Wednesday, January 25, 2017

विवाहको दिन नै महिनावारीको दिन परेमा नआत्तिनुस्, अपनाउनुस् यी १० उपाय



काठमाडौं, १२ माघ– विवाहको शुभमुहूर्तको दिन नै महिनावारीको दिन पर्र्नसक्छ । विवाह गर्ने दिन नजिकिँदै आएमा र महिनावारी दिनलाई अघि वा पछि गर्ने समय वित्दै गएको छ भने नआत्तिनुस् ।


विवाहको तयारीको क्रममा सबैजना व्यस्त हुन्छन् । यस्तो अवस्थामा महिनावारीको दिन पनि विर्सन सक्छ । हरेक महिला आफ्नो विवाहको अघि कुनै स्त्री रोग विशेषज्ञसँग परामर्श लिन जान नभ्याउने पनि हुनसक्छ वा आफ्नो महिनावारी दिनको सम्बन्धमा कुनै तयारी नगरेको पनि हुनसक्छ ।

यस्तो अवस्थामा आत्तिनुभन्दा पनि धैर्यले काम लिनुपर्छ । यदि विवाहको दिन नजिकिँदै छ र महिनावारीको दिन पनि विवाह दिनमै पर्ने सम्भावना छ भने अपनाउनुस् यी १० उपाय ।

१.पेट सुन्निने समस्याबाट बच्नू

महिनावारीको अवधिमा पेट फुल्ने समस्या हुनसक्छ । यसको लागि खानामा पेट फुल्ने खाद्यपदार्थ नखाँदा नै राम्रो हुन्छ । विवाहको दिन पोटाशियम र प्रोटीनयुक्त पदार्थ केरा, माछा र मेवा आदि खाने गर्नुपर्छ ।

२. दुखाइ कम गर्ने औषधी

महिनावारी हुँदा पेट असाध्यै दुख्ने गर्छ भने यसको लागि पूर्वतयारी स्वरुप दुखाई कम गर्ने पेनकिलर औषधीहरु आफूसँग राखिराख्नुपर्छ । महिनावारीका बेला पेट दुख्दा यसको प्रयोग गर्न सकिन्छ । विवाहको दिनमा पेट दुख्ने समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता औषधीहरु चिकित्सको सल्लाह अनुसार खल्तीमा बोकिराख्नुपर्छ ।

३.प्याडको सट्टामा मेस्टुअल कपको प्रयोग


विवाहको दिन घण्टौंसम्म एकैठाउँमा बसिरहनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा प्याड लगाएर बस्दा अप्ठ्यारो हुनसक्छ । त्यसैले प्याडभन्दा मेस्टुअल कपको प्रयोग गर्ने हो भने सहज महशुस गर्नसक्नुहुन्छ । प्याड केहीबेरमै भिज्ने सम्भावना हुने हुँदा पनि मेस्टुअल कपको प्रयोग उपयुक्त हुन्छ ।

४.दुईटा प्याड कोशिस गर्नुस्

यदि मेस्टुअल कप प्रयोग गर्न अप्ठ्यारो लागेमा दुईटा प्याडको प्रयोग गर्न पनि सकिन्छ । यसमा पनि लामोसमयसम्म चल्ने राम्रो खालको प्याडको प्रयोग गर्न ठीक हुन्छ । यदि केही कारणबश हतारमा राम्रो प्याडको व्यवस्था गर्न सक्नुभएन भने दुईटा प्याडको प्रयोग पनि गर्न सकिन्छ । यो एक सुरक्षित उपाय हो र यसले साडीमा दाग लाग्ने खतरा पनि हुँदैन ।


५.आफ्नो बहिनी वा साथीलाई अतिरिक्त औषधी वा प्याड राख्न दिनू

विवाहको बेला आफ्नो बहिनी वा मिल्ने साथीहरु छेउछाउमै हुन्छन् । तपाइँ उनीहरुलाई आफूलाई चाहिने अतिरिक्त प्याड र औषधीहरु राख्न दिने गर्नूस् । यसो गर्दा उनीहरुले तपाइँ नजिक आएर प्याडको आवश्यकता छ कि छैन भनेर सोध्न सकोस् ।

६. बाथरुम ब्रेक लिनुस्

विवाहको बेला दुलहीलाई सबैले ध्यान दिइराखेको हुन्छन् । त्यहाँबाट बारम्बार उठेर जानु उपयुक्त पनि हुँदैन । अतः आफूलाई सजिलो बनाउनको लागि आफ्ना साथीहरुलाई बाथरुम लिएर जानको लागि कुनै न कुनै बहाना बनाउन भनिराख्नुस् ।

७.हिल जुत्ताको प्रयोग नगर्नुस्

यस्तो अवस्थामा आफूसँग जहिले पनि हिल नभएको जुत्ता जगेडामा राख्ने गर्नुस् । विवाहको दिन कहिलेकाहीँ दिनभरी उठिराख्नुपर्ने पनि हुनसक्छ । पेट दुखिराखेको अवस्थामा पैतालामा अधिक दबाब नपरोस् भने उदेश्यले हिल नभएको जुत्ता प्रयोग गर्नु उपयुक्त हुन्छ ।

८.वाटरप्रुफ मेकअप

विवाहमा एकैठाउँमा बसिराख्नु पर्ने झन्झट त छँदैछ त्यसमाथि महिनावारीको समस्याले पनि झन् तनाव बढाउँछ । यस्तो अवस्थामा पसिनाको कारण तपाइँको अनुहारमा लगाएको मेकअप बिग्रिन पनि सक्छ । त्यसैले वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ भने साथमा मेकअप बिग्रेपनि तत्काल मिलाउनका लागि मेकअप किट बाकस पनि लिएर जानु राम्रो हुन्छ ।

९.अनुहारमा दागको समस्या

महिनावारी हुने बेला अनुहारमा दाग वा डण्डिफोर देखिनु सामान्य हो । यसको लागि अनुहारमा टूथपेस्ट लगाएर खटिरा सुनिनेबाट बच्न सकिन्छ भने यसमा बरफको टुक्राले लेपन गरेर पनि दाग र डण्डिफोरबाट बच्न सकिन्छ । साथै तपाइँ ब्यूटीपार्लरमा गएर अनुहारमा फाउंडेशन गरेर पनि यसलाई छोप्न सकिन्छ ।

१०.आरामसँग बस्नुस्

विवाहको दिन नै महिनावारी हुने पक्का छ भने विवाह मण्डपमा बस्नको लागि सजिलो आसन वा पिर्काको प्रयोग गर्नुस् । जसले गर्दा अन्यत्र ठाउँमा दाग लाग्ने र खुट्टा दुख्ने समस्या पनि हुँदैन । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment