मृगौलाको पत्थर भनेको के हो ?
पिशाबमा काम नलाग्ने वस्तुहरु हुन्छन् । थोरै पिशाबमा धेरै काम नलाग्ने वस्तुहरु जम्मा भएमा यसले ठोस पदार्थ ( क्रिस्टल ) को निर्माण गर्ने गर्दछ । यदि काम नलाग्ने वस्तुहरु पिशाबको माध्यमबाट बाहिर निकाल्न नसकेमा अरु थप तत्वहरु सँग मिलेर क्रिस्टल बन्ने प्रक्रिया बढ्दै जाने हुन्छ । प्रायजसो यी रासायनिक पदार्थहरुहरुलाई मृगौलाले पिशाबबाट हटाउने कार्य गर्दछ ।
प्रयाप्त मात्रामा पानी भएमा रासायनिक पदार्थलाई यसले बाहिर निकाल्दछ । जस्को कारणले गर्दा मृगौलामा पत्थर बन्न सक्दैन । पत्थर बनाउने रासायनिक पदार्थहरु क्याल्सियम , अक्सालेट , युरेट , एक्सेन्थिन र फोस्फेट हुन् । यो बन्ने प्रक्रिया पुरा भएपछि पत्थर मृगौलामा वा मुत्रवाहिनी नलीमा जाने गर्दछ । कहिलेकाहिं सानो पत्थरहरु धेरै पिडा नहुने गरी पिशाबबाट शरीर बाहिर निस्कने गर्दछन् । र केहि पत्थरहरु नचलीकन बस्ने कारणले गर्दा पिशाब मृगौलामा , मुत्रनलीमा , मुत्राशयमा रहनाले हामीलाई पिडा हुने गर्दछ ।
मृगौलामा पत्थर बन्ने कारणहरु धेरै हुनसक्छ । जस्तै : प्रयाप्त मात्रामा पानी नपिउनु , शारिरीक व्यायाम नगर्नु , मोटोपन , तौल घटाउन गरिने शल्यक्रिया , धेरै नुन भएको वा चिनी भएको खाना खानु आदि । धेरै गुलियो खाने बानीले मृगौलाको पत्थरलाई बढाउने खतरा हुन्छ ।
मृगौलाको पत्थरबाट बच्ने उपाय:
- प्रयाप्त मात्रामा शुद्ध पिउने पानी वा झोल पदार्थ पिउनुहोस् ।
- बदाम , हाडे बदाम , गहुँको चोकर , पालुङ्गो , कालो चिया , काजू , भटमास , चुकन्दर , शखरखण्ड , चकलेट आदि खाद्यपदार्थलाई त्याग्नुहोस् ।
- सुत्नुभन्दा अगाडि एक गिलास पानी पिउनुहोस् ।
- कागतीमा पाईने साइट्रिक एसिडले क्याल्सियम क्रिस्टललाई टुक्रा गर्ने हुनाले यसको प्रयोग गर्नुहोस् ।
- खरबुजामा अरु फलफूलमा भन्दा बढि तरल पदार्थ पाईने हुनाले यसको प्रयोग गर्नुहोस् ।
मृगौलाको पत्थर हटाउने जुस बनाउने तरिका:
सामाग्रीहरु:
- १ वटा सुन्तला
- १ वटा स्याउ
- १ वटा कागती
- ४ टुक्रा खरबुजा
- ४ वटा बरफ
माथिका सम्पूर्ण सामाग्रीलाई पिसेर जुस बनाई पिउनुहोस् । यसले तपाइको मृगौलाको पत्थरलाई हटाउन मद्दत गर्दछ
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment