Wednesday, November 9, 2016

छालाको दाग, खत र डण्डीफोर हटाउन मन छ ? दालचिनीलाई यसरी प्रयोग गर्नुस्

काठमाडौं । अनुहार आकर्षक देखाउने रहर जोकोहिलाई पनि हुन्छ । आफ्नो मुहार सुकोमल पार्नका लागि विशेषगरि महिलाहरु अनेकौ प्रकारका कस्मेटिक उत्पादनको सहायता लिने गर्छन् । हुनत छाला सुकोमल तथा आकर्षशक बनाउने भन्दै अनेकौ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छ । तर यी उत्पानहरु महंगो हुनाका साथै कतिपय अवस्थामा छालालाई कुरुप समेत पार्न सक्ने हुन्छ ।

 तसर्थ आज हामी अनुहार सुकोमल पार्न र छालामा भएका दाग, डण्डिफोरबाट छुटकारा पाउन सकिने घरेलु उपायका बारेमा जानकारी गराउँदै छौं । कतिपय अवस्थामा छालाको स्वरुप बिग्रिनबाट छुटकारा पाइयो भनेर ढुक्क भएता पनि छालामा दाग तथा खत भने बाँकीनै रहन्छ । अनि एउटा प्रख्यत भनाइ छ, यदि कुनै कुरा मुखमा हाल्न सकिन्न भने त्यसलाई अनुहारमा पनि दल्नु हुँदैनू ।

आज हामीले जानकारी गराउन लागेको यो घरेलु छाला लेपले पनि यो पुरानो भनाईलाई चरितार्थ गरेको छ । दालचिनी छालाको संपर्कमा आएपछि यसले अनौठो तथा हल्का श्रृङ्ग पार्ने खालको उत्तेजना श्रृजना गर्छ जुन केही क्षणमै हराएर जान्छ । दालचिनीमा फंगल तथा जिवाणु बिरुद्ध लड्न सक्ने गुण लुकेको हुन्छ । यसमा छालालाई हानि पुर्याउन सक्ने अन्य विषादी बिरुद्ध लड्नसक्ने क्षमता पनि लुकेको हुन्छ । दालचिनीलाई यसरी प्रयोग गनुंस्

आवश्यक सरदामहरु

१) आधा चम्चा दालचिनीको धुलो २) आधा चम्चा जाईफलको धुलो ३) एक चम्चा मह ४) एक चम्चा ताजा कागतीको रस

तयार पार्ने बिधि

एउटा सानो कचौरामा यी सबै सरदामहरु मिसाउनुहोस् । सरदामको लेप तयार पार्नुहोस् । अव रुमाल तथा कपासको सहायताले लेपलाई नाक, निधार, गाला तथा चिउँडोमाथि दल्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु

मुख तथा आँखाको नजिक लेप दल्नु भने हुँदैन । अप्ठ्यारो महसुस हुँदैन भने लेपलाई करिव आधा घण्टासम्म अनुहारमा छोडिदिनुहोस् होइन भने कमसेकम दश मीनेट सम्म लेपलाई अनुहारमा छोडिदिनुपर्छ । त्यसपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुहोस् ।

प्रयोग गर्ने विधिबारे थाहा पाउन तलको भिडियो हेर्नुहोस् 

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment