Wednesday, February 1, 2017

बिहे नगरी सँगै बस्ने जोडीको रामकहानी


विवाह नगरी सँगै बस्ने सेलिब्रेटीको बारेमा हामीले धेरै सुन्ने गरेका छौ । विवाह अघि सँगै बसेका कतीले विवाह गरेका छन् भने कतीले यसलाई टाईम पासको रुपमा लिएर केहिसमय सँगै बस्ने अनि एकअर्काबाट छुट्टीने गरेका छन् । बलिउडमा विवाह अघि सँगै बसेर ब्रेकअप हुने सेलिब्रेटीहरु कम छैनन् । आज हामी सात जोडीको बारेमा चर्चा गर्दैछौ जो विहे नगरी सँगै बसेर ,पछि एकअर्काबाट अलग भए ।
 
शुसान्त सिंह राजपुत र अंकीता लोखण्डे

अभिनेता शुसान्त सिंह राजपुत र उनकी गर्लफ्रेण्डको अंकीता लाृखण्डेको ब्रेकअप भएको खबर सार्वजनिक भएके धेरै भएको छै । उनीहरुको ब्रेकअपको खबर अझै पनि तातै छ । बिगत ६ बर्षदेखी एकसाथ बस्दै आएका शुसान्त र अंकीताको टि भि सिरियल पवित्र रिश्तामार्फत निकटता बढेको थियो । उनीहरुको प्रेमको सुरुवात पनि त्यहिबाट भएको थियो ।

रणवीर कपुर र कटरीना कैफ

सन् २००९मा आएके फिल्म अजब प्रेमकी गजब कहानीले रणवीर र कटरीनालाई परिचीत गराएको थियो । रणवीर र कटरीनाको चिनजान अजब प्रमकी गजब कहानीबाटै भएको थियो । त्यसपछि फेरि उनीहरुले फिल्म राजनीतीमा एकसाथ काम गरे । जुन २०१० को फिल्म थियो । फिल्म राजनीतीको शेटमा उनीहरुको प्रेमको सुरुवात भएको थियो । सन् २०१४ मा उनीहरुको प्रेम सार्वजनिक भएको थियो । त्यसपछि उनीहरु एक साथ बस्दै आएका थिए । सँगै बसेको डेढ बर्षपछि उनीहरुको ब्रेकअपको समाचारहरु आउन थाले । जुन खबरहरु सहि पनि साबीत भएका छन् । उनीहरुको प्रेमको अन्त सन् २०१६ को सुरुवातमै भयो । रणवीरले कटरीनालाई छोडेर आमाबुवाको घरमा शिफ्ट भएका हुन् ।

जोन अब्राहम र बिपासा बसु

जोन अब्राहम र बिपासा बसुको चिनजान फिल्म जिस्मको शेटमा भएको थियो । सन् २००३ मा उनीहरु फिल्म जिस्मको सेटमा एकअर्काको नजिक आएका थिए । त्यो भन्दा पहिले बिपासा डिनो मोरीयाको प्रेममा थिईन् । बिपासा र जोन ९ बर्षसम्म सँगै बसेका थिए । विवाह नै नगरी सँगै बसेका कारण उनीहरुको प्रेम कसैसँग पनि लुकेको थिएन । तर पछि गएर ९ बर्षको सहयात्रा जोनको विवाहले छुटायो । जोनले बिपासालाई छाडेर सन् २०१४ मा बैकंर प्रिया रुचालसँग सुटुक्क विवाह गरे । बिपासा भने हाल करण सिंह गा्रोभरको प्रेममा छिन् । उनीहरुको २९ अप्रीलमा विवाह हनुे सामाचार आईरहेका छन् ।

लारा दत्त र केली दोरजी

लारा दत्त पनि केली दोरजीसँग लिव ईन रिलेसन सिपमा थिईन् । उनी केलीसँग ८ बर्ष सँगै बसीन् । विवाह नगरी केलीसँग सँगै बसेकी लाराले ८ बर्षपछि केलीलाई छाडीन् र महेश भुपतिसँग विवाह गरिन् । लारा महेशकी दोस्रो पत्नी भएर गएकी थिईन् । पहिलो पत्नी श्वेता सँग डिभोर्स लिएर महेशले लारासँग विवाह गरेका थिए ।

शेफअली खान र रोजा कैटलानो

सन् २००४ मा पहिलो पत्नी अमृतासँग अलग भएर शेफअलि ईटालीयन मोडल रोजा कैटलानोसँग बस्न थालेका थिए । उनीहरु लगभग २ बर्षसम्म सँगै बसे । दुई बर्षपछि उनीहरुको सम्बन्ध टुङगीयो । रोजा सँग अलग भएपछि शैफले करिनालाई आफ्नो प्रेममा पारे । करिना र शेफको प्रेम सन् २०१२ को फिल्म टशनको शेटबाट सुरु भएको थियो । यस समय करिना शाहीद कपुरसँगको प्रेम सम्बन्धमा थिईन् । करिनाले शाहीदलाई छाडेर शेफलाई रोजीन् । विवाह भन्दा पहिले करिना र शैफ पनि केहि बर्ष सँगै बसेका थिए ।

कगना रनावत र आदित्य पंचोली

करियरको सुरुवातमा कंगनाले आदित्य पंचोलीको सहारा लिएकी थिईन् । उनी आदित्यसँग सँगै बस्ने गर्थिन् । त्यससमय आदित्य विवाहीत र एक पिता पनि थिए । तर उनीहरुको प्रेमले पनि लामो समय लिएन । पहिले आफ्नो सम्बन्ध्लाई ईन्कार गर्दै आएका आदित्यले ब्रेकअप भईसकेपछि कंगना सँग सम्बन्धमा रहेको र सँगै बसेको स्वीकारेका थिए । हाल उनीहरुको सम्बन्ध राम्रो छैन । उनीहरु लगभग २ बर्षसम्म सँगै बसेका थिए ।

रणवीर शौरी र कोणकोणा सेन शर्मा

अभिनेत्री कोणकोणा शेन शर्मा र राण्वीर शौरीको प्रेमकहानीको सुरुवात सन् २००८ बाट भएको थियो । २ बर्षसम्म सँगै बसेपछि कोणकोण गर्भवती भएकी थिईन् । गर्भवती भईसकेपछि उनीहरुले सन् हतार हतार २०१० मा विवाह पनि गरे । उनीहरुका एक छोरा छन् , हरुन । विवाह पछि उनीहरुको सम्बन्ध मात्र ५ बर्ष टिक्यो । उनीहरु हाल एक्ला एक्लै छन् ।

देव पटेल र फ्रिडा पिटो

फिल्म स्लम डग मिलियनेर (२००८) बाट करियर सुरुवात गरेका अभिनेता देव पटेल र फ्रिडा पिटो पनि ६ बर्षसम्म एकसाथ रहे । त्यसपछि एकअर्काबाट अलग भएका उनीहरुको मित्रता भने अझै पनि कायमै छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment