एजेन्सी – तपाइँलाई छालासम्बन्धि केही समस्या छ ? यदि छ भने आज हामी यसकै उपायबारे जानकारी दिन्छौं ।
शक्तिशाली र प्रभावशाली फेस मास्कको प्रयोग छालासम्बन्धि समस्याको लागि फाईदाजनक छ । साथै यसले ब्ल्याकहेड्स ( छालामा आउने स–सानो कालो रौंहरु ) हटाउनको लागि पनि मद्धत गर्दछ । हामी छालामा हुने समस्या समाधानको लागि धेरै महङ्गा सौन्दर्य प्रशाधनको प्रयोग गरी आफ्नो पैसा र समय दुबै खर्च गर्ने गर्दछौं ।
यस फेस मास्कले छालासम्बन्धि सबै समस्यालाई समाधान गर्दछ । र यस मास्कमा छालालाई नरम बनाउने गुण हुन्छ । जस्ले गर्दा छालाबाट दागहरु हट्नुको साथै छाला राम्रो र नरम बन्दछ । र तपाइँले यसलाई घरमा तयार गर्न सक्ने हुनाले पैसाको पनि बचत हुन्छ । यस फेस मास्कलाई बनाउन धेरै सजिलो छ । यसको लागि तपाइँले निम्न निर्देशनलाई अपनाउन जरुरी छ । :
बनाउने विधि :
सामाग्रीहरु :
- २ वटा कचौरा
- १ वटा अण्डा
- पेपर नेपकिन
- १ वटा काटा चम्चा
- कैंची
विधि :
आफ्नो ईच्छाअनुसार अनुहारको गाला , निधार , आँखाको तल ,चिउंडो आदि अनुहारको जुनसुकै भागमा लगाउन सकिने हुनाले यसै आधारमा सबैभन्दा पहिले आवश्यक मात्रामा पेपर नेपकिन लाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि अण्डाको सेतोे भागलाई पहेंलो भागबाट छुट्याउनुहोस् । त्यसपछि अण्डाको सेतो भागलाई एउटा कचौरामा हालेर काटा चम्चाको मद्दतले राम्ररी फिट्नुहोस् । र आफ्नो अनुहारमा लगाई यसको माथि पेपर नेपकिनलाई हाल्नुहोस् । त्यसपश्चात ३० मिनेटसम्म वा पेपर नेपकिन सुख्खा नभएसम्म त्यसै छोड्नुहोस् । यसपश्चात सावधानीपूर्वक पेपर नेपकिनलाई निकाल्नुहोस् । र मन्तातो पानीले आफ्नो मुख धुनुहोस् । अण्डाको सेतो भागले अनुहारको ब्ल्याकहेड्स ( छालामा आउने स–सानो कालो रौंहरु ) र अनुहारको मैलोलाई हटाउन मद्धत गर्दछ ।
त्यसपछि अण्डाको पहेंलो भागलाई अर्को कचौरामा हालेर राम्ररी फिटेर अनुहारमा डल्नुहोस् । र यसलाई १० मिनेटसम्म त्यसै छोडेर पखाल्नुहोस् । यसपछि अनुहारमा आएको परिवर्तनलाई तपाइँ आफैले देख्नसक्नुहुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment