Tuesday, January 31, 2017

१८१ वर्षीय वृद्ध भन्छन्–मृत्युले मेरो घरको बाटै भुलेछ-

अहिलेका मानिस मुश्किलले ६०–७० वर्षको उमेरसम्म बाँच्ने गर्दछन् । ७०–८० को उमेरपछि हरेक वृद्धवृद्धा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेको देख्न पाइन्छ र आफ्नो अन्तिम समयका बारेमा सोच्न थाल्छन् । तर, यहाँ एउटा घटना ठिक त्यसविपरीत देखिएको छ।

यहाँ त्यस्ता व्यक्तिका विषयमा उल्लेख गरिँदैछ, जो पछिल्लो १८१ वर्षदेखि जिवित छन् र आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका छन् । भारतको वाराणसी निवासी महाष्टा मुरासी नामका यी वृद्ध कयौ वर्षदेखि मृत्युको प्रतिक्षमा छन् । मुरासी भन्छन्–मृत्युले मेरो घरै भूल्यो । म मृत्युको प्रतिक्षा गरिरहेको छु, तर उ आउने नामै लिँदैन । मुरासीका अनुसार उनको जन्म जनवरी १८३५ मा बेंगलुरुमा भएको थियो ।


 सन् १९०३ मा मुरासी वाराणसी आए र त्यसपछि यही छन् । उनले १२२ वर्षसम्मको उमेरसम्म एउटा मोचीको काम गरे । यो कामबाट मुरासी सन् १९५७ मा निवृत्त भए । उनको उमेरलाई ध्यानमा राखेर मानिसहरु उनलाई दैवीय शक्ति मान्छन्। महाष्टा मुरासीले कयौपटक अधिकारीहरुलार्य आफ्नो जन्मको प्रमाणपत्र र पहिचानपत्र पनि देखाइसकेका छन् । कयौपटक उनको मेडिकल टेस्ट पनि गरिसकिएको छ, तैपनि उनको वास्तविक उमेरका पिवषयमा चिकित्सकहरु अहिले पनि सशंकित छन् । चिकित्सकहरु मुरासीलार्य भगवानको रहस्य नै मान्छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment