Tuesday, January 24, 2017

मन्त्रीको विज्ञान चेतः भन्छन्, गाईले अक्सिजन लिन्छ र अक्सिजन नै फ्याँक्छ



जिवहरुले स्वास फेर्दा अक्सिजन लिन्छन् र कार्वनडाइअक्साइड फ्याँक्छन् भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । तर यो सर्वस्थापित वैज्ञानिक सत्यलाई एकजना मन्त्रीले चुनौति दिएका छन् । ती मन्त्रीको दाबी अनुसार गाई दुनियामा एउटामात्र यस्तो जनावर हो जसले स्वास फेर्दा अक्सिजन लिन्छ र अक्सिजन नै फ्याँक्छ ।


जिव विज्ञानमा यस्तो नयाँ थ्योरीको प्रतिपादन गर्ने व्यक्ति हुन् भारतको राजस्थानका शिक्षा तथा पन्चायती राज्यमन्त्री वासुदेव देवनानी । हिन्दुवादी तथा गोरक्षावादी नेता देवनानीले गाईकेा बारेमा यस्तो अनौठो तथा आधारहीन दाबी पेश गर्दै गाईको वैज्ञानिक महत्वलाई बुझ्नुपर्ने बताएका छन् ।

हिंगोनिया गौशालामा आयोजित एक कार्यक्रमका दौरान राज्यमन्त्रीले त्यस्तो भाषण गरेकेा राजस्थानको शिक्षा विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै ती मन्त्रीले रुघाखोकी तथा ज्वरो जस्ता रोगहरु लाग्दा गाईको नजिक गएमा निको हुने समेत दाबी गरेका छन् । ती मन्त्रीका अनुसार गाईको गोबरमा भिटामिन बी हुन्छ, जसले विकिरणलाई सोस्दछ ।

गाईले अक्सिजन फ्याँक्ने लगायतका ती मन्त्रीका भनाईप्रति सोसल मिडियामा तिव्र खिसिट्युरी भैरहेको छ । कतिपयले अब अस्पतालमा अक्सिजन सिलिण्डरको साटो गाई पाल्नुपर्ने बताएका छन् । कतिपयले चाहीँ यदि अक्सिजन नै फ्याँक्ने हो भने गाईले किन अक्सिजन लिँदो हो ? भनेर प्रश्न गरेका छन् । एजेन्सी

अनलार्इनखबरबाट साभार

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment