Tuesday, January 24, 2017

७ वटा समस्याको लागि फिटकिरीको अचुक फाईदा



वर्षौँ देखि हामी घरमा फिटकिरीको प्रयोग गर्दै आएका छौँ । फिटकिरीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ ।

 फिटकिरी दुई किसिमका हुन्छन् । एक किसिमको फिटकिरी हल्का रातो देखिने किसिमको हुन्छ भने अर्को सेतो रंगको हुन्छ । आयुर्वेदमा फिटकिरीलाई एक महत्वपूर्ण औषधी मानिन्छ । आज हामी फिटकिरीले दिने फाईदाको बारेमा चर्चा गर्छौँ ।


घाउ/चोट लाग्दा


  • यदि तपाईलाई केही घाउ/ चोट लागेको छ र रगत बगिरहेको छ भने फिटकिरी पानीले घाउ धुनाले रगत बग्न रोकिन्छ ।
  • अनुहारको चाउरीपन हटाउनको लागि मद्दत गर्छ
  • यदि तपाईको अनुहारमा चाउरीपन देखिएको छ भने फिटकिरी पानीको प्रयोग गर्न सक्नुहुनेछ । फिटकिरीको टुक्रालाई डुबाएको पानीले हल्का अनुहार मसा जगर्ने र केही समय पछि सफा पानीले धुने गर्नाले चाउरीपन कम हुन्छ ।

पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन


  • यदि तपाईको शरीरमा पसिना गन्हाउने समस्या छ भने फिटकिरीको धुलोलाई नुहाउने पानीमा घोल्ने र सोही पानीले नुहाउने गर्नाले समस्या समाधान हुन् छ।


दाँतको समस्याको लागि


  • फिटकिरीमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । त्यसैले दाँतको दुखाईमा फिटकिरी पानीले कुल्ला गर्ने गर्नुपर्छ ।


दम, खोकीको समस्या समाधान


  • दमको रोगीको लागि फिटकिरी रामबाण सावित हुन्छ । फिटकिरीको धुलोलाई महसँग मिसाएर चाट्ने गर्ने हो भने दम तथा खोकी हुन्छ ।


जुम्रा मार्ने घरेलु उपाय


  • यदि कपालमा जुम्रा परेर आत्तिनुभएको छ भने फिककिरी पानीले कपाल नुहाउने गर्नुपर्छ ।


पिसाब संक्रमण समाधानको लागि


  • पिसाब संक्रमण भएको व्यक्तिले हरेक दिन फिटकिरी पानीले यौनांग सफाई गर्ने हो भने यो समस्याबाट छुटकारा मिल्छ

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment