Thursday, November 10, 2016

अोखलढुंगामा देखियो दर्दनाक मनछुने दृष्य : गरिवि सहन नसकेपछि आमा र छोरा दुवैले गरे आत्महत्या


ओखलढुंगाको सेर्ना गाविस ९ का आमा छोराले एकसाथ झुण्डिएर आत्महत्या गरेका छन् । आर्थिक रुपमा विपन्न सेर्ना ९ का ७६ वर्षीया धनमाया भुजेल र ४३ वर्षीय छोरा जेतबहादुर भुजेलले झुण्डिएर आत्महत्या गरेका हुन् ।

धनमायाले घरभित्रै र छोरा तेजबहादुरले घर नजिकै रुमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आर्थिक समस्याले भुजेल परिवारका आमा छोराले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक मिलन केशीले बताउनुभयो । स्थानीय बासिन्दाले भने आर्थिक समस्याका कारण आमा छोराबीच आपसी विवादमा छोराले हत्या गरेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको बताएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment