१. फिटकिरी र नुन – एक बाल्टी पानीमा एक–एक चम्चा फिटकिरी र साधारण नुन मिसाएर नुहाउनुहोस् । यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई सुधार्छ । यसले तनाव र मांसपेशी दुखाईलाई पनि टाढा भगाउँछ ।
२. निमको पात – एक गिलास पानीमा ८देखि १० नीमको पात उमाल्नुहोस् । सेलाएपछि छान्नुहोस् र त्यसलाइई एक पाल्टी पानीमा मिसाएर नुहाउनुहोस् । यसो गर्नाले छालाको संक्रमण र सुन्निने समस्या रहँदैन ।
३. गुलाब जल – एक बाल्टी पानीमा ३–४ चम्चा गुलाब जल मिसाएर नुहाउनुहोस् । यसले मांसपेशीलाई आराम मिल्छ, साथै शरीरको गन्ध पनि हराउँछ ।
४. सुन्तलाको बोक्रा – एक बाल्टी मनतातो पानीमा दुई वटा सुन्तलाको बोक्रालाई राख्ने । १० मिनेटपछि त्यसलाई निकालेर नुहाउनुहोस् । यसले मांसपेशी दुखाई र छालाको संक्रमणबाट बचाउँछ ।
५. कपूर – एक बाल्टी पानीमा २–३ टुक्रा कपुर हालेर घोल्नुहोस् । यसले नुहाउँदा शरीरलाई आनन्द मिल्छ र टाउँको दुख्ने समस्या कम हुन्छ ।
६. बेसार – एक चम्चा बेसारलाई पेस्ट बनाउनुहोस् । यसलाई एक बाल्टी पानीमा मिसाएर नुहाउनुहोस् । छाला रोगको खतराबाट टाढा राख्छ ।
७. चन्दन – राति सुत्नअघि एक कचौरा पानीमा एक चिम्टी चन्दन राखिदिनुहोस् । बिहान त्यसलाई एक बाल्टी पानीमा मिसाएर नुहाउनुहोस् । यसले छालाको संक्रमणलाई टाढा राख्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment