Tuesday, January 24, 2017

हातको छाला नराम्रो भएकै कारण देखाउन लाज मान्नुहुन्छ भने अपनाउनुहोस् यो घरेलु उपाय


एजेन्सी – मानिसहरु सुन्दर , आर्कषक र चम्किलो छाला बनाउनको लागि धेरै महङ्गा छालालाई सेतो बनाउने क्रिमको प्रयोग गर्ने गर्दछन् । तर यस्ता क्रिमको प्रयोगले हाम्रो छालालाई हानी गर्दछ ।

आज हामी तपाइँलाई छालाको समस्याबाट छुट्कारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । किराना पसलमा पाईने ३ प्रकारको सामाग्रीको प्रयोग गरी मास्कलाई बनाउन सक्नुहुन्छ । यस माक्सको प्रयोग तपाइँले हातखुट्टाको छालाको समस्याको लागि गर्न सक्नुहुन्छ ।


यसको प्रयोग तपाइँले निम्नानुसार गर्न सक्नुहुन्छ :

सामाग्रीहरु :
१) १ चम्चा मह
२) १ चम्चा दहि
३) १ चम्चा कागतीको जुस

बनाउने विधि :
माथिका सबै सामाग्रीहरुलाई राम्ररी मिसाउनुहोस् । त्यसपछि यस मास्कलाई समस्या भएको छालामा लगाउनुहोस् । यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । र सुकिसकेपछि यसलाई र्खुकाउनुहोस् । यसलाई खुर्काउँदा छाला हल्का रातो देखिने हुँदा तपाइँले यसको प्रयोग राति सुत्नुभन्दा अगाडि गर्नु राम्रो हुन्छ । र यस मास्कको प्रयोग हप्तामा २ पटक भन्दा बढि नगर्नुहोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment