Tuesday, January 24, 2017

जमिनमा मजाले पलेटी कसेर खाना खानुका फाइदा यस्ता…

विकासको क्रमसँगै मानिसका दैनिक व्यवहार र काम गराइमा पनि फरकपन आउन थालेको छ । विज्ञान तथा प्रविधीको विकास र भोगविलासका साधनको उत्पादनका कारण हाम्रो दैनिक जीवन पनि त्यसतर्फ आकर्षित हुँदै गइरहेको छ । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबुलमा बसेर आनन्दसँग चम्चाको प्रयोग गर्दै खाना खाने गर्छौ ।

हाम्रो पुरानो बानी सम्झने हो भने हामी खाना खानका लागि जमिनमा पलेटी कसेर बस्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् ।



यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने स्वास्थ्य विशेषज्ञहरुको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।

जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त:

  • जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
  • सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
  • यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।
  • जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
  • यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
  • यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन्

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment