एजेन्सी । भारतको राजधानी दिल्लीस्थित दिल्ली विश्वविद्यालयकी २२ वर्षीया एक छात्रा पछिलो दुई हप्तादेखि प्रहरी र प्रशासनमा धाइरहेकी छन् । उनी पोर्न साइटमा राखिएको आफ्नो तस्बिर हटाउन माग गर्दै यसरी धाइरहेकी हुन् ।
तर, मौजुदा कानुनले उनलाई झन झमेलामा फालेको छ । सरकारको सूचना विभागले उनको फोटो हटाउन सकेको छैन् । किनभने सर्बोच्च अदालतको गाइडलाइन अनुसार कुनैपनि साइटमा राखिएको कुनैपनि सामग्री अदालतको आदेशबिना हटाउन पाइँदैन ।
साइबर एक्सपर्टका अनुसार कानूनकै कारण साइबर क्राइमबाट पीडितहरुलाई झन समस्या भइरहेको छ । यसका लागि अदालतको आदेश पाउन नै लामो समय लाग्छ । जसले गर्दा पीडितको दुःख र समस्या झन बढ्दैछ ।
स्वाति द्विवेदी (नाम परिवर्तन) का पूर्व प्रेमीले उनको अश्लिल तस्बिर एक पोर्न साइटमा अपलोड गरे । यस्तो जानकारी पाएपछि उनी समस्यामा परेकी हुन् । स्वातिका प्रेमी उनको कलेजको डान्स सोसाइटीमा सहभागी भएको भन्दै रिसाएका थिए । यहि कारण यी दुईबीच विछोड भएको थियो । विछोडपछि उनले स्वातिको न्यूड तस्बीर पोर्न साइटमा अपलोड गरेका थिए ।
पोर्न साइटमा तस्बिर राखेको तीन महिनापछि स्वातिका साथीले उनको अश्लिल तस्बीरबारे उनलाई जानकारी दिएका थिए । यो तस्बीर उनकै पूर्व प्रेमीले अपलोड गरेको जानकारी पनि पाइन् ।
स्वातिकी अश्लिल तस्बिर निकै भाइरल भयो, जसले गर्दा उनलाई घर बाहिर पनि निस्कन समस्या भयो । यसपछि उनले प्रहरीकहाँ गएर उजुरी दर्ता गरिन् ।
सोहीअनुसार प्रहरीले पनि आरोपीलाई पक्राउ गर्यो । तर, प्रहरीले तस्बीर सहितको पोष्ट हटाउने कोशिस गर्दा विभागमार्फत अदालतको आदेश मागेको थियो । प्रहरीलाई २३ जनवरीमा अदालतले साइट हटाउने आदेश दिएपछि मात्रै साइट बन्द गरिएको छ ।
सन २०१५ मा भारत सरकारको श्रेया सिंघल प्रकरणमा सर्बोच्च अदालतले कुनैपनि साइटबाट कुनैपनि जानकारी हटाउन अदालतको आदेश वा कुनै सरकारी एजेन्सीको नोटिफिकेशन जरुरी हुनुपर्ने फैसला गरेको थियो । यो फैसलाभन्दा अगाडि कुनै पनि साइटबाट कुनै पनि सामग्री हटाउन समस्या हुँदैन थियो ।
साइबर एक्सपर्ट तथा वकील प्रशान्त मालीले यूरोपको जस्तै आफूसंग सम्बन्धित सामग्री आफू हटाउन सक्ने कानुन हुनुपर्ने बताए । फेसबुक वा गूगल जस्ता साइटमा पनि यस्तो अश्ली सामग्री हटाउनुपर्ने उनको भनाई छ ।
साइबर एक्सपर्ट पवन दुग्गलले पनि संसारमा यदि कसैको छवि एक पटक विग्रेमा त्यसलाई सुधार्न सहज नभएकाले यसबाट बच्न नयाँ कानुन आवश्यक रहेको बताए ।
डाक्टर राजीव मेहताले यस्तो समस्याबाट प्रभावित व्यक्ति पागलसम्म पनि हुन सक्ने बताए । आफ्नो छवि खराब भएपछि व्यक्ति डिप्रेशनमा परेर आत्महत्या पनि गर्न सक्ने उनको भनाई छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment