी गर्नु, रिट दायर भयको तेश्रो दिनमै सार्वजनिक बिदाको भोलिपल्ट सर्वोच्चको निर्यण आउनुजस्ता घटनाको शृंखलाले आफ्ना पतिविरुद्ध विपक्षीहरुको सुनियोजित हमला भएको प्रमाणित गर्ने तर्क आरजुको छ ।

स्थानीय निर्वाचनभन्दा अगाडि जनतामा भ्रम फैलाएर कांग्रेसजस्तो एक मात्र प्रजातान्त्रिक शक्तिलाई हराएर नेपालमा बामपन्थीहरुको बर्चश्व स्थापना गराउने चालअन्तर्गत षड्यन्त्र भइरहेको आरोप उनले लगाएकी छन् । यद्यपि प्रजातन्त्र पक्षधर नेपालीहरुले विपक्षीहरुको यस्तो जालसाझी र कुटनीति तथा झुठो लाल्छना र सस्तो प्रचारबाजी बुझिसकेकाले त्यसबाट आफूहरुलाई केही असर नपर्ने, उल्टै एकजुट भएर जस्तोसुकै समस्या र परिस्थितिको पनि सामना गर्न साँगठानिक रुपमा अघि बढ्नु पर्ने र देश र जनताको समृद्धिका लागि मुलुकमा प्रजातन्त्रको जरा अझ मजबुत बनाउनु पर्ने जिम्मेवारी आफू प्रजातन्त्रवादीहरुको भएको उनले बताएकी छन् ।

यस्तो छ, आरजुको एसएमएसको पूर्ण पाठ

यो घट्नाकुनै नौलो हैन प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिमाथि साबिक हमला यस अघिपनि हुदै आइ रहेको र भबिष्यमा पनि हुने नै छ | ‘प्रशंग प्रहरी प्रमुखको ‘जनताले न्यायको लागि पिडाले छट्पटाउदै न्यायलय ढक्ढक्याउदा फाइलमा धुलो जमायर कानमा तेल हालेर बस्ने हाम्रो न्यायप्रणालीका ठेकेदारहरु आज अचानक जादुई रुपमा एकै रातमा फैसला सुनाउनु आफैमा संकास्पद र सोचनीय छ | अर्को कुरो नेपालजस्तो मुलुकमा एउटा बाहालवाला कर्मचारीले सत्तारुढ दलको पार्टी सभापति जस्तो गरिमामय पदको गरिमामै आच पुर्याउने तथा कुनैपनि राजनैतिक व्यक्तिको राजनीतिलाई नै अशर पुर्याउने गरेर व्यक्तिको व्यक्तित्व नै धमिलाउने आट तेती बेला मात्र गर्न सक्छ जब उनकापछि बिपक्षि शक्तिहरुको हात हुन्छ |

उनि साचै दुधले धुलेका र स्वतन्त्र भय हिजो दिनमा मन्त्रिमण्डलको शिफारिसमा पहिलो र तेश्रो नम्बरका नामहरुको मात्र जिक्री हुदा उस्ले दोश्रो नंबरको जिक्री किन गर्न सकेनन् ? प्रहरी महानिरिक्षक नियुक्ती गर्ने बिषय नितान्त मन्त्रीपरिषदको अधिकार क्षेत्रको बिषय हो यदि कसैको एकल निर्णयले भयको भय शारामन्त्रि मण्डल किन मौन छ ? एमाले समर्थकहरु बाटनै प्रहरी प्रकरणको बिषयमा बार-बार सामाजिक संजाल देखि अनलाईन खबरहरुसम्मले कांग्रेस पार्टी अध्यक्षको मात्र नाम उछालिनु ,एउटा कर्मचारी बढुवाको बिषयलाई लियर प्रधान मन्त्रिले राजिनामा दिन्छु भन्दै सस्तो प्रचारबाजी गर्नु , रिट दायर भयको तेश्रो दिनमै सर्वोच्चको निर्यण आउनु त्यो पनि सार्बजानिक बिदाको भोलि पल्टै |

यी सबै शृंखलाले आफै जनाईरहेको छ यो बिपक्षीहरुको सुन्योजित हमला हो स्थानिय निर्बाचन भन्दा अगाडी जनतामा भ्रम फैलायर कांग्रेस जस्तो एक मात्र प्रजातान्त्रिक शक्तिलाई हरायर नेपालमा वांमपन्थीहरुको वरचस्वो स्थापना गराउने | तर बिडम्बना बिपक्षीहरुको प्रजातन्त्रका पक्षधर नेपालीहरुले बुझी सकेकाछन् बिपक्षीहरुको यस्तो जालसाझी र कुटनीतिलाई | कसैको झुठो लाल्छना र सस्तो प्रचारबाजीले प्रजातन्त्रका पक्षधर र प्रजातान्त्रिक शक्तिलाई केहि अषर नपर्ने उल्टो एकजुट भै जस्तो सुकै समस्या र परिस्थितिकोपनि सामनागर्न एक शक्तिको साँगठानिकरुपमा अघि बढ्नु पर्ने र देश र जनताको सम्रिद्दीको लागि मुलुकमा प्रजातन्त्रको जरा अझ मजबुत बनाउनु पर्ने जिम्मेवारी तपाई हामि सम्पुर्ण प्रजातन्त्रका पक्षधरहरु को हो |
kathmandutoday

गुडिरहेको ट्याम्पो न्यू-प्लाजाको बीच सडकमा यसरी भयो दुर्घटना



 गुडिरहेको ट्याम्पो काठमाडौँस्थित न्यू-प्लाजाको बीच सडकमै दुर्घटना भएको छ।

यात्रु लिएर सुनधाराबाट बानेश्वर जाँदै गरेको बा १ ह ४०८२ नम्बरको ट्याम्पो न्यू-प्लाजाको बीच सडकमै दुर्घटना भएको हो। ट्याम्पोको अगाडिको भाग भाँचिएपछि सडकमा लडेको थियो। दुर्घटनामा यात्रु भने सकुशल रहेका छन्।

बीच सडकमै ट्याम्पो दुर्घटना भएपछि केही समय ट्राफिक व्यवस्था समेत प्रभावित बनेको थियो। दुर्घटना पछि ट्याम्पोलाई ट्रलीमा राखेर सडकबाट हटाइएको थियो। यस्तो देखियो दुर्घटना भएको ट्याम्पोको दृष्य :
तस्वीर : अमृत बानियाँ  




Tuesday, February 14, 2017

Valentine's Day Special | NISCHAL BASNET & SWASTIMA KHADKA



Aman Pratap Adhikary is the director as well as the exclusive producer of the Himanayan Roadies. And here in this video we can see the talk with him about the Himalaya Roadies first time in Nepal. Himalayan TV bringing the Roadies it is the edition of the popular Indian reality TV show MTV Roadies. The last date to fill the firm of Roadies is 28th February. Online firm is free. The Roadies is in designed in the International level where Nepalese are participating.

हुन्डाइको एउटै कार बेच्दा बिक्रेताले १० लाख कुम्ल्याउँछन्, पढ्नुहोस् कुन कारमा कति छ लुटको रेट !




फागुन २ । नेपालमा कार चढ्न आर्थिक हैसियत बलियो हुनैपर्छ । सामान्य मानिसका लागि कार सपना पनि हुन सक्छ । जसको आर्थिक हैसियत बलियो हुन्छ, उसले कार खरिद गर्न त सक्छ तर बिक्रेताबाट नराम्ररी ठगिनु नियती बनिदिन्छ ।

बिक्रेताहरुको मिठो बोलिचालीमै विश्वास गरेर धेरै उपभोक्ताहरु चर्को मूल्य तिरेर कार खरिद गर्छन् । ‘मेरो कार यति लाखको, उति लाखको’ भन्दा समाजमा फूर्ति वा शान बढ्ने विश्वासमा पनि मानिसहरु कारमा लाखौं खन्याउँछन् ।

कार खरिद गर्न सक्ने हैसियत भएका उपभोक्ताले एउटा कुरा कहिले पनि ख्याल गर्न सकेका छ्रैनन् कि वास्तवमा उनीहरुले एउटा कार खरिद गर्दा बिक्रेतालाई नाफा बापत कति लाखा अनाहकमा बुझाइरहेका छन् त ?



यो मामिलामा सबैभन्दा ठूलो लुटको धन्दा चलाउने व्यापारिक संस्था हो लक्ष्मी इन्टरकन्टिनेन्टर प्राली । नक्सालमा कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले दक्षिण कोरियाको हुन्डाई कार बिक्री गर्छ । हुन्डाईको पेट्रोलबाट चल्ने ‘ग्रान्ड माज्ना’ कार नेपाल भित्र्याउँदा करसहितको दाम कति हो तपाईलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । लक्ष्मी इन्टरकन्टिनेन्टलले १६ लाख ६९ हजारमा करसहित आयात गरेर २६ लाख ५६ हजारमा बिक्री गर्छ । अब आफै बिचार गर्नुहोस् एउटा कारमा तपाईले बिक्रेतालाई कति लाख नाफा बुझाइरहनु भएको रहेछ ?

हो, लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कारमै १० लाख रुपैयाँ नाफा राखेर बेच्छ । ग्रान्ड माज्ना धेरै चलेको ब्रान्ड पनि हो । यही ब्रान्डमा लक्ष्मी इन्टरकन्टिनेन्टलले धेरै लुट मच्चाएको छ । यदि यसलाई प्रतिशतमा हिसाब गर्ने हो भने एक कारबाट लक्ष्मीले ५९ दशमलव ०७ प्रतिशत नाफा लिन्छ ।

हामीले यो तथ्यांक तराइको एक भन्सार कार्यालयबाट लिएका हौं । भन्सार छुट्ने बेलामा ग्रान्ड माज्ना कारको मूल्य १६ लाख ६९ हजार ६ सय ७० रहेको कागजात प्राप्त भएको छ । यसको सिधा अर्थ यो हो कि यहि मूल्यमा २० प्रतिशतसम्म नाफा राखेर बेच्ने अधिकार बिक्रेतालाई हुन्छ । किनभने यहि मूल्य नै कारको खरिद मूल्य हो ।



तर २० प्रतिशत कस्ले मान्छ ? नमाने पनि कसले कारबाही गर्छ ? कारबाही गर्ने निकायलाई अगाडि नै सेटिङ मिलाएपछि यस्ता व्यापारी भएठाउँ सरकारी अनुगमनको टोली पनि पुग्दैन । कतिपय उपभोक्तावादी संगठनहरुलाई यतातिर हेर्ने फुर्सद पनि छैन । आर्थिक हैसियत बलियो भएका उपभोक्ताबाट लुट्ने व्यवसाय भएका कारण यसलाई जनजीवीकाको सवालसँग जोडेर हेरिँदैन । जसका कारण उच्च मध्यम वर्ग लुटको सिकार बनिरहेको छ ।

हुन्डाइका कुनै एक मोडलका मात्रै यस्तो लुट होइन । हामीलाई प्राप्त भएको २० वटा मोडलमा नै यस्तो लुट देखिन्छ । तर टक्सन जिएलएस एटी हाइ ट्रिम, टक्सन जिएलएस एटी लो ट्रिम र टक्सन जिएलएस एमटी लो ट्रिममा भने लक्ष्मीले उपभोक्ता ठगेको छैन । यी गाडीहरुमा क्रमश २१, २० र ७ प्रतिशत नाफा राखेको देखिन्छ ।

कुन कारमा कति लुट मच्चाइएको छ यो तालिकाले पनि प्रष्ट पार्छ ।

कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले समान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट पारेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुशार सामान्यत सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो माल वस्तुको अनुचित नाफा लिइ बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

ऐनले डिलर, एजेन्टलाइ मुनासिब कमिसन दिन रोकेको छैन । तर यदि डिलर, सब डिलर गरेर तीन तह बनाउने र सबैमा सयकडा २० प्रतिशत मुनाफा राख्ने हो भने कुनै पनि वस्तुको मूल्य स्वतः डेढ गुणाभन्दा महंगो पर्न जान्छ ।

उपभोक्ता हिन संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकत् २० प्रतिशत नाफा राख्न पाइन्छ । तर व्यापारीहरुले त्यसरी मूल्य राख्दा त व्यापार चलाउन सक्दैनौं भन्ने गरेका छन् । सक्नु हुन्न भने उपभोक्ता लुट्ने व्यापार बन्द गर्नुस भन्ने गरेका छौं ।’

हुन्डाइका कारमा भेटिएका यस्ता लुटका विषयमा लक्ष्मी इन्टरकन्टिनेन्टलका मालिक निराकार श्रेष्ठसँग सम्पर्क हुन सकेन ।

लक्ष्मीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिस ओझाले भने, ‘कारको मूल्य कसरी निर्धारण गरिएको हुन्छ, त्यस्तो कुरा हामीलाई थाहा हुँदैन । तर पनि मलाई थाहा भएअनुशार कारको मूल्यमा बाहिर नदेखिने किशिमका खर्च पनि जोडिन्छन् । जस्तो कि ढुवानी, भन्सार गोदाम शुल्क, पैठारीका क्रममा हुने ड्यामेज आदि ।’

ओझाले गैरकानुनी नाफाबारे कुनै धारणा राखेनन् ।

‘कम पैसामा सुन्दर, सुलभ र सुरक्षित घर, न ऋणको चिन्ता न भूकम्पको डर’




 ‘कम पैसामा सुन्दर, सुलभ र सुरक्षित घर, न ऋणको चिन्ता न भूकम्पको डर’
दीपेन्द्र राई
कम पैसामा सुन्दर, सुलभ र सुरक्षित घर
न ऋणको चिन्ता न भूकम्पको डर
के यो पनि सम्भव छ र ? तर, क्रियटिभ सर्भिसेजले सम्भव बनाइदिएको छ । सर्भिसेजले सुन्दर, सुलभ र सुरक्षित घर बनाइदिने दाबी गर्दै आएको छ । उसले अहिलेसम्म धादिङ, नुवाकोट र रसुवामा १८ घर बनाइसकेका छन् । कतिपय घरमा मानिस बस्नसमेत थालिसकेका छन् ।

ह्याबिटेक बिल्डिङ सिष्टमबाट निर्मित घर सुन्दर, सुलभ र सुरक्षित हुने बताइएको छ । इन्जिनियर अनिल न्यौपानेले सुनाए, ‘हामीले जुन ठाउँमा घर बनाउँदै छौं, सर्वप्रथम त्यहाँको जग्गा निरीक्षण गर्छौं । जग्गासुहाउँदो घरको डिजाइन तयार पार्छौं । डिजाइनअनुसार घर बनाउँछौं । घर बनाउँदा भित्र र बाहिरको आउट अफ सर्फेस चिल्लोखालको हुन्छ । त्यसैले प्लास्टर नगरी पनि घरको फिनिसिङ राम्रो हुन्छ ।’

ढलान गरिएकोभन्दा ५० प्रतिशत सस्तोमा घर

ह्याबिटेक बिल्डिङ सिष्टमबाट निर्मित घर सुलभसमेत रहेको बताइन्छ । ‘हामीले जुन÷जुन सामग्री प्रयोग गरेर घर बनाउँछौं, त्यो स्थानीयस्तरमै उत्पादन गर्छौं । त्यतिमात्रै होइन, यो प्रविधिबाट घर बनाउँदा ढलान गरिएको घर बनाउँदा चाहिनेभन्दा ६० प्रतिशत कम कामदार भए पुग्छ । डन्डी पनि ४० प्रतिशत प्रयोग गर्दा हुन्छ,’ इन्जिनियर न्यौपानेको दाबी छ, ‘एकतले आरसीसी घर बनाउन तीनदेखि चार सय बोरा सिमेन्ट आवश्यक पर्छ भने यो प्रविधिबाट घर बनाउँदा डेढ सयदेखि २ सय बोरा सिमेन्टले पुग्छ । यसरी प्रत्येक चीजमा ५० प्रतिशत कम लागत हुन्छ ।’
चारकोठे एकतले आरसीसी घर बनाउन १८ लाख रुपैयाँ लाग्छ भने ह्याबिटेक बिल्डिङ सिष्टमबाट निर्मित घर नौ लाखमा तयार हुन्छ ।


५० वर्ष सुरक्षित
गोरखा भूकम्प जानुअघि घर सुरक्षित हुनुपर्छ भनेर धेरैले ध्यान दिएका थिएनन् । हिजोआज सरकारदेखि सर्वसाधारणको समेत ध्यान खिचिएको छ । क्रियटिभ सर्भिसेजको सीईओसमेत रहेका अनिल न्यौपानेले भने, ‘यो प्रविधिबाट निर्मित घर भूकम्पीय दृष्टिले सुरक्षित मानिन्छ । घर बनाउँदा प्रयोग गरिने इँटा आपसमा लक हुन्छन्, त्यसैले यो सुरक्षित हुन्छ । माटो र सिमेन्ट १५÷१५ र स्टोन डस्ट ७० प्रतिशत प्रयोग गरेर इँटा बनाइएको हुन्छ ।’
रातो इँटाबाट निर्मित घर भूकम्प जाँदा घरको कुनै पाटो खसे सम्बन्धित घरका मानिसलाई खसेर लाग्न सक्छ । तर, ह्याबिटेक बिल्डिङ सिष्टमबाट निर्मित घरका सबै इँटा ‘लक’ भएर रहने भएकाले खस्न पाउँदैन । इँटाको बीचबीचमा प्वाल हुन्छ । घरको सुर, झ्याल तथा ढोकाको छेउछाउमा ठाडो डन्डी राखिने भएकाले यो प्रविधिबाट निर्मित घर सुरक्षित हुन्छ ।
‘आरसीसी घरको सबै भार पिलरले थाम्ने हो,’ उनले प्रस्ट पारे, ‘तर, योे प्रविधिबाट निर्मित घरको भार भित्ताले थाम्छ । घरको भार भित्ताले थाम्ने भएकाले भित्ता बलियो बनायौं भने घर बलियो हुन्छ । आरसीसी घरको पिलर कमजोर बनाइएको छ भने घर पूरै धरापमा पर्छ । त्यो अर्थमा हामीले निर्माण गरेको घर भूकम्पीय दृष्टिले भरपर्दो हुन्छ ।’

सात रूख जोगिने
ह्याबिटेक बिल्डिङ सिष्टमबाट निर्मित घर वातावरणमैत्री मानिन्छ । ढलान गरिएको घर बनाउँदा प्रयोग गरिने इँटा माटोबाट बनाइएको हुनाले पोल्नुपर्छ । इँटा पोल्दा वातावरण प्रदूषण हुनुका साथै वनविनाश हुने गर्छ ।
एउटा चारकोठे आरसीसी घर बनाउन आवश्यक इँटा बनाउन सात रूख प्रयोग हुन्छ । ह्याबिटेक बिल्डिङ सिष्टमबाट निर्माण गरिने घर बनाउँदा सात रूख जोगिन्छ ।

२८ दिनमै घर
यही प्रविधिबाट रसुवाको राम्चेमा दुईकोठे एकतले घर २८ दिनमा बनेको थियो । नुवाकोटको विदुरबाट इँटा ढुवानी गरेर पनि २८ दिनमा घर बनाइनु भनेको सामान्य काम होइन, उदाहरणीय पनि हो ।

दुईतलाभन्दा माथि जान नपाइने
ह्याबिटेक बिल्डिङ सिष्टमबाट घर बनाउन चाहनेले दुई तलाभन्दा माथि जान पाइँदैन । इन्जिनियर वाईपी गैरेले जानकारी गराए, ‘ग्रामीण पुनःनिर्माणलाई ध्यानमा राख्दै यो प्रविधि विकास गरिएको हो । त्यसैले दुई तलाभन्दा बढीको घर बनाउन सकिँदैन । यो प्रविधि तत्काल सहरका लागि प्रभावकारी मानिँदैन ।’

आफ्नो घर बनाउँदा पनि रोजगारी
क्रियटिभ सर्भिसेजले जहाँ÷जहाँ घर बनाउँछ, स्थानीयलाई नै तालिम दिएर काममा सहभागी गराउँछ । सर्भिसेजले नुवाकोटका ६० जनालाई तालिम दिएर ह्याबिटेक बिल्डिङ सिष्टममा काम गर्न सक्ने दक्ष मिस्त्री तयार पारेको छ ।

तालिम पाएपछि उनीहरूले आफ्नो घर आफैंले बनाउन पाएका छन् । क्रियटिभ सर्भिसेजले प्रत्येक ‘साइट’ मा ‘लोकल एकाउन्टेन्ट’ राखेको छ । सर्भिसेजका सीईओ सुवास पाण्डेले भने, ‘हामी जुन जिल्लामा काम गर्छौं, सोही जिल्लाका कामदार राख्छौं । एकाउन्टेन्ट पनि सोही जिल्लाको राखिन्छ । हामीले बीबीएस गर्दै गरेका स्थानीयलाई काठमाडौंसम्म पुर्याएर चार्टर्ड एकाउन्टेन्टको समूहबाट तालिम गराई काममा लगाउँछौं ।’
त्यतिमात्रै होइन, सम्बन्धित जिल्लामा खुलेको कारखानाको रेखदेख गर्ने सुरक्षागार्ड पनि स्थानीय नै राख्ने गरिन्छ । सर्भिसेजले आफ्नो समूहबाहेकका १५ इन्जिनियरसहित ५५ जनाले रोजगारी पाएका छन् ।

गिरानचोरमा १५० घर
ह्याबिटेक बिल्डिङ सिष्टमबाट सिन्धुपाल्चोकको गिरानचोरमा १५० घर बन्दै छन् । गिरानचोरको निर्माणसम्पन्न एकीकृत बस्तीको वारिपट्टि यही प्रविधिबाट एकीकृत बस्ती बन्दै छ । एकीकृत बस्ती पुनःनिर्माण प्राधिकरण सीईओ गोविन्द पोखरेलले शिलान्यास गरेका थिए । सीईओ पोखरेलले इन्टरलकिङ ब्रिक प्रयोग गरेरै एकीकृत बस्ती शिलान्यास गरेका थिए ।
यसैगरी, यही प्रविधिबाट नुवाकोटमा सातकोठे स्कुल, सहकारी भवन र रिसोर्टसमेत बन्दै गरेको छ ।

थाइल्यान्डको प्रविधि नेपालमा
सुनामी गएपछि ह्याबिटेक बिल्डिङ सिष्टमबाट थाइल्यान्डको ग्रामीण क्षेत्रमा एकीकृत बस्ती निर्माण गरिएको थियो । क्रियटिभ सर्भिसेजले पनि त्यही प्रविधि सिको गरेको हो । उसले तालिमका लागि आफ्नो समूहका साथी थाइल्यान्ड पठाएको थियो । तालिम लिएर फर्केपछि उनीहरूले काम थालेका हुन् ।

नेपालमै केही गर्ने सपना
गोरखा भूकम्पले सबैभन्दा बढी १४ जिल्ला प्रभावित पारेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने आठ लाख निजी घर बनाउनुपर्नेछ । सर्भिसेजले धादिङ, नुवाकोट र रसुवामा काम थालिसकेको छ । पछिल्लो समय सिन्धुपाल्चोक र सिन्धुलीमा काम थाल्ने तयारीमा जुटेको छ ।

‘भूकम्पपछिको पुनःनिर्माण गर्न हाम्रो प्रविधिमार्फत हामीले मात्रै सम्भव छैन,’ सीईओ पाण्डेले आह्वान गरे, ‘हामीले मात्रै होइन, यो प्रविधिमार्फत सरकारी, निजी र स्थानीयको सहभागितामा सहकार्य गर्न तयार छौं ।’

क्रियटिभ सर्भिसेजमा १५ जना संलग्न छन् । समूहमा रहेकामध्ये कोही विदेश पढेर आएका छन्, कोही पुल्चोक इन्जिनियरिङ कलेज पढेका इन्जिनियर छन् । नेपालमा केही गर्न सकिँदैन भन्नेको कमी छैन । नेपालमै केही गर्न सकिन्छ भनेर लागिपरेका उनीहरू उदाहरणीय प्रतिनिधि पात्र हुन् । थालेको शुभकार्यमा हातेमालो गर्न सके उनीहरूको सपना फुल्न समय लाग्दैन ।