Monday, January 30, 2017

हामीले जानी नजानी गर्ने आठ गैरकानूनी काम यी हुन्

काठमाडौं, १७ माघ — जानी नजानी हामी सबै केही न केही अपराध गरिरहेका हुन्छौं । हामीले दिनदिनै गर्ने केही व्यवहार गैरकानूनी हुन् भनी हामीलाई शायद पत्तै छैन । १ अर्काको वाईफाई प्रयोग तपाईंले अर्काको पासवर्ड ह्याक गरेर वाईफाई चलाउने गर्नुभएको छ भने त्यो अपराध हो । धेरै देशमा यस अपराधको सजाय दुई वर्षसम्म कारावास निर्धारण गरिएको छ । २ आइतवार मद्यपान संसारका केही देशमा आइतवार रक्सी किन्नु र पिउनु गैरकानूनी छ । ३ ह्याप्पी बर्थडे गाउनु संसारको सबभन्दा लोकप्रिय गीतमा डिज्नीको कपीराइट हुने गर्थ्यो । सन् २०१६ मा डिज्नीले कपीराइट बेचेपछि यो गीत गाउनमा कानूनी रोकटोक छैन । नत्र यसअघि कपीराइट कानून उल्लंघन भएको ठहर्थ्यो । ४ ढिलो गाडी कुदाउनु कुनै कुनै देशमा ढिलो गाडी हाँक्नु अपराध हो । एउटा गति सीमाभन्दा तल रही गाडी चलाउन पाइँदैन । मजाले सुन्दर दृश्य हेर्दै ढिलो गाडी हाँक्ने सोच नबनाएकै बेश । ५ सामानको पैसा तिर्नुअघि प्रयोग कहिलेकाहीँ सुपरमार्केटमा गएर एउटा अंगुरको दानो तपाईं स्वाट्ट मुखमा हाल्नुहोला रे । पछि तिरिहाल्छुु, अहिले मुखमा लिइहालूँ भन्ने सोच गलत हो । पैसा नतिरुन्जेल त्यो सम्पत्ति सुपरमार्केटकै हो । त्यसैले तपाईंले पहिल्यै प्रयोग गर्नु भनेको चोरी हो ।
६ जथाभावी बाटो काट्नु जथाभावी बाटो काट्दा सुरक्षामा समस्या आउने मात्र होइन । यो त दण्डनीय अपराध हो । ७ पासवर्ड शेयर गर्नु तपाईंले साथीसँग आफ्नो पासवर्ड शेयर गर्दा के फरक पर्छ र भन्ने सोच्नुुहुन्छ तर पासवर्ड शेयर गर्नु भनेको सम्झौता तोड्नु हो । ८ संगीत अपलोड र डाउनलोड गर्नु आफूले बिदा मनाएको ठाउँको भिडियोमा कुनै गीतको ब्याकग्राउन्ड राख्न मन लाग्ला तपाईंलाई । त्यसरी अर्काको कपीराइट भएका गीत प्रयोग गर्नु गैरकानूनी हो । अनि पैसा नतिरी गीत डाउनलोड गर्नु पनि अपराध हो । एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment