Monday, August 22, 2016

पीडित भन्छन्, ‘म्यानपावर उल्टै धम्की दिन्छ’



साउदीको हायलस्थित अजेजियामा कष्टकर जीबन बिताइरहेका ४७ जना नेपाली कामदार ।
भाद्र ६, २०७३- साउदी अरबको हायलमा अलपत्र ४७ पीडित नेपाली कामदारले काठमाडौंस्थित जेबिआर म्यानपावर कम्पनीलाई कारबाही गर्न अपिल गरेको छ ।

साउदीमा काम र तलब नपाएर कष्टकर जीवन बिताइरहेका उनीहरुले आफूहरुलाई उद्धार गर्नुको सट्टा म्यानपावरले उल्टो धम्की दिई मानसिक तनाव दिइरहेको भन्दै कारबाही गर्न बैदेशिक रोजगार विभागलाई आग्रह गरेको हो ।

‘हामी अहिले कस्तो हालतमा बसिरहेका छौं भन्ने म्यानपावरलाई राम्रोसँग थाहा छ । कम्पनी आफैंले काम पनि दिएको छैन् । तलब पनि दिएको छैन्’, हायलबाट सम्पर्कमा आएका लक्ष्मणलाल तामाङले कान्तिपुरलाई भने, ‘म्यानपावरका निर्देशक दीपक घिमिरे खाली काम गर्न जाऊ  । नत्र तिमीहरुलाई माथि मुद्दा हालिदिन्छु भनेर धम्की दिइरहेको छ ।’


पीडित कामदारलाई म्यानपावरले सरकारले तोकेको शुल्क तोडेर एक लाख २० हजार रुपैयाँसम्म असुल गरेर गत अप्रिलको पहिलो साता साउदीको सनत इन्टरनेसनल कम्पनीमा सामान्य कामदारको रुपमा पठाएको थियो । सनतले कामदारलाई आरम्को कम्पनीमा सप्लाई गरेको थियो । आरम्कोले परिचय पत्र बनाएर (साउदीमा बस्ने आवासीय अनुमति) निर्माणस्थलमा पठाउन पटक पटक आग्रह गरेको थियो । सनतले कामदारको भिसा लगाउन नसकेपछि आरम्कोले कार्यस्थलबाट बाहिर निकालिदिएको थियो । ‘हामीले झन्डै साँढे दुई महिना काम गरेका थियो । त्यसको पनि तलब पाएको छैन्,' उनले भने ।

पीडित कामदारहरु आफुहरु स्वदेश फिर्न चाहेको भन्दा कम्पनीले साउदीबाट निस्कन ३ देखि १० हजार रियाल दिनुपर्ने अडान राखेको छ । पीडित कामदारलाई हायलको  अजेजिया भन्ने ठाँउमा राखेको छ ।

उनीहरु उद्धारको लागि साउदीको श्रम बिभागमा पुगेका छन् । विभागले मुद्दा प्रक्रियालाई छिनोफानो गर्न समय लगाएको उनीहरुले बताए । त्यस कम्पनीमा नेपाली बाहेक २०० सय जना भारतीय कामदार समेत अलपत्र परेको छ ।

पीडित कामदारको समस्या सुल्झाउन रियादस्थित नेपाली दुताबासले स्थानीय प्रतिनिधि खटाएर काम गरिरहेको जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment