काठमाडौं : सुनको सिक्री तथा बहुमूल्य गहना लुट्ने दुई दम्पती सहित अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिक्री लुट्ने काठमाडौंका सविर मगर र उनकी श्रीमती पक्राउ परेका हुन्। श्रीमानले मोटरसाइकल चलाउने र पछाडि बस्ने श्रीमतीले भिडभाडबाट सिक्री लुट्ने गरेको पाइएको सोह्रखुट्टे प्रहरीले जनाएको छ।
त्यस्तै सुन चोरी गरेको अभियोगमा चाबहिलबाट काभ्रे घर भएका सुमन तामाङ र १८ वर्षीय श्रीमती आषिका पनि पक्राउ परेका छन्।
उनीहरुले न्युरोडमा रहेको गोरखा ज्वेलर्सको कारखानाबाट कात्तिक ८ गते १० तोला सुन र नगद ३० हजार चोरी गरको थिए। चोरीको सामान बेच्न सहयोग गर्ने २१ वर्षीय श्रीकृष्ण कामी र खरिद गर्ने चाबहिलको भिन्तुना ज्वेलर्सका सञ्चालक राम शाक्य, केशव नेपाली र धर्मरत्न बर्जचार्य पनि पक्राउ परेका छन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment