Sunday, November 13, 2016

यी हुन्,जेठीलाई धरधरी रुवाएर कान्छी भित्र्याउने नेताहरु


काठमाण्डौं । त्यसो त विवाह गर्नु वा नगर्नु प्रत्येक व्याक्तिको स्वतन्त्रताको कुरा हो । तर नेपालको कानुन अनुसार बहुविवाह व्यक्तिको ईच्छा भित्र पर्दैन । पहिलो श्रीमतीसँग सम्वन्ध विच्छेद भईसकेपछि हुने विवाहलाई कानुनी छुट छ तर घरमा श्रीमती हुदाँहुँदै अर्की श्रीमती ल्याउने छुट नेपालको कानुनले कसैलाई पनि दिएको छैन । तर नेपालमा भने नाम चलेका नेताहरुले नै बहुविवाह गरेका छन्,लाजै पचाएर ।

नेपालमा कयौ यस्ता नेता छन् जसले घरमा जेठी श्रीमति हुँदाहुँदै जेठीलाई रुवाएर कान्छी अन्माएका छन् । यसमा पहिलो नम्बरमा पर्छन्, एमाले संसदीय दलका उपनेता तथा निर्वतमान सभामुख सुवास नेम्वाङ । उनकी श्रीमती दुईटी छन् ।

नेम्वाङ हाल काठमाण्डौंमा कान्छी श्रीमतीसँग बस्छन् भने उनकी जेठी श्रीमती विराटनगरमा प्लान ईन्टरनेशनल नामक अन्ततराष्ट्रिय दातृ निकायमा कार्यरत छिन् ।

कान्छी श्रीमती भने बुटिक व्यवसायमा संलग्न छिन् । नेपालको राजनीतिका बाह्रौ खेलाडीका रुपमा चिनिएका अर्का पुर्वप्रधानमन्त्री लोकेन्दबहादुर चन्दका पनि दुईटी श्रीमती छन् । दुवै श्रीमती चन्दसँगै काठमाण्डौंमै रहदै आएका छन् ।


राजनीतिकरुपमा अरु भन्दा कम्युनिष्टहरु बढी यस्ता कुरामा कट्टर मानिन्छन् । जातीय भेदभावको विरोध गर्ने र महिला अधिकारका चर्का कुरा सिकाउने उनीहरु व्यवहारमा भने आफै त्यसका दास देखिन्छन् । संगठन निमार्णका बेला बहुविवाहको चर्को विरोध गर्ने उनीहरु नै बहुविवाह गर्नेमा अगाडी देखिएका छन् । बहुविवाह गर्नेलाइ माओवादीले भाटे कार्वाही गर्ने देखि लिएर ‘जन अदालतमा’ उभ्याउने समेत गर्ने गर्थे ।

मन्त्री समेत भईसकेका एमाले स्थायी समिति सदस्य छबिलाल विश्वकर्माका पनि श्रीमती दुइटी छन् । तर कान्छी श्रमितीलाई भने उनले अझै घरमा भित्र्याएका छैनन् ।

पुर्व उद्योग मन्त्री रहेका एमाले पोलिट्व्यूरो सदस्य कर्णबहादुर थापा पनि दुई श्रीमतीका श्रीमान् हुन् । बाजुरा जिल्ला कमिटीको सचिव भएका बेला कमला ओलीलाई कान्छी श्रीमतीका रुपमा भित्र्याएपछि बहुविवाह गरेको भन्दै एमालेले उनलाई कार्वाही स्वरुप बाजुराको सचिववाट समेत हटाएको थियो ।

एमालेका केन्द्रिय सदस्य तथा मकवानपुरका नेता विरोध खतिवडाले जिल्ला अध्यक्ष भइसकेपछि विद्यार्थी नेतृ मुनु सिग्देललाई कान्छीका रुपमा विवाह गरेका छन् । उनले पहिलो पटक ल क्याम्पस पढ्दा काठमाण्डुकै नेवार कि छोरीसँग अन्र्तजातीय विवाह गरेका थिए । उनकी जेठी श्रीमती बन विभागमा जागीरे छिन् ।

पोलिट्व्यूरो सदस्य गणेश तिमिल्सिनाका श्रीमती पनि दुइटी छन् । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका एमालेका अर्का नेता खगराज अधिकारीले भने जेठी श्रीमतीसँग डिभोर्स गरेर अर्को विवाह गरेका छन् ।

माओवादी, एमाले हुँदै अहिले सक्रिय दलीय राजनीतिबाट विस्मृतिमा पुगेका रवीन्द्र श्रेष्ठका श्रीमती पनि दुईटी छन् । माधव नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री रहेका उनले मन्त्रीवाट हट्नासाथ अखिल कि एक नेतृलाई भगाएका थिए । उनीहरु अहिले जेठी श्रीमतीलाई छाडेर स्वयम्भूतिर छुट्टै डेरा लिएर बस्दै आएका छन् ।

एमाओवादी नेता राम कार्की पनि दुइटी श्रीमती भित्र्याउनेमा पर्छन् । पहिले नुवाकोटकी जमुना थापासँग विवाह गरेका कार्कीले सिक्किमलाई दोश्रो ससुराली बनाएका छन् । उनकि कान्छी श्रीमति सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको सेक्रेटरी छिन् । त्यस्तै अर्का नेता हेमन्तप्रकाश वलीका श्रीमति पनि दुइटी छन् । केन्द्रीय कमिटीभन्दा मुनि अगुवा कार्यकर्ताको तहमा हेर्ने हो भने त बहुविवाह गर्नेहरुको लिष्ट ठुलै छ।

बुहारीसहित सिंगापुर उडेका पूर्वराजाले के गर्दैछन् ?



२९ कात्तिक, काठमाडौं । संविधान कार्यान्वयनका लागि प्रमुख दल र मधेसी दलबीच सहमति जुट्नै लागेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन् । बुहारी हिमानी सिंह र निजी सचिव सागर तिमिल्सेनालाई लिएर गत बुधबार सिंगापुर पुगेका पूर्वराजा शाहको भ्रमणलाई रहस्यमय मानिएको छ । g

संविधान कार्यान्वयनमा प्रमुख दल र मधेसी दलबीच सहमति बन्यो भने राजतन्त्र पुनर्बहालीको अभियानमा ठूलो अवरोध आउने निष्कर्षका साथ पूर्वराजा शाह सिंगापुर भ्रमणमा गएको समाचार स्रोतले जनाएको छ । भारतलाई प्रयोग गरेर ठूला दल र मधेसी दलबीचको सम्भावित सहमति भाँड्नु नै भ्रमणको उद्देश्य रहेको निर्मल निवास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सिंगापुरमा पूर्वराजा शाहसँग भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिको भेटघाटको व्यवस्था मिलाइएको राजावादीहरुले प्रचारमा ल्याएका छन् । रअका प्रतिनिधिसँगको भेट सकारात्मक भयो भने पूर्वराजा शाह सिंगापुरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सिधै दिल्ली जाने उनीहरुको दावी छ ।



भारतीय जनता पार्टी राजतन्त्र पुनर्स्थापनामा सहयोग गर्न सकारात्मक छ, तर गुप्तचर संस्था रअले केही सर्त राखेका कारण भारतीय प्रधानमन्त्री मोदी अन्योलमा छन् भन्ने बुझाई राजावादीहरुको छ । भुटानको मोडेलमा जान पूर्वराजा र प्रमुख दलमध्ये जो तयार हुन्छन्, उसलाई सहयोग गर्नुपर्ने रणनीतिमा भारतको गुप्तचर संस्था रअ पुगेको राजावादीहरुको भनार्य छ । भुटानी मोडेल स्वीकार गर्न पूर्वराजा शाह पनि नै तयार भइसकेको राजावादीहरु बताउँछन् । आजको तरुण साप्ताहिकमा खबर छापिएको छ ।

कुन–कुन नेताले लिएर सरकारसँग उपचार खर्च (नामसहित)

काठमाडौं, २९ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् ।
‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाले भनेका छन्, ‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् ।



कसले कति उपचार खर्च लिए ?
पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख
एमाले अध्यक्ष केपी ओली- १ करोड २६ लाख
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह- ८० लाख
पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख
कांग्रेस नेता चक्र बास्तोला- ५० लाख
माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख
पूर्वप्रधानमन्त्री तुलसी गिरी- २५ लाख
कांग्रेस नेता गोविन्दराज जोशी- २० लाख
कांग्रेस नेता खुमबहादुर खड्का- २० लाख
पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान- १३ लाख

सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने


२८ कात्तिक, काठमाडौं । सोमबार पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा ७० बर्षकै सबैभन्दा नजिक आउने भएको छ ।
चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो । आज र भोलि बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ ।



चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ ।

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ । चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ ।

भोलि बेलुका सााझ ५ बजेर ७ मिनेट जाादा चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ, अर्थात चन्द्रमा पेरिग्री बिन्दूमा हुनेछ ।

श्रीमतीलाई वियोगान्त पत्र लेखी नारायणी नदीमा हामफाले



२८ कात्तिक, चितवन ।

श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवक गए राति नारायणी नदीमा हामफालेका छन् ।

वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन् ।



प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको छ ।

उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको प्रमाणपत्रमा उल्लेख छ । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजीलाई तीव्रता दिएको छ ।

सुजातालाई उपचारका लागि ५० लाख दिने मन्त्रीपरिषदको निर्णय, स्वास्थ्यमन्त्री थापाको असहमती


काठमाडौं, कात्तिक २८ – सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले नेतृ सुजातालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको यो निर्णयप्रति स्वास्थ्यमन्त्री गगन थापाले भने असहमती जनाउनुभएको छ । गृहमन्त्री बिमलेन्द्र निधिको दबाबमा मन्त्रीपरिषदले सुजाता कोइरालालाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।


केही समयअघि मलेसिया भ्रमणका बेला अस्वस्थ भएर उपचार गराउँदा उहाँलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो भने उहाँले मलेसियामै शल्यक्रिया गरेर स्वदेश फर्किनुभएको हो ।

चाँदनी के.सी.ले लेखिन आफुलाई छोडेर संसारबाट गएको जीवनसाथीलाई पत्र


प्रिय, सरोज
त्यो अदृश्य संसारमा रहेको तिमीलाई मिठो माया अनि सम्झना । जसोतसो परान धानिरहेकी छु । त्यहाँ तिम्रो के छ हाल मैले बुझ्न सकेकी छैन ।
नसम्झनु थियो तिमीलाई तर बिर्सु म कसरी ? जिन्दगीको त्यो दौरानमा तिमीसँग बिताएका ति पलहरु । अनि ति अनगिन्ति क्षणहरु । जुन मैले तिमीसँग बिताएकी थिएँ । कति सपनाहरु तिमीले अधुरा छाडेर गयौं, अनि कति मनहरु रुँवाएर गयौं । त्यसैले होला कुनै पल हुँदैन तिमीलाई मैले बिर्सेको ।

यति धेरै सम्झिएँ कि मैले कहिल्यै भुल्नै सकिन । मेरा पिछा गर्दै आएका यादहरुले तिमीलाई भुल्न दिएनन् । लाग्दैछ दुःखहरु नै साथी हुन् जिन्दगीका । सँगै हास्ने रुँने तिमी कहिल्यै नभेट्ने ठाउँमा गएपछि म कसरी हाँसु र कसरी बाँचु ? भनन् तिमी आफै । मलाई थाहा छ सरोज, मैले लेखेको यो पत्र तिमीसम्म पुग्दैन अनि मैले व्यक्त गरेका मेरा यी भावना पनि तिमिले सुन्दैनौं । तर पनि मनको पीडा कम हुने आशाका साथ पत्र लेख्दै छु ।
दुनियाँले पोइटोकुवा भनेको सुनेर म अघाईसकेकी छु, सरोज । तिमी निष्ठुरी रहेछौं । मैले तिमीलाई माया नगरेको कुनै दिन थिएन तर पनि छोडर गयौँ । मैले तिमीलाई कुनै दोष पनि लगाउन चाहान्न । तर, सरोज तिमी मसँग नहुँदाको दोष म यो समाजलाई लगाउन बाध्य छु । यो खाण्डीसमाजले तिम्रो प्राकृतिक कमजोरीलाई अपराधको रुपमा नहेरेको तिमि यो संसारमै हुन्थ्यौँ होला । सबैले मलाई अभागीको भन्ने थिएनन् होला ।


कसैले पनि मेरो कुरा सुन्दैनन् । तिमीबाट कुनै जवाफ नआएपनि, तिमीले नसुनेपनि यसरी कापी र कलमलाई साथी बनाएर मेरा पीडालाई अक्षरमा परिवर्तन गर्न बाध्य भएकी छु । मलाई थाहा छ मेरो सरोज, तिमीसँग धेरै पीडा थियो । अनि मलाई छोडेर जानु तिमीसँग बाध्यता थियो होला तर किन आफु एक्लै गयौं ? मलाई सँगै किन लिएनौँ ? किन मलाई यसरी अलपत्र पारेर गयौं ? किन समाजको नजरमा पोइटोकुवा बनाएर छोड्यौं ? मेरो तिमिसँग यही गुनासो छ ।
तिमी मेरो जिन्दगी थियौं भनेर म कसरी सम्झाउँ यो दुनियाँलाई । मेरो संसारलाई कसरी टोक्न सक्छु ? किन बुझ्दैनन् मेरो पीडा ? आफ्नै ढुकढुकीलाई आफैबाट कसरी सधैको लागि टाढा गराउन सक्छु ?
यस्ता प्रश्न हरेक दिन यसैगरी आफुलाई मात्र गर्न सक्छु । अरु कोहीसँग सोध्ने बाटो नै छैन सरोज । खै कुन जन्ममा मैले के त्यस्तो पाप गरे । मलाई आज यस्तो सजाय दिईरहेका छन् मेरा समाजका अगुवाहरुले । अनि मेरा आफ्नै मान्छेले । तिमीसँग बिछोडिनु मेरा लागि सहि नसक्नु पीडा हो भनेर कसैले बुझ्दैनन् सरोज ।

आधा जिन्दगी तिमीसँग बिताएकी थिएँ । अनि कसरी तिमीसँग सजिलै म टाढा हुन सक्छु, कसरी तिमीलाई मनबाट हटाउन सक्छु । किन यो समाज अन्जान बन्दैछ मेरो दुःखमा । किन एकोहोरो मलाई मात्रै दोष लगाईरहन्छ ? सरोज के मैले तिमीलाई माया गरेकी थिइन र ? किन मलाई समाजले अपराधीको संज्ञा दिएको छ ? सरोज तिमी किन यसरी आफ्नी प्यारीलाई दोषी बनाएर गयौं ? किन तिमीले मलाई अपराधी बनाएर गयौ ? म कसलाई यो प्रश्न गरुँ ? सरोज । आफ्ना रहरहरुलाई मारेर भएपनि तिमी मलाई खुसी दिन्थ्यौं । कुनै दिन थिएन मैले गुनासो गर्नु परेको । तिमीले संसार छोड्नुको दोष किन मलाई लगाउँछ ? मैले बुझ्न सकेकी छैन सरोज ।
आश धेरै लाग्छ तर गर्न केही सक्दिन । मैले जति गरेपनि तिमी फर्किएर आउँदैनौं । सरोज तिमीलाई आज यो पत्र लेख्दा पनि बरबरी आँशु झरेका छन् । थाम्न सकिन यी आँसुका भेललाई । मलाई थाहा छ सरोज तिमीलाई म रोएको मन पर्दैन तर के गरुँ ? सरोज, तिमी बिनाको जिन्दगी जिउनुपर्दा म ज्युदै मरेकी छु पलपल…।
तिमी दृष्टिबिहीन रहेछाैं भन्ने कुरा थाहा पाउनेबित्तिकै म छाँगाबाट खसेजस्तै भएकी थिएँ । मैले तिमिसँग बोलेका शब्दहरु सम्झेर धेरै दिनसम्म म पीडा रहे । कुरै नबुझेर तिमिलाई गाली गरेकोमा आफैलाई अपमानित भएको अनुभूति धेरै दिनसम्म भएको थियो । मैले सरी भन्नुपर्ने ठाउँमा तिमिले भनिरहेका थियौँ ।

सरोज, मलाई ‘पोइटोकुवा’ देख्ने यो समाजलाई तिमि र मेरो प्रेमको बारेमा जानकारी गराउन चाहनछु । तिमिसँग कहिलै नभनेको कुरा पनि भन्न गइरहेकी छु । तिम्रो र मेरो भेट दाङमा भएको थियो । तिमी दाङकै थियौ म भने कैलालीको थिएँ । म मेरो प्रोजेक्टको कामले कैलालीबाट दाङमा पुगेकी थिएँ । त्यहाँ एउटा अफिसमा मेरो काम थियो । त्यो अफिसमा तिमी पनि थियौ । मेरो काम म्यानेजरसँग भएकोले मैले म्यानेजर कहाँ हुनुहुन्छ भनेर तिमीलाई नै सोधेँ र भित्र हुनुहुन्छ भनेपछि म भित्रै गएँ । ब्याग यतै राख्दा होला नि है मैले तिमीलाई हजुर हेर्दिनुस् ल म भित्र जान्छु भन्दै म भित्र गएँ तिमीले हुन्छ म्याडम भनेको थियौ ।
म काम सकेर आउँदा मैले पहिले राखेको ठाउँमा ब्याग थिएन । मैले आफ्नो ब्याग नदेखेपछि तिमीलाई बेस्सरी झपारेँ । अघि ब्याग हेर्दिन्छु भनेको होईन ? खोई मेरो ब्याग भन्दै तिमिलाई कस्तो मान्छे रैछ आँखा पनि देख्दैन कि क्या हो । कसले पो उठाएर लग्यो मेरो ब्याग ? मैले यति भनुन्जेल तिमी चुप थियौं ।

‘खै के मेरो ब्याग भनेको सुन्दैनौँ कस्तो खालको मान्छे होला’ मैले भनेपछि बल्ल तिमीले उ त्यो ढोको पछाडि छ म्याडम भन्यौं । त्यहीँ राख्न पठाको हो ? मेरो प्रश्नको उत्तरमा तिमिले म आँखा देख्दिन म्याडम भनेका थियौँ । ‘के गर्ने भगवानले जन्मजातै आँखा नदेख्ने बनाएर पठाए । सरी म्याडम एकछिन तपार्इँलाई टेन्सन दिएँ त्यसको लागि’ तिमिले भनेका थियौँ ।
तिमी दृष्टिबिहीन रहेछाैं भन्ने कुरा थाहा पाउनेबित्तिकै म छाँगाबाट खसेजस्तै भएकी थिएँ । मैले तिमिसँग बोलेका शब्दहरु सम्झेर धेरै दिनसम्म म पीडा रहे । कुरै नबुझेर तिमिलाई गाली गरेकोमा आफैलाई अपमानित भएको अनुभूति धेरै दिनसम्म भएको थियो । मैले सरी भन्नुपर्ने ठाउँमा तिमिले भनिरहेका थियौँ ।
अफिसबाट होटेलको कोठमा पुगे । मलाई केही गर्न मन लागेन । ल्यापटप खोलेँ, काम गर्ने जाँगर मरेर आयो । फेसबुक खोलेँ कोही साथीहरु अनलाइनमा थिएनन् । हेर्दै जाँदा अफिसकै म्यानजेजरलाई अनलाइनमा देखेँ अनि मैले सबै कुरा भनेँ ।
आज अफिसमा यस्तो घटना भयो भनेर । सरले पनि मलाई केहि चिन्ता नलिन भन्दै ‘…सरोज त्यस्तो खालको मान्छे छैन रिसाको छैन होला । तपाईँले त्यसरी त नभन्नु पर्नेहो पिर त मानेको छ होला । तैपनि म सम्झाउँला । एकदम राम्रो मान्छे हो उ सायद मैले भनेपछि त्यसरी नेगेटिभ नहोला’ तिम्रो अफिसको म्यानेजरले भनपछि थाहा भयो तिमीलाई अफिसमा कमल भनेर बोलाउने रहेछन् । मैले तिम्रो म्यानेजरलाई सोधेँ तिम्रो मोबाईल नम्बर । मैले तिम्रो नम्बर पाउने बित्तिकै तिमीलाई फोन गरेँ । फोन शुरुको दुईपटक त उठेन तर तेश्रो पटक भने फोन उठायाैं । मैले नमस्ते भनेँ, तिमीले नमस्ते पनि नफर्काएर ‘को बोल्नुभाको’ भनेर सोध्यौं ।
सरी है सर, मैले हजुरलाई हिजो त्यसरी नभन्नु पर्थ्याे मैले होसै गरेन् । मैले भनेपछि तिमीले हाँस्दै ‘म्याडम तपार्इँ अझैसम्म यही कुरालाई लिएर बसिरहनुभाको, मैल त त्यसरी लिएकै छैन’ भन्यौं । ‘हामी जस्तालाई एक दिनमा धेरैले यस्तो भन्छन्’ भनेको कुरा अहिलेजस्तै लाग्छ ।
मेरो अनुरोधमा तिमीले र मैले सँगै चिया पियौँ । त्यही बसाईमा मैले सोधेकी थिएँ तिम्रो बारेमा सबै कुरा । नाम कमल राना, घर दाङ, घरमा मम्मी बुवा बहिनी, एकजना दिदी र दाई । तिमी भन्दै थियौं मेरो घरमा अरु सबै आँखा देख्छन् म मात्र देख्दिन । कहिलेकाहिँ त लाग्छ कि आँखा नदेख्ने म त अभागी रहेछु तिमिले भनेका थियौँ । मैले जीवनमा हरेस खानु हुँदैन भनेर तिम्रो मनोवल बलियो बनाउन खोजेको अस्ती जस्तै लाग्छ । फेरि भेट्ने बाचा गरेर त्यो दिन हामी छुटियौँ ।

मेरो दाङको बसाई एक महिनाको थियो । १७ दिन बितिसकेको थियो । तिमीसँग नजिक हुन मन लागिरहन्थ्यो मलाई । तिमी पनि खुसी भएको देख्दा आनन्द आउँथ्यो मलाई । समय बित्दै थियो । एकदिन म फेसबुक खोलेर बसेकी थिएँ । तिम्रो अफिसको म्यानेजर रमेशले मलाई तपाईँलाई कमल कस्तो लाग्छ ? भनेर सोध्नुभयो । मैले भने स्मार्ट लाग्छ । एकदम राम्रो लाग्छ भनेर जवाफ दिएँ । उहाँले भन्नुभो साँच्चै ? भन्नु भयो । मैले हो भनेर जवाफ दिए । कमलले पनि मन पराउँदोरहेछ सरले भन्नुभयो । अब के छ तपार्इँको विचार ? उहाँले मलाई सोध्नुभयो ।
तिमिले भनेको भन्दै सरले मलाई विवाहको प्रस्ताव गर्नुभयो । प्रकृतिले तिमिमाथि गरेको विभेद मलाई मन परेको थिएन । जीवनभर तिम्रो सहयोगी बनेर प्रकृतिको विभेदविरुद्ध लड्ने वाचा मनमनै गरे र विहेको प्रस्तावलाई स्वकिार गरिदिए । उहाँले बधाई दिनुभयो । तर मलाई तिमिसँग कसरी भन्ने होला भन्ने चिन्ता लागिरहेको थियो । हाम्रो बिहेको कुरा अघि बढ्यो । घरमा पनि अलिअलि त थाहा दियौँ तर राम्रोसँग जानकारी भने थिएन ।
तिमी र म नेपालगंज आएर बस्यौँ केही दिन । त्यसपछि तिम्रो आफन्तलाई बोलाएर हामीले बागेश्वरी मन्दिरमा बिहे गर्यौँ । केही दिनको सम्बन्धले हामीलाई जिन्दगीभरको बन्धनमा बाध्यो । सरोज साँच्ची भनुँ भने मेरो घरमा तिमीसँग मैले विवाह गर्दा खुसी हुने कोही थिएन । सुरुमा त सबैले मलाई धेरै गाली गरेका थिए, यस्तासँग बिहे गर्ने भनेर ।
सब गलत थिए त्यतिबेला । तिम्रो भित्रि क्षमतालाई कसैले देखेको थिएन । सबैले मलाई आँखा नदेख्नेसँग बिहे गर्ने भनेर भन्नु नभन्नु भने तर मलाई जसले जे भनेपनि मतलब थिएन । तिमी मेरा लागि सर्वश्व थियौं । मेरो जिन्दगी थियौँ । मसँग तिमीलाई गुनासो गर्नु केही थिएन अनि खोट पनि केही थिएन तिमीमा ।
मलाई तिम्रो घरमा भित्र्याईयो, म तिम्री अर्धाङ्गिनी बनेर तिम्रो नामको सिन्दुर मेरो सिउँदोमा सजाएर भित्रीएँ । मलाई तिम्रो घरमा सबैले माया गर्नुहुन्थ्यो तर मेरो माईती घरमा भने मसँग सबै रिसाएका थिए । मैले बिस्तारै उहाँहरुलाई मनाउनुपर्ला भनेर सोचेको थिएँ । तिम्रो माया पाएर होला सायद मेरा माईतीले मलाई वास्ता नगरेपनि म दुःखी थिइँन ।
समय बिस्तारै बित्दै थियो तिमी र म हाँसी खुसी जीवन बिताईरहेका थियौँ । मेरो बुवाआमा पनि बिस्तारै हामीप्रति सकारात्मक हुँदै हुनुहुन्थ्यो । सुखी जीवन थियो । जसोतसो रमाएकै थियौँ हामी एक अर्काको साथमा । कुनै ठाउँ जानुपर्यो भने म तिम्रै साथमा जान्थेँ । तिमी कहिलेकाहीँ भन्ने गथ्र्यौ मसँग संसार देख्ने आँखा छैन र पनि तिमीलाई संसार ठान्छ्यौं । बाहिरी संसार कस्तो छ भन्नेमा अनविज्ञ छु तर तिमी मलाई दुनियाँ मान्छ्यौं भनेको पनि हिजो अस्तिजस्तै लाग्छ ।
तिम्रो जिन्दगीको सहयोगी बन्ने भनेर आमा बुबाको खुशीलाई त्यागे । तिमिसँग भेट हुन भन्दा पहिलेको कल्पनाको संसारलाई मैले त्यागे । हामी खुशीमै थियौँ । तर तिमिले संसार छोड्नुको दोष मलाई लगाईदैछ । तर, अहिले म तिम्रो अपराधी भएर बाँच्च बाध्य छु । यो समाजले बुझ्दैन मलाई, बुझ्ने तिमी थियौं । अरु कोही छैन । तिमी मात्र यादहरु छोडेर गयौँ ।
हामी पहिलो पटक मेरो माइत बोलाएका थिए । तिमिलाई माइती लिएर जान पाइने भो भनेर म निकै खुशी थिए । मेरा आमाबुबालाई मेरो खुशीबारेमा भन्छु भन्ने मनमनै सोचेकी थिए । तर तिमिले भने केही अप्ठ्याराे  मानेको अनुभूति मैले गरेकी थिएँ । तर मैले ठूलो लिइन । तिमिले आफ्नो प्राकृतिक कमजोरीका कारण त्यो महशुस गरेका थियौँ ।
माईती घर जानुकाे अघिल्लो साँझ खाना खाएर सबैजना आ-आफ्नो कोठातिर लाग्यौँ । तिमी र म पनि कोठामा गएका थियौँ । सिँडीमा चढ्ने बेलामा मैले तिम्रो हात समाएकी थिएँ । तिमीले भन्यौं, ‘कतिन्जेल मेरो हात समात्छेउ ?’ मैले मजाक गरेर भनेँ, ‘माथि कोठामा जानेबेलासम्म अनि । के सोधिराको फेरि यस्तो ? खाली यस्तो यस्तो कुरा गर्न तिमीलाई कसले सिकाउँछ हँ ।’ तिमिले यस्ता कुरा गर्ने बेला सधैं झैं म रिसाए । ‘म नभएपछि त तिमीलाई बरु आनन्द हुन्थ्यो होला है यसरी डोर्याएर हिँड्न नि पर्थेन’ तिमिले फेरि भन्यौँ । ‘यस्तो कुरा नगर है’ भनेर अलिकति झर्किएँ । तिमीले भन्यौ, ‘मैले साँच्चै त भन्याछु ।’ हामी सुत्यौं । यो रात नै तिम्रो र मेरो अन्तिम रात भयो । बाँकी अर्को पत्रमा ….
onlinedabali.com

Saturday, November 12, 2016

भारतको २००० दरको नयाँ नोटमा नेपाली भाषा पनि



केही समय यता नेपालमा हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन लागिएको भन्दै ब्यापक विरोध भैरहेको छ । हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन संविधान संसोधन गर्न लागिएको भन्दै एक मिडियाले समाचार प्रकाशित गरेपछि त्यसको विरोधमा सामाजिक सञ्जाल रंगिए । तर सरकारले भने यस्तो तयारी नभएको र नहुने स्पष्टिकरण दिइसकेको छ ।

बन्दको कारण थाहा पाउनु भो ? इतिहासमै पहिलो पटक यस्तो

सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेपछि उनको ब्यापक आलोचना भयो । व्यवस्थापिका संसदको बैठकमा नवलपरासीका कांग्रेस सांसद देवनारायण कलवारले ५० प्रतशत जनताले हिन्दी भाषा बोल्ने र ८० प्रतिशत जनताले बुझ्ने हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्ने बताएका थिए । यस्तो माग गरेपछि उनी ब्यापक आलोचनामा परेका थिए ।

तर तपाइँलाई अचम्म लाग्न सक्छ भारतले हालै प्रकाशित गरेको २ हजारको नोटमा भने नेपाली भाषा समेत राखेको छ । उक्त नोटमा लेखिएको भाषा मध्ये “दुई हजार रुपैयाँ” भनेर नेपाली भाषा समेत समावेश छ ।



नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत समावेश गरेको हो ।


भारत सरकारले केही दिन अघि मात्र चल्तीका भारु पाँच सय र हजारका नोटहरु अकस्मात बन्द गरेर २ हजारको नोट प्रचलनमा ल्याएको थियो । सरकारले भष्टाचार नियन्त्रण गर्न र नक्कली नोट नियन्त्रण गर्न पाँच सय र हजार रुपैयाँका नोटहरु फिर्ता लिने निर्णय गरेको बताएको छ ।

भारतीय नोटमा किन प्रयोग भयो नेपाली भाषा?

नेपाली भाषा भारतीय संविधानमा राष्ट्रभाषाको रुपमा सूचीकृत भाषा हो । नेपाली भाषा नेपाल बाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा नेपाली भाषा बोल्ने गरिन्छ । गुगलले नेपाली भाषालाई नेपाल र भारतमा गरी १७ करोड मानिसले बोल्ने भाषा मान्दै गुगलमा लिस्ट भएका ७९ भाषालाई नेपालीमा र नेपाली भाषालाई तिनै ७९ भाषामा अनुवाद गर्न सकिने जानकारी दिन्छ ।

ट्रम्पको विरोधमा मोडलले खोलिन् कपडा (तस्विर)

भारतका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली भाषीहरूको बसोबास रहेको हुँदा भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गरिएको छ। भारतमा बसोबास गर्ने गुरुङ, मगर, नेवार, लेप्चा, राई, लिम्बूजस्ता विभिन्न जातिले आफ्नो मातृभाषा छोडेर नेपाली भाषालाई नै मातृभाषाका रूपमा ग्रहण गरेका छन् । अहिले भारतमा नेपाली भाषा बोल्नसक्ने, बुझ्न सक्नेको सङ्ख्या नेपाली जातिको सङ्ख्याभन्दा धेरै धेरै रहेको जानकारी पाइन्छ ।

भारतको पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङ, जलपाइगुडी, बागडुग्रा, डुवर्स आदि विभिन्न क्षेत्रमा नेपालीहरूको बाहुल्य रहेको छ । यसका अतिरिक्त आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, मिजोरम, सिक्किम, अरुणाचल आदि राज्यमा पनि नेपालीहरूको ठूलो उपस्थिति रहेको छ । उता देहरादुन, भाग्सु, कुमाउ, गढवाल, बनारस, दिल्ली आदि क्षेत्रमा पनि नेपालीहरू स्थायी रूपमा बसोबास गरिरहेका छन्। यसका साथै अहिले पनि शिक्षार्जन, कामको खोजी, व्यापार व्यवसाय गर्ने आदि उद्देश्यले भारत जाने नेपालीहरू थुप्रै रहेका छन् ।

यस्तो भयो भने ट्रम्प अमेरिकी राष्ट्रपति बन्न पाउने छैनन्

अहिले बनारस हिन्दु विश्वविद्यालय, नर्थ बङ्गाल विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, सिक्किम विश्वविद्यालय जस्ता विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको एम.ए. स्तरीय अध्ययन–अध्यापन हुन्छ भने विद्यावारिधिस्तरीय अनुसन्धानात्मक क्रियाकलाप पनि हुन थालेका छन् ।

तीन लाखमा भूकम्प प्रतिरोधी घर बन्दै


बनेपा, २८ कात्तिक । काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् ।
भूकम्प पश्चातको पुनःनिर्माण जीविकोपार्जन तथा पुनःलाभ परियोजनामार्फत जिल्लाको नयाँगाउँ देउपुर, गैरीविसौना देउपुर, महादेवस्थान, बालुवापाटी र जैसिथोकमा एकसय १० घर निर्माणाधिन अवस्थामा रहेको ‘द लुथरन वल्र्ड फेडरेसन’ परियोजना प्रवन्धक रितुवर्ण सिलवालले जानकारी दिनुभयो ।

यी गाविसमध्ये सबैभन्दा बढी गैरिबिसौना देउपुरको दनुवार बस्तीमा ६२ घर निर्माणधिन अवस्थामा छन् ।

प्रतिघर रु तीन लाखका दरले आवास सम्बन्धी सामग्री उपलब्ध गराएर गत साउनदेखि सुरु भएको तीन कोठे नमुना घर आगामी माघसम्ममा पुरा गर्ने लक्ष्य लिइएको छ ।


ती गाविसमा कुल तीनसय ८७ घर निर्माण हुने जानकारी दिँदै सिलवालले परियोजनामार्फत भूकम्पपीडितको जीविकोपार्जनका लागि समेत काम भइरहेको बताउनुभयो ।
नयाँ निर्माण भन्दा पनि भत्केका सिँचाइ कुलो पुनःनिर्माण र मर्मतमा जोड दिएको उहाँले बताउनुभयो । ती गाविसमा जनजाति, विपन्न परिवार, दलित समुदाय, अभिभावक गुमाएका बालबालिकाको घर छनोट गरेर पुनःनिर्माण थालिको हो ।
जिल्लाको सात गाविसमा सिँचाइ, विद्यालयको शौचालय निर्माण, खानेपानीे वितरण, सिकर्मी तथा डकर्मी तालिमलगायत जीविकोपार्जनको काम समेत सुरु भएको छ ।
शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका अध्यक्ष शङ्खबुद्ध लामाले सरकारको नीतिका कारण आवास निर्माणको खर्च रु तीन लाखमा झरेको उल्लेख गर्दै रु चार लाख ९६ हजारमा निर्माण हुने भनिएको आवास सरकारले सीमा तोकेपछि पुनः ८७ घर पुनःनिर्मााणका लागि थप गरिएको बताउनुभयो ।

शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका कार्यकारी निर्देशक दिनेश लामाले घर निर्माणका लागि तीन पटकमा सामग्री उपलब्ध गराएर आवास निर्माण भएको बताउनुभयो ।
गौरीबिसौना देउपुरका रामकाजी दनुवारले पानीको अभाव र ढुङ्गाको अभावले संस्थाले दिएको सामग्री मात्रै पर्याप्त नएभकाले घर निर्माण खर्च महँङगो भएको बताउनुभयो ।
‘मेरो मात्रै रु एक लाख लगानी भयोहोला’ उहाँले भन्नुभयो । भूकम्प पश्चातको सो परियोजनामा कुल रु २० करोड ४१ लाख लगानी भएको छ । रासस

धेरै स्वस्थ रहन चाहानुहुन्छ भने विवाह गर्नुहोस्, कारण यस्तो



के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ? धेरै वैज्ञानिक अनुसन्धान तथा अध्ययनबाट यस निष्कर्षमा पुगिएको हो । वैज्ञानिकका अनुसार विवाहित पुरुषहरुमा मुटुरोग, क्यानसर जस्ता रोगहरुसँग लड्ने क्षमता बढी हुन्छ ।


अविवाहित पुरुषमा यसको सम्भावना कम हुन्छ । जान्नुहोस् आखिर विवाहित पुरुषहरु अविवाहित पुरुषभन्दा किन बढी स्वस्थ हुन्छन् ।

१. पछिल्लो १५० वर्षमा गरिएको एक अध्ययनका अनुसार विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुन्छन् ।



२. अमेरिकामा १,२५,५४५ जना पुरुषमा गरिएको एक सर्वेमा विवाहित पुरुषहरु अविवाहित वा डिभोर्स भइसकेका युवाहरुभन्दा धेरै समय बाँच्ने र स्वस्थ रहन्छन् ।


३. जापानमा गरिएको एक अध्ययनमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु मुटुरोगका कारण मृत्यु हुने देखिएको छ ।


४. २७,७७९ क्यानसर केश अध्ययनमा अविवाहित पुरुषहरुको क्यानसर एडभान्स स्टेजमा पुगेपछिमात्र थाहा पाउने देखाएको छ ।


५. विवाहले भावानात्मक, मानसिक तथा सामाजिक रुपमा विवाहित पुरुषलाई बलियो बनाउने गर्छ । अविवाहित पुरुषमा डिप्रेशनको सम्भावना बढी हुने बताइएको छ ।


६. विवाहित पुरुषको तौल बढ्ने सम्भावना एकल वा अविवाहित पूरुषभन्दा २५ प्रशिसतले बढी हुन्छ ।



पुरुषहरुका लागि खुसीको कुरा !! अव सेक्स गर्न कन्डोम लगाउन नपर्ने

महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो । तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प खोज्न सक्ने भएका छन् । अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध हुने भएको छ ।

पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन् ।बैज्ञानिकहरुले अहिले सम्म बनाइसकेको एच 2-ग्यामेनड्याजोलले पुरुषको विर्यमा रहेका शुक्राणुलाई विकाश हुन नदिने काम गर्छ ।
अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल सेन्टरमा प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले यस्तो औषधीले पुरुषलाई पनि गर्भनिरोधक औषधी प्रयोग गर्न सहज बनाउने बताए ।

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, ४ दिनमा २७ सयको गिरावट

साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार   ४ सयले घटेर  ५६ हजार ४  सयमा कारोबार भएको छापावाल सुन आज ९ सयले घटेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भई रहेको छ   । त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार २   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। छापावाल सुन गत २४ गते ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यसयता यसको मूल्य ४ दिनमा २७ सयले घटेको छ ।

आज चाँदी भने  प्रति तोला ८ सय १०    रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा ३५ रुपियाँले बढी हो ।





नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ५   सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७   हजार ३   सय ७०  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ९४       रुपैयाँ ५० पैसा कायम गरिएको छ।

प्रहरी भन्छ – सडकमा कडा सुरक्षा छ, गाडी चलाउनुहोस्



काठमाडौं, २८ कात्तिक – नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आइतवार आह्वान गरेको बन्दको प्रभाव कम भइसकेको प्रहरीले जनाएको छ ।
बिहानभन्दा अहिले बन्दको प्रभाव निकै कम भइसकेकोले निर्धक्क भएर गाडी चलाउन समेत प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले बिहानभन्दा अहिले बन्दको प्रभाव कम भइसकेको बताए । नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आइतवार नेपाल बन्द घोषणा गरेको थियो ।
‘बन्दको प्रभाव त देखिएको छ, तर अहिले धेरै कम भइसक्यो,’ चन्दले भने, ‘सडकमा कडा सुरक्षा भएकोले निर्धक्क भएर गाडी चलाउँदा हुन्छ ।’


उनले काठमाडौं उपत्यकामा गाडी चलाउनका लागि अहिले कुनै पनि बाधा नरहेको बताए ।

विहानैदेखि बन्द गराउँदै हिडेका माओवादी कार्यकर्तालाई प्रहरीले भटाभट पक्राउ गर्न थालेपछि बन्दको प्रभाव कम भएको हो । काठमाडौं उपत्यकामा बन्द गराउँदै हिँड्ने एक सयभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बिहानैदेखि काठमाडौंका चोक चोकमा जम्मा भएर जबरजस्ती बन्द गराउन सक्रिय रहेका १ सय ३१ जनालाई नियन्त्रणमा लिईएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले जानकारी दिए ।
उनका अनुसार प्रहरीले कलंकी, कोटेश्वर, महाराजगन्ज, चावहिल लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अहिले सम्म राजधानीमा कुनै पनि अप्रिय घटना नभएको पनि उनले बताए ।
बन्दकर्ताहरुलाई कडाई गर्ने क्रममा राजधानीमा चोकचोकमा व्यापक सुरुपमा सुरक्षाकर्मीको परिचालन गरिएको छ । यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले संकास्पद गतिविधि गर्न खोज्ने र अवरोध गर्न खोज्ने कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ ।

महंगी, कालोबजारी तथा जनजिवीकाका मुद्धाहरु उठाउँदै विप्लव माओवादीले आईतबार नेपाल बन्द आह्वान गरेको हो ।
बन्दमाथि प्रहरीको कडाईसँगै अहिले सडकमा विप्लवका कार्यकर्ता नै देखिएका छैनन् ।

महिलालाई थाहा हुनै पर्ने यौन स्वाथ्य सम्बन्धी पाँच कुराहरु थाहा पाई राखौ

काठमाडौं । महिलाको स्वास्थ्यको बारेमा धेरै कुरा लेखिएका छन तर यसको साथ महिलाको यौन सम्बन्धसँग गाँसिएको स्वाथ्यको बारेमा कसैले केही भन्दैनन् । महिलाको लागि अति नै महत्वपूर्ण जानी राख्नुपर्ने कुरा यो छ कि यौन सम्बन्धका समस्याबाट कसरी बच्न सकिन्छ । बलिउड विहे अनलाईनका अनुसार जानी राख्नुहोस् यौन स्वास्थ्य सम्बन्धी जोडिएका यी कुराहरु । १. यौन अङ्गको सरसफाई महिलाहरुमा एउटा भ्रम के छ भने यौन सम्पर्क पछि हुने हरेक खालका समस्या पुरुषकै कारणले मात्र हुन्छ भन्ने छ । तर त्यही मात्र मुख्य कारण होइन । ध्यान दिनु पर्ने मुख्य कुरा त सरसफाई हो । यौन सम्पर्क गर्नु अगाडि र यौन सम्पर्क गरी सकेपछि सरसफाइमा कत्तिको ध्यान पुग्छ त्यही नै मुख्य कुरा हुन जान्छ । २. कण्डमको प्रयोग असुरक्षित यौन सम्पर्क कै कारण महिलालाई बेशक हर्पस र एपीबि भाइरस जस्ता रोग लाग्न सक्छ । यौन सम्पर्कको क्रममा आÏनो यौन साथिलाई कण्डम लगाउन दबाब दिनुहोस् यसबाट धेरै किसिमका सङ्क्रमणबाट जोगिन सकिन्छ ।
महिलाले यो भन्न सक्छन् कि यदी उसको यौन साथीलाई कण्डम लगाउन भन्ने नमानेमा यस कार्यमा सहभागी नहुने । किनकी यसले सबैभन्दा बढी युरिनरी इन्फेक्सन हुन्छ । यस समस्यालाई लिएर धेरैजसो महिलाहरु असाध्यै चिन्तित हुन्छन् । यस्तो समस्या त यौनाङ्को रोगको कारण पनि हुन्छ । ३. प्रशस्त पानी पिउनु यूरिन इन्फेक्सनको लागि तपाईंले अधिक मात्रामा पानी पिउनु जरुरी हुन्छ । ४. शौचकार्य पछि सरसफाई टिस्यू प्रयोग गर्नु अघि र पछि दुबै पटक हातलाई राम्ररी धुनु पर्छ । खासगरी घरबाहिर सार्वजनिक शौचालयहरुको प्रयोग पछि यस्ता कुरामा ध्यान दिन जरुरी छ । ५. समय समयमा स्वास्थ्य परीक्षण यसो गर्नाले कुनैपनि प्रकारको इन्फेक्सन या ब्याक्टेरीयाबाट लाग्ने रोगबाट बच्न सकिन्छ । यसका लागि विभिन्न पत्रपत्रीकाबाट पनि जानकारी पाउन सक्नुहुन्छ । यतिले सन्तुष्ट नभएमा स्त्री रोग विशेषज्ञसँग सल्लाह लिन सक्नु हुन्छ । यसले भविश्यमा हुने गम्भीर बिरामीबाट बच्न मद्दत मिल्छ । क्यान्सर अथवा यौन सम्बन्धी स्वास्थ्यकोको लागि समय समयमा चेक गराउनु राम्रो हुन्छ । कयौं अस्पताहरुमा त यस्ता रोगको उपचार निशुल्क पनि परीक्षण गरिन्छ ।

बच्चन परिवारमा खटपट सुरु !

२८ कात्तिक, एजेन्सी । भारतीय सञ्चार माध्यमका अनुसाार अभिताभ बच्चनको परिवार अब पहिलेजस्तो रहेन, उनको परिवारमा कलहको विजारोपण भएको छ । आजकाल बच्चन परिवारमा मनमुटाव सुरु भएको छ । यो मनमुटावको कारण ऐश्वर्या र अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दा बताइएको छ । ग्ल्यामरको दुनियाबाट टाढा रहेकी अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दाले शुक्रवार रात एक इभेन्टमा र्याम्प वर्क गरेकी थिइन् । इभेन्टको दौरान फ्रन्ट रो मा बसेकी अमिताभकी छोरी चेयर अप गर्दै र उनले फोटोज लिँदै गरेको देखिएको थियो । इभेन्टमा अमिताभका अलावा जया बच्चन, अभिषेक बच्चन, करण जौहर, सोनाली बेन्द्रे सहित धेरै स्टार्स कलाकारहरु सहभागी थिए । उक्त इभेन्टमा ऐश्वर्या सहभागी भएकी थिइनन् । त्यस्तै ऐश्वर्या राय बच्चनको फिल्म ‘एे दिल है मुश्किल’ को स्क्रिनिंग मा परिवारका कुनै पनि सदस्य उपस्थित भएका थिएनन् ।

गाडीमा आगो लगाई ड्राइभरको नगद र मोबाइल लुटे बन्दकर्ताले


सिन्धुली, २८ कात्तिक । सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् ।

काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पाँच-सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए । बन्दकर्ताले गाडीका चालकबाट २० हजार नगद र सामसुङ कम्पनीको एउटा मोवाइल पनि लुटेर लगेको प्रहरी निरीक्षक सर्वश्री सिंहले जानकारी दिएका छन् ।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताएका छन् ।


यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ ।

भारु पाँच सय र हजार भएका नेपालीलाई खुसीको खबर !


काठमाण्डु, २८ कात्तिक– मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि फैलिँदो छ ।



कालो धन रोक्ने उद्देश्य राखिएको उक्त घोषणाले भारुमा कारोबार गर्दै आएका नेपाली व्यापारीदेखि सीमा क्षेत्रका सर्वसाधारणलाई अलमलमा पारिदिएको छ । मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आफैँ भारतीय नोट सटहीको अनुमतिका लागि भारतीय रिजर्भ बैङ्कको निर्णयको प्रतीक्षामा रहेकाले सटही सुविधा पाउने अथवा नपाउने पिरलो सर्वसाधारणमा यथावत् छ ।

भारतीय बैङ्क तथा एटीएममा नोट साट्ने काम सुरु भइसक्दा पनि नेपालमा यसबारे औपचारिक जानकारी नआउँदा द्विविधा थप बढ्दो छ ।

नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले भने आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिएको छ । नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

‘उता (भारत) बाट हामीसँग भएको भारतीय नोटको जानकारी माग भएको छ’, उनले भने, ‘त्यसैअनुसार हामीले भारतीय नोट रहेका बैङ्क वित्तीय संस्थासँग रकमको विवरण मागेका छौँ ।’

केन्द्रीय बैङ्कलाई बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच सय र एक हजारका दुई करोड ५२ लाख भारतीय नोट सञ्चित रहेको पाइएको छ । त्यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमा गरी ८० लाख भारु प्रचलनमा रहेको तथ्याङ्क राष्ट्र बैङ्कले पाएको छ ।

राष्ट्र बैङ्कले अहिलेसम्म तीन करोड ३६ लाख ९० हजार भारतीय रुपियाँको विवरण पाएको शिवाकोटीले जानकारी दिए । अझै पनि केही बैङ्क तथा वित्तीय संस्थाको शाखाबाट पूरा विवरण नआएकाले २० लाखसम्म रकम बढ्नसक्ने राष्ट्र बैङ्कको अनुमान छ ।

गोरखापत्रबाट

नेपाली चेलीले चिनियाँ र कोरियालीसँग विवाह गर्न नपाउने

 
सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ। श्रीमती बनाउने बहानामा नेपाली चेलीलाई ती देशका नागरिकले आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ तथा प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै क्षेत्रीय प्रशासन कार्यालयमा यी दुई देशका नागरिकसँगको विवाहवारीमा प्रतिबन्ध लगाउने परिपत्र गरिएको उल्लेख गर्दै प्रवक्ता भट्टराईले विदेशी–विदेशी नागरिकबीचको विवाहमा पनि प्रतिबन्ध लगाइएको जानकारी दिए।

राजदूतावास र केही कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरूबीचको प्रतिबन्धित विवाह भने खुलाउने तयारी सरकारले गरेको छ।

राजदूतावासमा र अन्य कूटनीतिक नियोगमा बसेर काम गर्ने विदेशी नागरिकबीच हुने विवाहलाई मान्यता दिने गृहकार्य गरिँदैछ तर स्वयंसेवक वा अन्य काम देखाएर नेपाल आउने अनि विवाह गर्ने कार्य भने प्रतिबन्धित नै हुनेछ’, प्रवक्ता भट्टराईले भने।


सरकारले विदेशी नागरिकसँगको विवाहमा कडाइ गरेपछि पछिल्लो समयमा विदेशी नागरिकसँगको दर्ता विवाहमा कमी आएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आव २०७३÷०७४ का पहिला तीन महिनामा ८५ जोडीको मात्र दर्ता विवाह भएको छ।

‘साउनमा ३८ भदौमा ३५ र असोजमा १२ जोडीको कोट म्यारिज भएको छ भने यी तीन महिनामा ३५ जनाको पोस्ट म्यारिज भएको छ’, भट्टराईले भनेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

अब कक्षा १२ मा मात्र एसएलसी, १० मा माध्यमिक परीक्षा


काठमाडौं, २८ कात्तिक-शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो ।

शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको ६ सदस्यीय प्राविधिक समितिले सहसचिवस्तरको कर्मचारी प्रमुख रहने गरी सातै प्रदेशमा कार्यालय राख्न तथा अहिलेको संरचनाभन्दा केही फरक हुनेगरी संरचना तयार गर्न सुझाब दिएको हो ।

प्रतिवेदनमा सातवटै प्रदेशमा सहसचिवसरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय कार्यालयहरूको व्यवस्थापन गर्ने सिफारिस भएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गर्न सिफारिस गरेको छ ।


कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा परीक्षा बोर्डले सञ्चालन गर्नेलगायतका सिफारिस भएका छन् ।
नयाँ पत्रिका दैनिकबाट ।

दोलखामा दुई मोटरसाइकल र कारमा आगजनी


२८ कात्तिक, दोलखा । दोलखामा अज्ञात समूहले दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएका छन् ।

दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ ।



अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ  छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ ।

आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

भगांकुरको आकार कस्तो हुन्छ अनि यो योनिमा कहाँ हुन्छ ?



तपाईं पुरुष हुनुहुन्छ कि महिला जानकारी भएन। जे भए पनि भगांकुरका बारेमा जिज्ञासा छ। वास्तविकता के हो भने आफ्ना यौन अंगहरूका बारेमा धेरैजसो महिलालाई जानकारी हुँदैन। हाम्रो जस्तो देशमा त्यस्ता महिलाहरूको संख्या बढी छ किनभने एकातिर यहाँ यौनअंग अवलोकन गर्ने अवसर छैन भने अर्कातिर सामाजिक रूपमा बर्जित गरिए समान छ। यौनअंगका बारेमा छलफल गर्नु नराम्रो मानिन्छ भने सही जानकारीसम्म धेरैको पहुँच छैन। त्यसैले धेरैजसो महिलालाई भगोष्ठ, यौन केश वा भगांकुरका बारेमा पर्याप्त जानकारी हुँदैन र उनीहरू अलमलमा पर्छन्। त्यसैले तपाईंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाका प्रमुख यौन अंग के-के हुन् एकपल्ट हेरौं।  हुन त प्रत्यक्ष रूपमा योनिलाई नै महिलाको प्रमुख यौनअंग मानिन्छ तर योनिबाहेक अन्य विभिन्न अंग पनि यौनका दृष्टिले संवेदनशील हुन्छन्। महिला आफैंले ती अंग कस्ता देखिन्छन् भनेर जानकारी लिन वा नियालेर हेर्न एउटा सानो ऐना नै सहायक हुनसक्छ। सुरुमा असजिलो लागे पनि आफ्ना यौन अंगहरूसँग परिचित भए पछि विस्तारै अभ्यस्त र सहज भइन्छ।

भगक्षेत्र

पुरुषको तुलनामा महिलाका यौनअंगहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैनन्। झट्ट हेर्दा छालाको दुई पत्र एक-अर्कामा टाँसिएजस्तो मात्र देखिन्छ। त्यसैलाई हामी समग्रमा भग भन्छौं र यसभित्रै अन्य सबैजसो अंग हुन्छन्। महिलाहरूमा यही भगको माथि पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ जसले यौन तथा प्रजनन अंगहरूलाई सुरक्षा प्रदान गर्छ। यौनांग क्षेत्रको उक्त भागलाई mons pubis (मोन्स प्युविस) भनिन्छ। महिलाको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वार जस्ता विभिन्न अंग देख्न सकिन्छ।

ठूलो तथा साना भगोष्ठ

यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। ती ठूला भगोष्ठलाई बाहिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठ छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। भगोष्ठको आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ। भगोष्ठ यौन संवेदनशील हुन्छ र यौन उत्तेजनाका बेला सामान्य अवस्थाभन्दा आकारमा पनि केही ठूलो देखिन्छ।

भगांकुर

सम्भवत: महिला शरीरमा भएको यो नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवै तिरबाट एकआपसमा जोडिन्छन्। महिलालाई यौन सुख दिनुनै यसको एकमात्र कार्य भएको देखिन्छ। भगांकुरको टुप्पोलाई पनि पुरुषको जस्तै glans (ग्ल्यान्स) नै भनिन्छ। व्यक्ति-व्यक्तिअनुसार यसको आकार फरक-फरक हुनसक्छ तर यसको आकार केराउको दानाजत्रो हुन्छ। यसको shaft (साफ्ट) भने शरीरमा जोडिएको हुन्छ। भगांकुरलाई छालाको एक पत्रले छोपेको हुन्छ जसलाई clitoral hood (क्लाइटोरल हुड) भनिन्छ। भगांकुरको glans (ग्ल्यान्स) यौन संवेदनशील हुन्छ र स्पर्श गर्दा वा यौन उत्तेजनाका बेला पुरुषको लिंगजस्तै उत्तेजित हुन्छ। दु:खको कुरा के भने अझै पनि कतिपय महिलालाई प्रमुख रूपमा यौन सुख दिने यो अंगका बारेमा पर्याप्त जानकारी छैन।

योनि

भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ त्यसको मुनितिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेसीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। त्यसबाहेक महिलाका अन्य अंग पनि यौन संवेदनशील हुन्छन् जस्तै- स्तन, मुख तथा अधर, नितम्ब, तीघ्रा, चर्म (छाला) आदि।



योनिमा यो कहाँ हुन्छ ?

माथिको वर्णनबाट पक्कै पनि जानकारी पाइसक्नुभयो होला यो योनिमा हुने नभै त्यसभन्दा केहीमाथि बाहिर भगक्षेत्रमा हुन्छ। यौन उत्तेजनाका बेला यो पनि उत्तेजित र ठूलो हुने हुँदा यसलाई छामेर थाहा पाउन सकिन्छ। यौन संवेदनशील हुने भएकाले यसमा विशेष स्पर्शको अनुभव हुन्छ। भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलाका लागि यौन संवेदनशीलताको केन्द्र मानिन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। यसलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गरिनुपर्छ भन्नेे छैन। आफूंलाई मन पर्ने कुनै पनि तरिका कुनै पनि व्यक्ति विशेषका लागि ठीक हुनसक्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय अपनाउन सकिन्छ। भगांकुरमा पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजक मान्छन्।

भारतको वायु प्रदूषणले झकझक्यायो विश्वलाई, युनिसेफले जारी गर्‍यो विज्ञप्ति



संयुक्त राष्ट्रसङ्घ : भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले विश्वलाई नै आह्वान गरेको छ।

युनिसेफले हालै एक प्रेस विज्ञप्ति जारी गरी नयाँदिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ। प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ।



'दिल्लीका बालबालिका हरेक पटकको स्वासप्रश्वासमा प्रदूषणको समस्याबाट पीडित छन्,' विज्ञप्तिमा भनिएको छ। 'यो चुनौती दिल्लीको मात्रै होइन, विकासको उकालो चढ्दै गरेका विश्वभरका अरु थुप्रै सहरहरुको पनि हो,' राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले संवाददाताहरुलाई भने। दिल्लीले विश्वलाई नै झस्काएकोले सबै सतर्क रहनुपर्नेमा पनि उनले जोड दिएका छन्।रासस/सिन्ह्वा

यी १० राशी भएकातर्फ आकर्षित हुन्छन् सुन्दर महिला


मेष राशी भएकासँग रिसाउँछन् महिलाः

मेष (Aries) राशि भएका अर्थात जसको नाम चू, च, चो, ला, ली, लू, ले लो, आ बाट सुरु हुन्छ, त्यस्ता पुरूषहरुप्रति महिला कम आकर्षित हुन्छन् । यस्ता व्यक्तिहरु स्वभावमा जति धेरै सौम्य र शान्त देखिएता पनि महिलाहरु उनीहरूसँग टाढै बस्ने गदर्छन् । आफ्नो झुटो अहम र मूर्खताका कारण उनीहरुले कहिले पनि राम्रो प्रमिका बनाउन सक्दैनन् । यहाँसम्म कि यदि यी व्यक्तिहरुको विवाह भएता पनि श्रीमान्–श्रीमती टाढा नै रहनुपर्छ । उदाहरणका लागि आमिर खान मेष राशीका हुन्, हुन त उनलाई बलिउडका सुपरस्टार नै मानिन्छ तर महिला फ्यानका तुलनामा उनी शाहरुख, सलमान र ऋितिक रोशनको तुलनामा निकै पछाडि छन् ।



वृष राशी भएका मानिसहरु स्वभावले निकै कोमल, रोमान्टिक तथा भावुक हुने गर्दछन्ः
वृष (Taurus) राशी भएका पुरुष वा जसको नाम इ, उ, ए, ओ, वा, वि, वू, वे वो बाट सुरु हुने गर्दछ,  उनीहरु स्वभावले निकै कोमल, रोमान्टिक र भावुक हुने गर्दछन् । यस्ता पुरुषहरुलाई कुनै पनि महिलाले स्वादिष्ट खाना, बास्ना र संगीतमार्फत कन्ट्रोल गर्न सक्दछन् । साधारण रुपमा यस्ता पुरूषहरूले अाफूलार्इ माया गर्ने महिला मुश्किलले पाउँछन्  तर जब पाउँछन् उनीहरुलाई निकै माया गर्ने गर्दछन् । उदाहरणका लागि भारतीय क्रिकेटका स्टार बिराट कोहली पनि वृष राशीका हुन् । उनलार्इ उनकी प्रेमिका अनुष्का शर्माले निकै माया गर्दछिन् ।

मिथुन राशीका पुरुषहरु स्वभावमा रोमान्टिक हुने गर्दछन्ः
मिथुन (Gemini)  राशी भएका पुरुष अथवा जसको नाम का, की, कू, घ, ड, छ, के, को, हा बाट सुरु हुने गर्दछ, उनीहरू स्वभावले निकै रोमान्टिक हुने गर्दछन् र  एउटै ठाउँमा बाँधिएर बस्न सक्दैनन् । यस्तो अवस्थामा महिलाहरुले यसलाई फ्र्लट गर्न प्रयोग गर्दछन् तर उनीहरुमा सच्चा जीवनसाथी देख्दैनन् । यसलाई पनि एउटा संयोग मान्न सकिन्छ कि भर्खरै रिलिज भएको हलिउडको इरोटिक फिल्म फिफ्टी शेड्स अफ ग्रेका नायकका नाम क्रिश्चियन ग्रे हो जुन मिथुन राशीको नै नाम हो । उनकी नायिका एनास्तिसिया उनलाई प्रेम गर्ने भएता पनि उनीबाट टाढा रहन कोसिस गर्दछिन् ।

कर्कट राशीका पुरुष सम्बन्ध निभाउने किसिमका हुन्छन्ः
कर्कट (Cancer) राशीका पुरुष अथवा जसको नाम ही, हू, हे, हो, डा, डी, डू, डे, डो से सुरु हुने भएका मानिसहरु मनका निकै राम्रा र सम्बन्धलाई निभाउने किसिमका हुन्छन् । उनीहरको यही व्यवहारले उनलाई महिलाको प्रिय बनाइदिन्छ । कर्कट राशी भएका व्यक्ति पहिलो नजरमा नै महिलालाई आकर्षित गर्ने क्षमतामा राख्छन् ।

सिंह राशी भएका पुरुषहरु उदार, जोशीला र रोमान्टिक हुने गर्दछन्ः
सिंह (Leo) राशीका पुरुष अथवा जसको नामको पहिलो अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे हो । यस्ता पुरुषहरु निकै उदार, जोशीला र रोमान्टिक हुने गर्दछन् । प्रेममा त उनीहरु ताजमहल बनाउने शाहजहां बन्ने गर्दछन् अथवा उनीहरु प्रेममा मर्न र मार्न पनि तयार हुने गर्दछन् । यस्ता पुरुषहरुसँग महिला साथी बन्न त चाहन्छन् तर उनीहरुको इन्टेन्स बिहेवियरसँग डराउने कारण महिलाहरू टाढै रहने गर्दछन् ।

कन्या राशीका पुरुषहरु समय आउँदा धोकेबाज साबित हुन्छन्ः
कन्या (Virgo) राशि का पुरुष अथवा जसको नाम टो, पा, पी, प, पू, ष, ण, ठ, पे, पो बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरु समय आउँदा धोका दिने किसिमका हुन्छन् । महिलाहरु यस्ता पुरुषतर्फ आकर्षित त हुन्छन् तर उनीहरुको आफ्नै कमी सम्बन्धको बिचमा आउने गर्दछ । यस्ता व्यक्तिको जीवन अरु व्यक्तिको दयाको सहारामा चल्ने गर्दछ जसका कारण कुनै पनि महिला उनीहरुलाई देख्ने बित्तिकै रिजेक्ट गरिदिने गर्दछन् । तर कन्या राशीका कोही पनि व्यक्ति यदि आफ्नो मेहनतमा सफलता हासिल गर्छन् त्यस्ता व्यक्तिहरुप्रति महिला आफ्नो ज्यान नै दिन तयार हुने गर्दछन् ।

तुला राशीका पुरुष सबैभन्दा सुन्दर, आकर्षक र रोमान्टिक हुने गर्दछन्ः
तुला (Libra) राशीका पुरुष जसको नाम रा, री, रू, रे, री, ता, ती, तू, तेबाट सुरु हुने गर्दछ, उनीहरू ज्योतिषको हिसाबबाट सबैभन्दा सुन्दर, आकर्षक तथा रोमान्टिक मानिन्छ । यस्ता पुरुषहरुसँग केही नभएको खण्डमा पनि महिलाहरु यिनीहरुप्रति  मरिमेट्न तयार हुन्छन् । उनीहरुको स्टाइल, बोल्ने शैली सबै अलग हुने भएका कारण महिलाहरु आफैंलाई उनीहरुप्रति समर्पित गर्ने गर्दछन् । उदाहरणका लागि बलिउड अभिनेता ऋतिक रोशन, राजेश खन्ना र राजकपूर छन् जसका लागि महिलाहरु मरिमेट्छन् ।

वृश्चिक राशी भएका पुरुषहरु आफूमा नै मुग्ध हुने गर्दछन्ः
वृश्चिक (Scorpion) राशिका पुरुष जसको नामको प्रथम अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू हुन्छ,  यस्ता व्यक्तिहरु आफूमा नै मग्न हुने गर्दछन् । यस्ता पुरुषहरुको एकै समयमा थुप्रै चरित्र देखिने गर्दछ जसका कारण महिला उनीहरुसँग टाढै रहने गर्दछन् । उनीहरुको प्रेमिका कम हुने गर्दछन् तर जो हुन्छन्, उनीहरुको सधैं साथ दिने गर्दछन् ।

धनु राशीका पुरुषहरुको स्वभाव सौम्य, फ्रेन्डली र आकर्षक हुने गर्दछः
धनु (Sagittarius) राशीका पुरुषहरुको नाम ये, यो, भा, भी, भू, धा, फा, ढा, भे बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरुको स्वभाव सौम्य, फ्रेन्डली, बुद्धिमान र आकर्षक हुने गर्दछ । उनीहरुको यही व्यवहार महिलालाई राम्रो लाग्ने गर्दछ जसका कारण महिलाहरु यस्ता पुरुषप्रति पागल हुने गर्दछन् । धेरैजसो धनु राशीका पुरुषहरु कामवासनायुक्त हुने भएका कारण उनीहरुको प्रेमिका अथवा श्रीमतीले धेरै दुख सहनुपर्छ ।

मकर राशीका पुरुषहरुलाई धेरैजसो गलत तरिकाले बुझिन्छः
मकर (Capricorn) राशीका पुरुषहरु जसको नामको पहला अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी हुने गर्दछ, उनीहरूलाई धेरैजसो गलत तरिकाले बुझिन्छ । महिला मात्र होइन अरु मानिसहरुको पनि मकर राशी भएका पुरुषबाट टाढा रहन चाहन्छन् । यद्यपी यस्ता व्यक्तिहरु स्वभावले निकै लजालु र आफैंमा हराइरहने किसिमका हुन्छन् । तर यदि कोही महिलाले उनीहरुसँग केही समय बिताएको खण्डमा उनीहरुको प्रेमिका बन्न अस्विकार गर्दैनन् ।
1
कुम्भ राशीका पुरुषहरु स्वभावले निकै आकर्षक, रोमान्टिक र जोशीला हुन्छन्ः
कुम्भ (Aquarius) राशीका पुरुषहरुको नाम गू, गे, गो, सा, सी, सू, से, सो, दा बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरु स्वभावले निकै आकर्षक, रोमान्टिक तथा जोशिलो हुने गर्दछन् जसका कारण महिलाहरु उनीहरुलाई निकै मन पराउने गर्दछन् । बलिउडमा पनि जुन स्टारहरुको राशी कुम्भ छ जस्तै सलमान, शाहरुख, ती सबैको पछाडि महिलाह पागलजस्तै पछि लाग्ने गर्दछन् र उनीहरुको लागि जे पनि गर्न तयार रहनेछन् ।

मीन राशीका पुरुषहरु आफैंलाई निकै असुरक्षित महसुस गर्दछन्ः
मीन (Pisces) राशीका पुरुष अथवा जसको नाम दी, दु, थ, दे, दो, चा, ची बाट सुरु हुने गर्दछ, उनीहरू आफूले आफैंलाई निकै असुरक्षित महसुस गर्ने गर्दछन् । उनीहरु कुनै पनि महिलालाई प्रेमिका बनाउँदैनन् जबसम्म उनीहरु ती महिलामा सबै गुणहरु देख्दैनन् । यस्तो अवस्थामा महिलाहरु उनीहरुतर्फ आकर्षित हुन्छन् तर उनीहरु टिक्न भने सक्दैनन् । केही समयपछि यस्ता व्यक्तिहरुलाई महिलाले छोडिदिने गर्दछन् ।

२८ र २९ गते काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर वत्ती जाने




काठमाडौं, कात्तिक २७ – काठमाडौं र ललितपुरका केही ठाउँमा आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।



काठमाडौंको बानेश्वर सवस्टेशनको सर्किट ब्रेकर फेर्नुपर्ने भएकाले आइतबार र सोमबार दुई दिन १३ घण्टा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा मिनभवनले जनाएको छ ।

महाशाखाका अनुसार बानेश्वर स्टेशनबाट विद्युत आपूर्ति हुने शंखमुल, संसद् भवन, धोबिखोला, बागमती, कोटेश्वर, एयरपोर्ट, बानेश्वर, गोठाटार, ललितपुरको लुभू, इमाडोल १ र २ मा विद्युत आपूर्ति बन्द हुने भएको हो । दिनभरी स्टेशनमा काम चल्ने भएकाले राती भने वत्ती दिन सकिने प्राधिकरणले जनाएको छ ।

Friday, November 11, 2016

के कारणले खुइलिन्छ तालु ?


तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी , चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ ।


त्यस्तै नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।

-स्वास्थ्य खबरपत्रिकाबाट

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

युएर्इमा यी वस्तु लैजान प्रतिवन्ध


काठमाडाै‌, कत्तिक २७ - भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्नेलाई युएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।
तर थाहा नपाएर निषेधित वस्तु लैजाँदा धेरै नेपाली थुनामा परेका छन् । प्रतिवन्ध नगरिएका वस्तु लग्दा पनि भन्सारका कर्मचारीले थाहा नपाउँदा दुःख पाउने गरेका छन् ।
युएई स्थित नेपाली दूतावासले यी बस्तुहरु लैजान प्रतिबन्ध रहेको जानकारी गराएको छ ।
– कुनै पनि प्रकारको लागू वा नशालू औषधी वा मनोद्वीपक पदार्थ ।
– गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर बनेको कुनै परिकार ।
– पान, पराग र खैनी ।


– नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधीहरु र   धेरै परिमाणमा अन्य औषधीहरु।
–शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधीहरु ।
–अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडि र    डिभिडिहरू ।
–युएई एक लाख दिरहाम वा सो बराबरको विदेशी मुद्रा नगदै वा चेकरड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।
– मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।
– सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रण, उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनाइएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधीहरु ।
– आफूले नित्य रुपमा खानुपर्ने औषधी साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला ।

दूधसँगै यी खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक !



मानिसको शरीरको लागि दूध उकदमै महत्वपूर्ण पेय पदार्थ हो।तर यही दूधलाई पिउँदा केही खानेकुराहरु खानु हुँदैन। किनकी यसको असर मानिसमा पर्ने सम्भावना धेरै हुन्छ र रोगको सिकार हुन सक्छ।

दूधसँग कालो दाल नखानु नै बेस हुन्छ किनकी यसले स्वास्थ्य सम्बन्धी धेरै रोगको सिकारलाई निम्त्याउन सक्छ।यस्तै तिलसँग पनि दूध नखानुस् किनकी यसले पनि मानिसलाई पेटसम्बन्धी रोग लाग्‍न सक्छ। यसको लागि यी चीजहरु अलग अलग समयमै प्रयोग गर्नु उपयुक्त हुन्छ।

यसैगरी दूधसँग करेलाको तरकारी पनि नखानुस है। यसले पनि तपाईको स्वास्थ्यमा धेरै हानी गर्न सक्छ। यसको प्रयोगले शरीरलाई धेरै थकान लगाउन सक्छ। त्यसकारण दुधसँग करेलासँग नखानु नै उपयुक्त हुन्छ। एजेन्सी।



नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

बाबुराम र प्रचण्डले सत्तामा जान बलि चडाएका यी निर्दोस शिक्षक एक सम्झना -हेर्नुस भिडियोमा

 
लमजुंग निवासी मुक्तिनाथ अधिकारि एक इमान्दार प्रधानाद्यापक का साथै एक मिलनसार मानिस थिए | तिनी विद्यार्थीलाई आफ्नै छोरा छोरि सरह माया प्रेम गर्दथे | प्रधायानाद्यापक का साथै तिनी कक्षा -१० मा विद्यार्थी लाई पढाउथे पनि | गाउमा रहेको पद्मिनी सस्कृत उच्च माद्यमिक बिद्यालय मा तिनको अगुवाइमा गरिब र बन्चित जनता यो स्कुल गाउमै भएकोले अलिकति भएपनि ढुक्क थिए |


सन् 2002 को एक दिउसो हात हथियार धारी एक समुहले आएर तिनलाई जबर जस्ती पक्डेर जंगल तिर घिसारे ,कुटपिट र तानातानले जंगलको बिचमा पुग्दा सम्म तिनी आधि सास भैसकेका थिए | जंगलको बिचमा एक ठुलो रुखमा तिनलाई पछाडी बाट बाधियो अनि बाधे पछि गनले टाउकोमा गोलि हानियो | तिनी बिचरा अगिनै आधि मासु भैसकेको थियो गोलीले आय्या पनि भन्नु नपाई एकातिर लुडकिए |
घरमा हाहाकार मचियो ,श्रीमती ,छोरा ,छोरि ले केहि सोच्न सकेनन | किन र के कारण मारियो ? पछि बुज्दा थाहा पाइयो दसैको बेला सिक्षक को दसैँ को तलब र बोनस को 25 % चन्दा मागेका थिए | त्यही चन्दा माओबादी लाई नदिएको आरोपमा तिनको निर्मम तरिकाले हत्या गरियो | पछि छोरा छोरि सहित श्रीमती ज्यान बचाउन त्यस ठाउ बाट बिस्थापित भए |

कोलेष्ट्रोल घटाउन यी खानेकुरा खानुस्, अन्यथा आँखा र सेक्स पावर घट्ला


रगतमा कोलेष्ट्रोलको मात्रा वृद्धि हुँदा मुटू र शरीरका थुप्रै भागमा नोक्सानी पुगाउन सक्छ । कोलेष्ट्रोलको मात्रा बढी हुँदा त्यसले आँखालाई समेत असर पुगाउन सक्छ भने सोँच्ने शक्तिमा क्षीण हुनु र पुरुषमा यौन कार्यमा निष्क्रियता पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन् । आफ्नो शरीरको कोलेष्ट्रोललाई कम गराउनका लागि यी उपाय नियमित गरिए हामीलाई धेरै सहयोग मिल्ने चिकित्सकहरूले बताएका छन् ।

लसुन : प्याज र टमाटरपछि खाना पकाउन ज्यादा प्रयोग गरिने लसुन हो । लसुनमा थुप्रै अनुसन्धान भएका छन् । र स्वास्थ्यका लागि लसुन अत्यन्तै फाइदा जनक भएको तथ्यले देखाएको छ । प्रत्येक दिन एउटा केस्रा काँचो लसुन खाँदा कोलेष्ट्रोलको मात्रा थुप्रै घट्छ ।


जैतून : जैतूनमा मोनोसैचुरेटेड फ्याट एसिड हुन्छ । जसले गर्दा रक्तचापको कम गर्न र कोलेष्ट्रोल घटाउन सहयोग मिल्छ । बिहान उठेर लसुन र जैतूनको तेललाई मिसाएर खाने गर्दा उचित हुन्छ ।

बदाम : खास गरेर बदामको सेवन मुटूका लागि राम्रो मानिन्छ । यसमा प्रोटीन, फाइबर र एन्टीआक्सीडेन्टस्को मात्रा अधिक हुन्छ । यसले कोलेष्ट्रोललाई रगतमा मिसिनबाट रोक्छ । बदाममा क्यालोरी अधिक हुने हुँदा यसको सेवन ध्यान पुगाएर गर्नुपर्छ । धेरै खाँदा अर्को रोग निम्तन सक्छ ।

ग्रीन टी : चीन र मध्य एशियाका साथै अन्य देशमा खाना खाएपछि ग्रिन टी पिउने चलन छ । ग्रिन टी पिउँदा शरीरमा रहेको अनावश्यक चिजहरूलाई निकालेर फाल्ने गर्छ । यसको प्रयोगले कोलेष्ट्रोल घटाउन सहयोग मिल्ने गरेको चिकित्सकहरूले बताएका छन् ।
माछा : हिल्स, सैलमन र ट्राउट माछा, ओमेगा– ३ मा फ्याटी एसिडले भरपूर हुन्छन् । यो रक्तवाहिनिलाई सफा गर्ने काम गर्छ । माछाको सेवनले कोलेष्ट्रोल जम्मा हुन दिँदैन । रगत पनि सफा गर्छ । यसै कारण चिकित्सकहरूले हप्तामा दुई पटक माछा खान सल्लाह दिने गर्छन् ।

सोयाबीन:  प्रोटीनले भरपूर सोयाबीन आफैमा पूर्ण आहार मानिन्छ । सोयाबीनमा आइसोफ्लैवोन हुने गर्छ । जसले कोलेष्ट्रोलविरुद्ध काम गर्छ । यसका अलावा दाल पनि फाइदा जनक रहेको मानिन्छ । दालमा प्रोटीन र फाइबर हुन्छन् ।

मन्त्रीको सुरक्षागार्डले गोप्य कोठामै ‘महिला’ राखेपछि मन्त्री क्वाटरमा हल्लिखल्लि

 कडा अनुशासनमा रहनुपर्ने सेनाका जवान अनुशास नभन्दा बाहिर गए भने के होला ? तर, मन्त्रीकै सुरक्षागार्डले अनैतिक काम गरिदिएपछि पुल्चोकस्थित मन्त्री क्वाटरमा हल्लीखल्लि मच्चिएको छ ।

पुल्चोक स्थित मन्त्री क्वाटरको ‘बि–२’ भवनमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी बस्छन् । भुइँ तलाको पश्चिमतर्फ अर्को सानो भवन छ, सोही भवनमा सेनाका जवानहरु खाना खाने र बस्ने गर्छन् । यता मन्त्री बुढाथोकीको निवास रहेको भवनको भुइँतलाकै अर्को कोठामा नेपाली सेनाका सुवेदार तथा मन्त्री बुढाथोकीका प्रमुख सुरक्षागार्ड अशोक पाण्डे सुत्छन् । विष्णुदल गण धुलिखेलबाट मन्त्रीको सुरक्षामा खटिएका पाण्डेले सोही मन्त्री क्वाटर भित्रै देखाएको चर्तिकलाका कारण सेनाका जवानहरु समेत सकसमा परेका छन् ।

‘उहाँले यो कोठा नै छाड्नु हुन्न,’ नेपाली सेनाका एक जवान भन्छन्,‘जहिल्यै एक महिला यहाँ आउनुहुन्छ, उहाँ पनि सेनाकै मान्छे रे ।’ उनका अनुसार एक महिलासँग सेनाका सुवेदारको अवैध सम्बन्ध छ । जसका कारण अन्यलाई समेत निकै असहज भएको छ । ‘हल्सापलाई ड्युटीमा पठाएर, उहाँ महिलासँगै बसिरहनुहुन्छ,’ उनले भने,‘हामीले उहाँलाई केही भन्न सक्ने अवस्था छैन, कि विहे नै गरे हुन्थ्यो नी ?’ स्थायी घर सुन्सरी रहेका सुवेदार पाण्डेका कारण अन्य क्वाटरका कार्यरत सेनाका जवानलाई समेत असहज भएको छ ।

‘उहाँका कारण हामीलाई समेत गाह्रो भइसक्यो,’ रक्षा मन्त्रीको क्वाटरमा रहेका एक सिपाही भन्छन्,‘उहाँले जे गर्नुभयो त्यसले हामीलाई हेर्ने नजर नै चेन्ज भैसक्यो ।’ उनका अनुसार अन्य क्वाटरमा आउने व्यक्तिले समेत अशोकको बारेमा सोधखोज गर्न थालेका छन् । ‘मन्त्री जस्तो मर्यादित व्यक्तिको सुरक्षामा बस्ने मान्छेले मर्यादा ख्याल नगरिदिँदा मन्त्रीको हालत के हुने हो,’ ति जवान भन्छन्,‘यसको विषयमा कुरा उठाउन पनि मिलेको छैन, किन भने सेनामा माथिको आदेश चल्छ ।’ मन्त्री क्वाटरमा आउने महिला को हुन् ? ती महिलाबारे खोजी गर्दा उनी पनि नेपाली सेनाकै जवान रहेको खुलेको छ ।


पर्यावरण गण सिन्धुलीमा कार्यरत उनी बेला बेला घर जान्छु भन्दै विदा लिएर काठमाडौं आउने गरेकी छिन् । घर जान विदा लिएकी उनी सँधै जसो मन्त्रीक्वाटरमा बस्ने गर्छिन् । ‘उताबाट विदा लिएर यतै आउँनुहुन्छ,’ सँगै कार्यरत एक सिपाहीले भने,‘उहाँहरुको घुमघाम र रमाईलोले हामीलाई नै गाह्रो हुन लागिसक्यो ।’

यससम्बन्धमा सुवेदार पाण्डेसँग बुझ्दा उनले भने, ‘दाजु–बहिनीजस्तो सम्बन्ध हो । दाई भनेर मेरोमा आएपछि मैले होटलमा लगेर कसरी राख्नु ? आफू जहाँ बस्छु त्यही राख्ने त हो । ’

सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? यस्तो समस्याको उपचार के होला ? -डा. रवि शाक्य



मेरो श्रीमान् मसँग समय मिल्दा दिनकै तीन÷चारचोटिसम्म सेक्स गर्नुहुन्छ । उहाँका अरू पनि सेक्स पार्टनर छन् । यसले गर्दा हाम्रो दाम्पत्य जीवनै  टुट्लाजस्तो भइसक्यो । हामी डिभोर्स गर्ने अवस्थामा पुगिसकेका छौँ । जतिखेर पनि सेक्सका लागि तयार भइहाल्ने उहाँको बानी देखेर छक्क पर्छु । सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? मेरो श्रीमान्को यस्तो समस्याको कुनै उपचार होला ?- सी
तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणका आधारमा तपाईंको श्रीमान्लाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (विचार र बाध्यताको दुश्चक्र)’ समस्या रहेको बुझ्न सकिन्छ । यस्तो समस्यामा मानसिक परामर्श दिनुपर्छ र बानीबेहोराको उपचार गर्नुपर्छ । तपाईंको श्रीमान्लाई सेक्सको लत लागेको बुझ्न सकिन्छ ।



यौन व्यवहार व्यक्तिको नियन्त्रणभन्दा बाहिर जानु नै सेक्स लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै ध्वस्त हुन पुग्छ । सेक्सले लतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरू प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ ।
सेक्सको लत सामान्यतया १६ देखि  ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् ।  यस्तो लत पुरुष र महिला दुवैमा हुन सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।

कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनरमात्रै खोज्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ ।
कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ । कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिएता पनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनका बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै परिभाषा गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतको रूपमा बुझ्नुपर्छ ।
यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत परिस्थिति तथा सम्बन्धहरूमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न, रोक्न खोज्छु भन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भइ नै रहिन्छ भने त्यो लत मात्र होइन, कुलत हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।
महिलामा बोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाले आफूलाई सधँै एक्लोपन महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपन हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनिहरू जो कोहीसँग पनि सेक्स गर्न सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् ।

पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्छ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टी सोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या भनिन्छ । यस्तो समस्यामा पुरुषलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकार हुन सक्छन् ।
नागरिक शुक्रबारबाट

हात खुट्टामा दुबी आएर हैरान हुनुभएको छ ? यहाँ छ उपाय

यदि छर- छिमेक या परिवारमा यो सेतो दाग वाला रोगले सताएको र पिरोलिएको छ भने अब चिन्ता नलिनुहोस तस्बीरमा देखाएको मलहम (clovate 0.5mg/g) दिनको दुई पटक लगाउनुहोस केही दिनमै यो रोग बाट छुटकारा पाईन्छ यो ईन्डिएन मलहम हो सबैको हितको लागि यो पोष्टलाई प्रत्येक घर घरमा पुराउन लाई सहयोगको आसा राख्दछु ।



तपाईको एक शेयरले सायद यो रोग बाट पिडीतहरुको लागि ईश्वरकै बरदान जस्तो सबित हुनेछ त्यसैले कत्ति पनि कन्जुसाई नगरि यो पोष्ट तपाई आपना साथीहरुको बीचमा पुराउनमा सहयोग गनुॅहोस ।

आज शनिबार बिदाको दिन , तपाइको दिन कस्तो रहन्छ , पढ्नुस राशिफल


वि.सं. २०७३ साल कार्तिक २७ गते। शनिबार। इश्वी सन् २०१६ नोभेम्बर १२ तारिख। नेपाल संवत् ११३७ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– त्रयोदशी, २४:३३ बजेउप्रान्त चतुर्दशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesखर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पहिलेका प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। व्यवसायमा तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ।



बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुन सक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आर्थिक लेनदेनमा सजग रहनुहोला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपुरुषार्थी काम प्रारम्भ हुनेछ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नाले समस्या निम्त्याउनेछन्, साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको सहयोग जुटाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी समेत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गर्दा प्रशस्त फाइदा हुने दिन छ। उपहारले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मनमा आनन्द मिल्नेछ। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। वादविवादले समस्या निम्त्याउने देखिएकाले सजग रहनुहोला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसमय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। शत्रु तथा प्रतिस्पर्धीसँग भने सम्झौता गर्नुपर्ला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध बिस्तारै समाप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मत गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। तर महत्वाकांक्षा भने पूरा नहुन सक्छ। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्न सक्छन्, सतर्क रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान पनि दिलाउनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। पठन–पाठनमा राम्रै प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले काममा थप हौसला जगाउनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

ल हेर्नुहोस् यसरी हुन्छ काठमाडौमा साँझ ढल्केपछि यौन व्यापार


 । एक गाँस भात चपाएर जब एक अंगालो स्वास्नी च्याप्दै मनुवा शयनकक्षमा निदाउने प्रयत्नमा हुन्छन्, तब सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारागरिरहेका हुन्छन्’ चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा ।

तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा रात ढलदै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु । ठमेल, बानेश्वर र सुन्धार अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो ।



काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा ।

सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ ।

‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त रु’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पुरयायो रु’ काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुरयाउँछन् ।

रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो रु’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु परयो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’

उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ रु’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’

उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधारो फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’

बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको रु’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन  ।

एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन रु’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुरयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन्  ।
झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।

काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।

काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ । काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।

ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा ।

अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरी, डान्स, डिस्को, मसाजमा सम्पर्क भए पनि ‘यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि ‘स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा ‘कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् ।

उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ । प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।

उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सय, असईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।

सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ । अर्कातिर अरुलाई ‘आनन्दको प्रसाद’ बाँडिरहेका डान्स, डिस्को, दोहोरी, मसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ ।

विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्, डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ ।

एनटिसीमा अब प्रतिमिनेट ७० पैसामै कल, यसरी लिनुस् सुविधा !


नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा भोली (कात्तिक २५) देखि सुरु हुनेछ ।


यो सुविधा एक्टिभ गर्नका लागि FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । यहाँ MDN को मतलव नेपाल टेलिकमको नेटवर्क भित्रको नम्बर भन्ने हो । एक पटक एसएमएस पठाउँदा एउटामात्रै नम्बर एड गर्न सकिनेछ । अन्य नम्बरहरुका लागि पुन: अर्को एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।


सुविधा लिनका लागि FNFSUB*984####### (आफूले चाहेको एनटिसी नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।
नम्बर परिवर्तन गर्न FNFMOD*984#######* (पूरानो नम्बर) 984####### (चाहेको नयाँ नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।
लिस्टमा रहेको नम्बर डिलिट गर्नका लागि FNFDEL*984####### लेखेर १४१५ मा SMS गर्ने ।
कुन-कुन नम्बर लिस्टमा छ भन्ने हेर्नका लागि FNFINQ लेखेर १४१५ मा SMS गर्ने ।
जीएसएम पोस्टपेडमा भने यो सुविधा पहिलेदेखि नै रहँदै आएको थियो । पहिले तीनवटामात्रै नम्बरमात्रै एड गर्न मिल्ने गरेकोमा अब ५ वटा नम्बरमा नै यो सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ ।

टिकापुर घटनाको मुद्दा फिर्ता गर्न नमानेपछि प्रहरी प्रमुख उपेन्द्रकान्तलाई नै हटाउन प्रचण्ड देउवा सहमत


काठमाडौं- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधन मार्फत पदावधी घटाएर फ्याल्ने खेलको अन्तिम शृंखला कार्यन्वयन हुने संकेत देखिएको छ। प्रहरीको संघिय संरचना कार्यन्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक बनाउनु भन्दा उनलाई हटाएर हालका एकजना एआईजीलाई महानिरीक्षक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको हो नागरिकमा खबर छ



प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांगे्रस  सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो।
दुबै दलमा हालका एआईजीह आफैँ र आफू निकटस्थको सहयोगमा लबिङ गरिरहेका छन। प्रहरी महानिरीक्षक अर्याल हटाउन प्रधानमन्त्री दाहाल, कांग्रेश सभापति देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिच सहमती जुटाउन पहल भै रहेको स्रोतले दाबी गरेको हो।
गृहमन्त्री निधिका पुराना सहयोगी भएका कारण अर्याललाई उनले राजीनामा दिएर निकास दिन आग्रह समेत गरेको स्रोतले जनाएको हो। पछिल्लो समय अर्याल र निधि बिच टिकापुर घटना, एसपी तानिएको बिषय र सरुवाका कारण  सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो।
तर जनकपुरदेखिका असल सहयोगी रहेका अर्याल र निधिको सम्बन्ध भन्दा पनि लोकमान सिंह कार्की प्रकरणमा माओवादी केन्द्रका उच्च तहका नेता र केही ब्यापारीका कारण अर्याल हटाउने खेल घनिभुत हुन लागेको हो।
गृहमन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषदमा दर्ता रहेको प्रहरी नियमावली संशोधन प्रस्ताव अनुसार प्रहरी महानिरीक्षकको सेवाअवधि चारवर्षबाट तीनवर्षमा घटाएर अर्याललाई हटाउने तयारी भएको हो। तीनवर्ष अघि महानिरीक्षकमा बढुवा भएका अर्याल फागुनमा तीसवर्षे सेवाअवधिका कारण अनिबार्य अवकासमा जानेछन। तर नियमावलीमा संशोधन भए उनले मंसिर २ गते  पदावधीका कारणले अवकाश पाउदैछन। स्रोतका अनुसार विहिबारकै मन्त्री परिषद बैठकले नियमावली संशोधन गर्ने तयारी भए पनि बैठक बस्न सकेन। बिहीबार विभिन्न शक्ति केन्द्रहरूमा यसै विषयलाई लिएर बैठक भएको थियो।

प्रहरीमा अस्थिरताको खेल
आफू अनुकूलको व्यक्तिलाई संगठनप्रमुख बनाउन राजनीतिक तहबाटै प्रहरीमा ३० र ३२ वर्षे सेवाअवधिको खेल भित्रिएको थियो। यसका सुत्रधार  शेरबहादुर देउवाले २०४९ मा गृहमन्त्री हुँदाबाट सुरु गरेका हुन। देउवाले तत्कालीन आइजी रत्नशमशेर राणालाई अवकाश दिने ३० वर्षे प्रावधान ल्याएर मोतिलाल बोहरालाई आइजी बनाएका थिए। देउवाले नै बोहराको कार्यकाल थप्न ३२ वर्षे अवधि बनाएका थिए। तर यसपटक देउवाकै अगुवाईमा ३० र ३२ वर्षे सेवाअवधिबाट अर्याल हटाउन सम्भव नभएपछि पदावधी घटाउने खेल सुरु गरेको स्रोतको दाबी हो।

नेपाल प्रहरीमा प्रजातन्त्र पछि प्रहरी महानिरीक्षकमा बढुवाका लागि चलखेल हुँदै आएको छ। शेरबहादुर देउवाले प्रहरीमा ३० वर्षे सेवाहदको प्रावधान लागू गरी रत्नशमशेर राणालाई महानिरीक्षकबाट हटाएर मोतीलाल बोहरालाई महानिरीक्षक बनाएका थिए। बोहराले भने राजनीतिक सोर्सफोर्सका आधारमा दुई वर्ष आफ्नो सेवाअवधि थपेर ३२ वर्षसम्म जागिर खाए। बोहरालाई आईजिपी बनाउनुका पछाडी देउवाको एउटै स्वार्थ थियो उनी सुदुरपश्चिमका थिए।
बोहरा पछि  अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षक भए। तत्कालीन गृहमन्त्री वामदेव गौतमले उनलाई ३५ दिनमै राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई आइजिपी बनाएका थिए। अदालतबाट मुद्दा जितेर खरेल आइजिपीमा बहाल भएपछि पनि खेल रोकिएन।

खरेलपछिका आईजीपी प्रदीपशमशेर राणा वरिष्ठतामा अघि रहेका रामकाजी बान्तावा र कृष्णमोहन श्रेष्ठलाई उछिन्दै महानिरीक्षक भएका हुन। वैकल्पिक उम्मेदवार भएपनि राणा राजनीतिक पहुँचका कारण आईजीपी भएका थिए। तर दरबारसँगको सम्बन्धमा आएको उतारचढावका कारण उनको म्याद थप नगरी दरबारको इच्छाअनुसार श्यामभक्त थापालाई प्रहरी महानिरीक्षक बनाइएको थियो। वरिष्ठतामा अघि रहेपनि राजेन्›बहादुर सिंहलाई कारवाहीगर्दै  तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले ओमविक्रम राणालाई प्रहरी महानिरीक्षक बनाएका थिए।

कात्तिक २६ गतेदेखी मंसिर २ गते सम्मको राशिफल


- रामप्रसाद सिटौला (फलित ज्योतिष)


कार्तिक २६, २०७३-  


मेष


साथीभाइहरू सहयोग गर्न तत्पर देखिन्छन् । मान्यजनको सहयोगले सहजै लक्ष्यमा पुर्‍याउनेछ । विभिन्न अवसरमा प्रतिस्पर्धा गर्दा सफलता हात लाग्न सक्छ । भर्खरै मित्रतामा गाँसिएकाहरूले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । चिसोसम्बन्धी समस्याले सताउने देखिन्छ । 



वृष 

व्यवहारिक कामको सिलसिलामा रातो तथा पहेंलो रंग कमै प्रयोग गर्नुहोला । साथीहरूसँग नयाँ स्थानको भ्रमण हुन सक्छ । प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । व्यवसायबाट पर्याप्त लाभ लिन सकिनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । सोमबार तथा बुधवार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । 




मिथुन 

सामाजिक कार्यको नेतृत्व गर्दा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिहरूबाट यथेष्ट सहयोग पाइनेछ । सानातिना काममा अलमलिँदा महत्वपूर्ण काम छुट्न सक्छ । आफ्नो प्रयासलाई तीव्रता दिन सके अपेक्षाअनुरुप सफलता हात लाग्नेछ । यात्रा गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला ।



कर्कट 

जुक्ति–बुद्धि तथा कला–कौशलका कारण प्रशंसकहरू बढ्नेछन् । केही दिनको अन्तरमा मन पराउनेसँग भेट हुँदा मनको बह पोखिनेछ । रोजगारी प्राप्त हुने सभावना छ । परोपकारी कार्यमा त्यति मन जाने देखिँदैन । खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । 



सिंह  

परोपकारमा रुचि बढ्नेछ । स–साना उपहारसमेत प्राप्त हुने देखिन्छ । मित्रहरूको सहयोगका कारण हौसला वृद्धि हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । अधुरा कार्य सम्पन्न हुनेछन् । यात्राको सिलसिलामा पूण्य आर्जन हुन सक्छ । वातावरण सहज बनाउन अपेक्षाभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । 



कन्या 

यात्राले आकस्मिक लाभ प्रदान गर्नेछ । तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । गरिब तथा असहायहरूलाई गरिएको सहयोगले प्रशंसा पाउला । टाढिएका मित्रले विश्वास गर्ने वातावरण बन्दैछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी दिँदा धैर्यपूर्वक कार्य सम्पन्न गर्नुहोला ।



तुला 

तालिम, प्रतियोगिताजस्ता कार्यक्रममा सहभागी हुने वातावरण बन्दैछ, जसले तपाईंको सीपमा निखार ल्याई उचाइमा पुर्‍याउनेछ भने रोजगारीका नयाँ अवसर पनि प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा खर्चिएको समयले विदेश भ्रमणको अवसर जुराउनेछ । मौसम परिवर्तनअनुरूप खानपानमा ध्यान दिनुहोला । चन्द्रमाको आराधनाले व्यवसाय थप उचाइमा पुग्नेछ । 



वृश्चिक 

सरकारी तवरबाट विशेष कार्यभार प्राप्त गर्ने अवसर मिल्न सक्छ । कालो रंगको पहिरन फाप्ने देखिँदैन । नयाँ कार्यक्षेत्रमा पद बहाल गर्ने अवसर जुट्न सक्छ । स–साना भूल तथा त्रुटिले उत्कृष्ट हुनबाट पछि परिएला । मन मिल्ने साथीसँग खुसी साट्न पाउँदा सकारात्मक ऊर्जा प्राप्त हुनेछ । 



धनु 

विपरीत लिंगीसँगको खटपटमा साथीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरी वादविवादलाई मत्थर पार्नेछन् । प्रेमिकाको सुझावको समर्थन गर्दा प्रेममा गाढापन थपिनेछ । उत्ताउलोपनले गर्दा परिणाममुखी कार्य गर्न ढिलाइ हुन सक्छ । नगद सापटी लिएका साथीहरू आर्थिक समस्यामा पार्न सक्छन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । 



मकर 

विदेशी साथी तथा अभिभावकको सहयोगबाट महत्वपूर्ण समस्या निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । स्थान परिवर्तन गरी थालेको व्यवसायले अपेक्षाभन्दा बढी मुनाफा प्रदान गर्नेछ । सामाजिक उत्सवमा सरिक हुँदा आर्थिक सहयोग तथा चन्दा प्रदान गर्न कन्जुस्याइँ नगर्नुहोला ।



कुम्भ 

प्रेमसम्बन्धमा समय लिएर निर्णय गर्दा विशेष फाइदा हुनेछ । यसले करियर बनाउन तथा धन आर्जनमा स्थायित्व प्रदान गर्नेछ । पैतृक सम्पत्ति उपयोग गर्न सके थप फाइदा उठाउन सकिनेछ । अर्काको देखासिकी गरे व्यवसायिक कार्य पनि ओझेलमा पर्न सक्छ । मनोरञ्जनमा सामेल हुँदा समय तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।



मीन 

आफ्नो नामबाट अरूले नै फाइदा उठाउन सक्छन् । सोमबारपछि परिवारका सदस्यहरू टाढाको यात्रामा जान सक्छन् । व्यवसायको सिलसिलामा अन्य मुलुकको यात्रा गर्नुपर्ने हुन सक्छ । चिरपरिचित मित्रहरूलाई आर्थिक सहयोगको वचन नदिनुहोला । रचनात्मक कार्य गर्न सके अपजस स्वत: टरेर जानेछ ।