जर्मनीको फ्य्रांकफर्टमा रहेको एक क्याफेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
टप्पेल्स रोडसाइड क्याफेका सबै कुरा उल्टोपाल्टो तलमाथि रहेका छन् । यसको छत तलतिर छ अनि ग्यारेजको तल्लाबाट कारसमेत झुण्डिएको छ ।
भित्र छिरेर हेर्दा यो एक औसत घर जस्तो देखिन्छ जहाँ बाथरूम, भान्सा, ताजा फलफूलको बास्केट र बच्चाका खेलौना समेत राखिएका छन् । तर भुइँ चाहिँ छत हो यहाँको ।
घरसँगै एउटा क्याफे छ जहाँ कफी खुवाइन्छ । तपाईंले छतमा बसेर घोप्ट्याइएको कपबाट कफी पिउनुपर्ने हुन्छ । यसको व्याख्या गर्नै गाह्रो छ । ट्वाइलेट पनि उल्टो छ । कसरी दिसापिसाब गर्ने भन्ने तनावको कुरा छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment