Tuesday, January 31, 2017

घरभित्रै किन रोप्ने बिरुवा ?


मीनबहादुर तामाङ, महासचिव , नेपाल फ्लोरिकल्चर एसोसिएसन

आजकालका आधुनिक घरभित्रै बिरुवा रोप्ने (इन्डोर प्लान्ट) ट्रेन्ड छ । घरका कोठा प्राकृतिक रूपमा हरियाली, रंगिचंगी र रमणीय बनाउन धेरैले चासो देखाउने गर्छन् । आखिर किन रोप्ने घरभित्रै बिरुवा ? यसका फाइदा कस्ता छन् ? नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव मीनबहादुर तामाङ भन्छन् :

घरभित्रै फूलको बिरुवा रोप्दा घरको वातावरण रमणीय बनाउनुका साथै हावासमेत शुद्ध बनाउँछ । हरियो बिरुवाले स्वास्थ्यमा फाइदा गर्नुका साथै मनमा शान्ति प्रदान गर्छन् ।

घरमा बालबालिका छन् भने विभिन्न बोटबिरुवासम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन्छ ।

घरभित्र रोपिने बिरुवा अधिकांश फूल नफुल्ने जातका नै हुन्छन् । फूल नफुल्ने बिरुवाले तुलनात्मक रूपमा अक्सिजन बढी पैदा गर्छन् ।



फूल फुल्ने बिरुवा पनि घरभित्र रोप्न सकिन्छ । यस्ता बिरुवाले घरको आकर्षण बढाउन भूमिका खेल्छन् ।

बाहिर बगैँचा बनाउन उपयुक्त स्थानको अभाव छ, तर पनि घरमा बोटबिरुवा लगाउन मन लाग्छ भने इन्डोर प्लान्ट उपयोगी हुन्छ । घरभित्र रोप्ने बिरुवाका लागि बाहिर बगैँचामा रोप्ने बिरुवालाई जति स्याहारको आवश्यकता पनि पर्दैन । त्यसैले व्यस्त व्यक्तिहरूका लागि पनि यो उत्तम हुन्छ ।

बाहिर रोपिने बिरुवालाई जस्तो मल र पानी पनि घरभित्रै रोपिने बिरुवालाई दिनु पर्दैन । आउटडोर प्लान्टलाई दैनिक मल–पानी चाहिन सक्छ भने इन्डोर प्लान्टलाई हप्तामा दुई–तीनपटक दिए पुग्छ ।

घरभित्र गमला र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । घरभित्र रोपिने जातका बिरुवा तुलनात्मक रूपमा सस्ता पनि हुन्छन् ।

नयाँ पत्रिकाबाट

f

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment