Sunday, November 13, 2016

बुहारीसहित सिंगापुर उडेका पूर्वराजाले के गर्दैछन् ?



२९ कात्तिक, काठमाडौं । संविधान कार्यान्वयनका लागि प्रमुख दल र मधेसी दलबीच सहमति जुट्नै लागेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन् । बुहारी हिमानी सिंह र निजी सचिव सागर तिमिल्सेनालाई लिएर गत बुधबार सिंगापुर पुगेका पूर्वराजा शाहको भ्रमणलाई रहस्यमय मानिएको छ । g

संविधान कार्यान्वयनमा प्रमुख दल र मधेसी दलबीच सहमति बन्यो भने राजतन्त्र पुनर्बहालीको अभियानमा ठूलो अवरोध आउने निष्कर्षका साथ पूर्वराजा शाह सिंगापुर भ्रमणमा गएको समाचार स्रोतले जनाएको छ । भारतलाई प्रयोग गरेर ठूला दल र मधेसी दलबीचको सम्भावित सहमति भाँड्नु नै भ्रमणको उद्देश्य रहेको निर्मल निवास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सिंगापुरमा पूर्वराजा शाहसँग भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिको भेटघाटको व्यवस्था मिलाइएको राजावादीहरुले प्रचारमा ल्याएका छन् । रअका प्रतिनिधिसँगको भेट सकारात्मक भयो भने पूर्वराजा शाह सिंगापुरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सिधै दिल्ली जाने उनीहरुको दावी छ ।



भारतीय जनता पार्टी राजतन्त्र पुनर्स्थापनामा सहयोग गर्न सकारात्मक छ, तर गुप्तचर संस्था रअले केही सर्त राखेका कारण भारतीय प्रधानमन्त्री मोदी अन्योलमा छन् भन्ने बुझाई राजावादीहरुको छ । भुटानको मोडेलमा जान पूर्वराजा र प्रमुख दलमध्ये जो तयार हुन्छन्, उसलाई सहयोग गर्नुपर्ने रणनीतिमा भारतको गुप्तचर संस्था रअ पुगेको राजावादीहरुको भनार्य छ । भुटानी मोडेल स्वीकार गर्न पूर्वराजा शाह पनि नै तयार भइसकेको राजावादीहरु बताउँछन् । आजको तरुण साप्ताहिकमा खबर छापिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment