Tuesday, January 24, 2017

बरु ज्यान जाला तर, महिलाले कहिल्लै भन्दैनन् आफ्ना यी रहस्य…


एजेन्सी – भनिन्छ, महिलाहरु रहस्यका पर्याय हुन् । प्रायः महिलाको जीवनमा कैयन रहस्य र राज हुन्छन्, तर त्यसबारे उनीहरुले कहिल्यै मुख खोल्दैनन् ।

सोशल मिडियामार्फत हालै गरिएको एक सर्भेमा महिलाहरुसँग सोधिएको थियो, ‘तपाईं के कुरा हाम्रो श्रीमान वा प्रेमीसँग कहिल्यै बताउनु हुन्न ?’ रिपोर्ट सार्वजनिक भएसँगै थाहा भयो कि, के कुरा हो त्यस्तो जुन महिलाहरुले कहिल्यै भन्दैनन् ।

पूरानो अफेयरबारे

लाग्ला तपाईंको जीवनसाथी वा प्रेमिकाको सबैभन्दा आनन्ददायी अनुभव तपाईंसँगै भएको हो । तर, तपाईं गलत हुन सक्नुहुन्छ । किन कि तपाईंलाई के थाहा, न उनले केही कुरा छुपाएको पो छिन् कि !

ज्यादातर महिलाहरु आफ्नो पूरानो अफेयरबारे हालको प्रेमी वा श्रीमानलाई केही कुरा बताउँदैनन् । यसकारण कि उनलाई कसैले नराम्रो नबुझुन्।

दोस्रो कारण ज्यादा व्यवहारिक छ । महिलाहरु यस्तो कुरा यसकारण छुपाउँछन्, ता कि उनको हालको सम्बन्धमा कुनै दरार नआओस्, अथवा आफ्नो जीवन साथीले कुनैपनि तबरले असहज महसुस गर्न नपरोस् ।

केटी साथीहरुसँगको गन्थन

तपाईंले प्राय यो कुरा जान्न पाउनुहुन्न, तपाईंंको प्रेमिका वा जीवनसाथी आफ्ना केटी साथीहरुसँग कस्तो गफ गर्छिन् । तपाईंले लुकेर उनीहरुको गफ सुन्नुभयो भने फरक कुरा । महिलाहरु जुनकुरा पुरुषसँग शेयर गर्न सक्दैनन्, ।

त्यो कुरा खुब आनन्दित भएर आफ्नो केटी साथीलाई भन्छन् । आफ्नोमात्रै होइन साथीहरुको गोप्य कुरा पनि हमेसा श्रीमानसँग छुपाउने उनीहरुको प्रयास हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment