Sunday, February 19, 2017

कप्तान पारसको एपेन्डिक्सको सफल शल्यक्रिया,एक साता आराम गर्नुपर्ने



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको एपेन्डिक्सको सफल शल्यक्रिया भएको छ । उनको (की(होल सर्जरी) गरेर गुजल्टिएको आन्द्राहरु मिलाइएको छ । उनको पेट अचानक दुखेपछि उनि धापासीस्थित ग्राण्डी अस्पतालमा एडमिड भएका थिए ।


पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकाले खड्का चाँडै मैदान र्फकन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउँछन् । जाँचका क्रममा उनको आन्द्रामा अवरोध (रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटायन्स अब्स्ट्रक्सन) देखिएको थियो ।

साथै उनको एपेन्डिक्सको आकस्मिक शल्यक्रिया (इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी) गरिएको छ । अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसि तथा की(होल सर्जरी गरिएको छ र, गुजुल्टिएको आन्द्राहरु मिलाइएको चिकित्सकहरु बताउँछन् ।


उनि आइतबार डिस्चार्ज भएका छन् । भने उनलाई फलोअपका लागि अर्को साता बोलाइएको छ । खड्काको उपचारमा डा. धिरेश महर्जन, डा. प्रबिण बिक्रम थापा, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेका छन् । एनेस्थेसियामा डा. मुरारीराज उप्रेती र डा. अर्चन अधिकारीको टिमले साथ दिएका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको तयारीमा रहेको नेपाली टोली आगामी शुक्रबार दिल्ली जाने तय भएको छ । तर, चिकित्सकहरुले एक साता आराम गर्नु भनेकाले पारस भने दिल्ली टुरमा जान पाउने छैनन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याबीच फागुन २८ र ३० गते कीर्तिपुरमा खेल हुनेछ । आन्द्रामा समस्या देखिएपछि पारस एक वर्ष अघि पनि फागुनमा नै नर्भिक अस्पताल भर्ना भएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment