Wednesday, February 15, 2017

समयमै महिनावारी नहुँदा विवाहको डेढ महिनामै श्रीमानबाटै मारिइन् यी महिला


कैलाली,  धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेला परेको छ ।

यही माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीय अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले हिजो फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ ।

छ दिन अघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसको लगत्तै गरिएको अनुसन्धानबाट शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टोे अवस्थामा फेला पारेकोे कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले बताउनुभएको छ ।


अञ्जली र हिक्मतबीच डेढ महिनाअघि मात्र प्रेम विवाह भएको थियो । तर अञ्जलीको समयमै महिनावारी नभएपछि हिक्मतले उनीमाथि शंका गरेका थिए । हिक्मतले सोध्दा उनले चार पाँच महिनाको अन्तरमा महिनावारी हुने जवाफ दिएकी थिइन् । तर, अञ्जलीको जवाफमा उनले विश्वास गर्न सकेनन् । उनले अञ्जलीको पेटमा अरु कसैको बच्चा हुर्किरहेको आशंकासमेत गरेका थिए । अन्ततः उनले अञ्जलीले आफूलाई धोका दिएको ठहरसहित हत्या गरे । घटनाको थप अनुसन्धानका लागि हिक्मत सिंहलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।-राजधानी दैनिकमा खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment