एजेन्सी । कागजपत्रविहिन भएर पनि संयुक्त राज्य अमेरिकामा बसिरहेकाहरुका लागि अमेरिकी सरकारले गोप्य रुपमा सेना परिचालन गरी समात्ने योजना बनाएको थाहा भएको छ । समाचार संस्था एपीलाई प्राप्त सुचनाका अनुसार कागजपत्र विहिनलाई नियन्त्रण गर्नका लागि मात्रै अमेरिकी सरकारले १ लाख भन्दा धेरै सुरक्षागार्ड परिचालन गरेको जनाएको छ ।
एपीले उक्त प्रस्तावको ११ पेज लामो गोप्य योजना सहितको मेमो समेत हात पारेको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी बनेपछि आप्रवासीहरुका लागि कडा कानुन ल्याउँदैछ । अमेरिकी सरकारसँग १४ लाखको संख्यामा रिजर्भ आर्मी रहेको छ त्यसबाट एक लाख आर्मी उक्त गोप्य योजनामा परिचालन भएको एपीले उल्लेख गरेको छ ।
मेमोको ड्राफ्टमा क्यालिफोर्निया, एरिजोना, न्यु मेक्सिको र टेक्सास समावेश गरिएको छ । यद्धपी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले एपीको रिपोर्ट शतप्रतिशत गलत भएको दावी गरेका छन् । उनले कागजपत्रविहिनलाई पक्राउ गर्न नेशनल गार्ड परिचालनको कुनै योजना नरहेको दावी गरेका छन् ।
यस अघि नेश्नल सेक्युरिटी गार्डका अधिकारीहरु मेक्सिको सिमा क्षेत्रमा अध्यागमन मिसनमा काम गर्दै आएका छन् ।
यो मेमो पनि आइस र सीबीपीका प्रमुखका नाममा लेखिएको छ । मेमोको ड्राफ्ट डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कर्मचारीहरुलाई दिइएको र त्यसमध्ये एउटा आफूले प्राप्त गरेको एपीको दावी छ । यस्तो सुचनासँगै अमेरिकामा रहेका नेपालीहरु समेत त्रासमा परेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment