साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहिबार एकै दिन १४ सयले घटेको सुनको मूल्य आज थप ४ सयले घटेर ५६ हजार ४ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदी भने प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार १ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २४ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment