Monday, August 22, 2016

‘दोषी ठहर भए प्रचण्ड पनि जेल जान्छन्’


द्वन्द्वकालिन मुद्दा सार्न मिल्दैनः महान्यायाधिवक्ता

महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

द्वन्द्वकालिन घटनाको न्यायोचित सम्बोधनका लागि आफ्नो सहयोगी भूमिका हुने भन्दै श्रेष्ठले गम्भीर मानव अधिकार उलंघनका घटनामा कसैले पनि माफी नपाउने बताए ।

यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोगले पनि गम्भीर अपराधका घटनामा आममाफी दिन नसकिने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष स्पष्ट पारिसकेको छ ।



सोमबार रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइर्नसमा पत्रकार दिनेश पाण्डेसँग कुरा गर्दै प्रधानमन्त्रीको कानुनी सल्लाहकार समेत रहेका श्रेष्ठले द्वन्द्वकालिन घटनामा दोषी ठहर भए प्रधानमन्त्री प्रचण्डलाई समेत कारवाही हुनसक्ने बताए ।

उनले भने- ‘भिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौताको नेपाल पक्ष राष्ट्र भएकाले गम्भिर अपराधमा कसैलाई पनि उन्मुक्ति दिन सकिदैन, यदी राज्य शक्तिको दुरुपयोग गरेर कसैलाई माफी दिने प्रयास भए अन्तर्राष्ट्रिय कानुनले छाड्दैन् ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment