काठमाडौं, २४ कात्तिक– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिन हतार गर्दा प्रधानमन्त्री पुष्पकमल दहालको ट्विटर एकाउण्टमा भाषागत कमजोरी देखिएको छ ।
ट्रम्प राष्ट्रपति भएसँगै दाहालले ट्विटरमार्फत उनलाई बधाई दिने क्रममा प्रयोग गरेको भाषामा heartily हुनुपर्र्नेे ठाउँमा Heartely उल्लेख गरेका छन् । उसो त बधाई दिँदा heartily उल्लेख गर्नुपनि उचित हुँदैन । त्यसको सट्टा बरु heartfelt congratulation प्रयोग गर्नु उचित हुन्छ । त्यसैगरी United States of America हुनेपर्नेमा United State of America मात्र उल्लेख छ । त्यस्तै ’45th’ सँगै हुनुपर्नेमा अंक र अक्षरमा स्पेस दिइएको छ । त्यतिमात्रै होइन, प्रयुक्त भाषा व्याकरणीय हिसाबले समेत सही छैन ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष जापानमा गएको भूकम्पले पारेको असरलाई उल्लेख गर्दै नेपालीमा सहानुभूति सन्देश लेखेका थिए । जापानी जनताको दुःखमा सहानुभूति प्रकट गर्दा बरु अंग्रेजी अथवा जापानी भाषा नै प्रयोग गर्नु बरु उचित भएको भन्दै आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि प्रचण्डको ट्विटरबाट यो सन्देश हटाएर अहिले नयाँ सन्देश राखिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment