Friday, November 11, 2016

कात्तिक २६ गतेदेखी मंसिर २ गते सम्मको राशिफल


- रामप्रसाद सिटौला (फलित ज्योतिष)


कार्तिक २६, २०७३-  


मेष


साथीभाइहरू सहयोग गर्न तत्पर देखिन्छन् । मान्यजनको सहयोगले सहजै लक्ष्यमा पुर्‍याउनेछ । विभिन्न अवसरमा प्रतिस्पर्धा गर्दा सफलता हात लाग्न सक्छ । भर्खरै मित्रतामा गाँसिएकाहरूले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । चिसोसम्बन्धी समस्याले सताउने देखिन्छ । 



वृष 

व्यवहारिक कामको सिलसिलामा रातो तथा पहेंलो रंग कमै प्रयोग गर्नुहोला । साथीहरूसँग नयाँ स्थानको भ्रमण हुन सक्छ । प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । व्यवसायबाट पर्याप्त लाभ लिन सकिनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । सोमबार तथा बुधवार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । 




मिथुन 

सामाजिक कार्यको नेतृत्व गर्दा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिहरूबाट यथेष्ट सहयोग पाइनेछ । सानातिना काममा अलमलिँदा महत्वपूर्ण काम छुट्न सक्छ । आफ्नो प्रयासलाई तीव्रता दिन सके अपेक्षाअनुरुप सफलता हात लाग्नेछ । यात्रा गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला ।



कर्कट 

जुक्ति–बुद्धि तथा कला–कौशलका कारण प्रशंसकहरू बढ्नेछन् । केही दिनको अन्तरमा मन पराउनेसँग भेट हुँदा मनको बह पोखिनेछ । रोजगारी प्राप्त हुने सभावना छ । परोपकारी कार्यमा त्यति मन जाने देखिँदैन । खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । 



सिंह  

परोपकारमा रुचि बढ्नेछ । स–साना उपहारसमेत प्राप्त हुने देखिन्छ । मित्रहरूको सहयोगका कारण हौसला वृद्धि हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । अधुरा कार्य सम्पन्न हुनेछन् । यात्राको सिलसिलामा पूण्य आर्जन हुन सक्छ । वातावरण सहज बनाउन अपेक्षाभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । 



कन्या 

यात्राले आकस्मिक लाभ प्रदान गर्नेछ । तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । गरिब तथा असहायहरूलाई गरिएको सहयोगले प्रशंसा पाउला । टाढिएका मित्रले विश्वास गर्ने वातावरण बन्दैछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी दिँदा धैर्यपूर्वक कार्य सम्पन्न गर्नुहोला ।



तुला 

तालिम, प्रतियोगिताजस्ता कार्यक्रममा सहभागी हुने वातावरण बन्दैछ, जसले तपाईंको सीपमा निखार ल्याई उचाइमा पुर्‍याउनेछ भने रोजगारीका नयाँ अवसर पनि प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा खर्चिएको समयले विदेश भ्रमणको अवसर जुराउनेछ । मौसम परिवर्तनअनुरूप खानपानमा ध्यान दिनुहोला । चन्द्रमाको आराधनाले व्यवसाय थप उचाइमा पुग्नेछ । 



वृश्चिक 

सरकारी तवरबाट विशेष कार्यभार प्राप्त गर्ने अवसर मिल्न सक्छ । कालो रंगको पहिरन फाप्ने देखिँदैन । नयाँ कार्यक्षेत्रमा पद बहाल गर्ने अवसर जुट्न सक्छ । स–साना भूल तथा त्रुटिले उत्कृष्ट हुनबाट पछि परिएला । मन मिल्ने साथीसँग खुसी साट्न पाउँदा सकारात्मक ऊर्जा प्राप्त हुनेछ । 



धनु 

विपरीत लिंगीसँगको खटपटमा साथीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरी वादविवादलाई मत्थर पार्नेछन् । प्रेमिकाको सुझावको समर्थन गर्दा प्रेममा गाढापन थपिनेछ । उत्ताउलोपनले गर्दा परिणाममुखी कार्य गर्न ढिलाइ हुन सक्छ । नगद सापटी लिएका साथीहरू आर्थिक समस्यामा पार्न सक्छन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । 



मकर 

विदेशी साथी तथा अभिभावकको सहयोगबाट महत्वपूर्ण समस्या निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । स्थान परिवर्तन गरी थालेको व्यवसायले अपेक्षाभन्दा बढी मुनाफा प्रदान गर्नेछ । सामाजिक उत्सवमा सरिक हुँदा आर्थिक सहयोग तथा चन्दा प्रदान गर्न कन्जुस्याइँ नगर्नुहोला ।



कुम्भ 

प्रेमसम्बन्धमा समय लिएर निर्णय गर्दा विशेष फाइदा हुनेछ । यसले करियर बनाउन तथा धन आर्जनमा स्थायित्व प्रदान गर्नेछ । पैतृक सम्पत्ति उपयोग गर्न सके थप फाइदा उठाउन सकिनेछ । अर्काको देखासिकी गरे व्यवसायिक कार्य पनि ओझेलमा पर्न सक्छ । मनोरञ्जनमा सामेल हुँदा समय तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।



मीन 

आफ्नो नामबाट अरूले नै फाइदा उठाउन सक्छन् । सोमबारपछि परिवारका सदस्यहरू टाढाको यात्रामा जान सक्छन् । व्यवसायको सिलसिलामा अन्य मुलुकको यात्रा गर्नुपर्ने हुन सक्छ । चिरपरिचित मित्रहरूलाई आर्थिक सहयोगको वचन नदिनुहोला । रचनात्मक कार्य गर्न सके अपजस स्वत: टरेर जानेछ । 


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment