दिनमा केवल १० मिनेट समय निकाल्नुस् र आँखामुनिको कालो घेरा हटाउनुस्, सजिला ६ घरेलु उपाय!!
हाम्रो शरीरमा पर्याप्त पौष्टिक तत्वको कमि हुनाले, राति अबेरसम्म बस्ने बानीले, कमजोरी अनि तनावको कारण, हरमोनमा परिवर्तन अनि लामो समयसम्म चश्मा लगाउनाले आँखा मुनि कालो घेरा (डार्क सर्कल) देखिन थाल्दछ। यसबाट बच्नका लागि आयुर्वेदमा अनेकौँ उपायहरू उल्लेख गरिएको छ र त्यसलाई अपनाउनका लागि धेरै समयको आवश्यकता पनि पर्दैन।
आज हामी तपाईँहरूलाई यसैबारेमा केहि टिप्स बताउन गैरहेका छौँ, जसको लागि तपाईँले दैनिक केवल १० मिनेट समय निकाले पुग्दछ।

१. काँक्रो र कागती
एउटा चाना काँक्रो र एउटा चाना कागती काटेर त्यसको लेदो बनाउनुहोस्।
त्यस लेदोलाई कपासको सहाराले डार्क सर्कलमा लेप्नुहोस् र १० मिनेटपश्चात पखाल्नुहोस्।
ध्यानमा रहोस् कि १० मिनेटभन्दा धेरै राख्नाले त्यसले उल्टो असर गर्न सक्दछ।
२. काँचो आलु
एउटा डल्ला काँचो आलुलाई पिसेर त्यसको पेस्ट बनाउनुहोस्।
कपासको सहाराबाट त्यसलाई तपाईँको आँखामुनिको कालो दागमा लेप्नुहोस् र १० मिनेटपछि पखाल्नुहोस्।
विहान उठेपछि र बेलुका सुत्नेबेला यो विधि अपनाउँदा प्रभावशाली हुन्छ।
३. गोलभेँडा र कागती
१ चम्चा गोलभेँडाको रस र १ चम्चा कागतीको रस मिसाएर घोल्नुहोस्।
त्यस मिश्रणलाई आँखामुनिको सार्क सर्कलमा कपासको मद्दतबाट लगाउनुहोस् र १० मिनेटपश्चात सफा मनतातो पानीले पखाल्नुहोस्।
कालो वर्णको छाला हुनेहरूले र सुक्खा छाला हुनेहरूले यो विधि नअपनाउनु होला।
४. टी-ब्याग
२ वटा टी-ब्यागलाई आधा घण्टासम्म चिसो पानीमा भिजाएर ढड्याउनुहोस्।
ढाडिएको त्यस टी-ब्यागलाई आँखामुनिको डार्क सर्कलमा १० मिनेटसम्म राखेर आराम गर्नुहोस्। पछि त्यसलाई सफा पानीले पखाल्नुहोस्।
५. गुलाबजल
राति सुत्नेबेला एउटा भाँडामा चिसो पानी राखेर त्यसमा गुलाबको फूलका पत्ताहरू भिजाउनुहोस्।
विहान उठेपछि त्यहि गुलाबजल पानीले मुहार पखाल्नुहोस्।
त्यस पानीले पखाल्दा साबुनको प्रयोग नगर्नुहोस्।
६. पुदिना/पतेना
पुदिनाको १०/१२ पातलाई पिसेर त्यसको लेदोमा १/२ थोपा कागतीको रस चुहाउनुहोस्।
त्यसलाई आँखामुनिको डार्क सर्कलमा लेप्नुहोस् र १० मिनेटपछि पखाल्नुहोस्।
माथि उल्लिखित विधि अपनाएको १ हप्ताभित्रमा तपाईँले त्यसको असर देख्न सक्नुहुनेछ। तथापी के कुरा ध्यानमा राख्नु जरुरी हुन्छ भन्दा, यी विधि पनि अपनाउने अनि त्यसैलाई नकारात्मक प्रभाव पार्ने क्रियाकलाप पनि गर्ने हो भने यी विधिको प्रभाव देख्न सकिनेछैन। त्यसैले यदि आफ्नो आँखामुनिको कालो दाग सँधैको लागि हटाउन चाहनुहुन्छ भने राति धेरै अबेरसम्म बस्ने बानी हटाउनुहोस्। धुम्रपान-मद्यपानको कुलत हटाउनुहोस्। प्रशस्त पौष्टिक तत्वले भरिएको खानेकुराको साथै प्रशस्त पानी पिउने बानी बसाल्नुहोस्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment