मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले, आएरल्याण्डको स एकेडेमी (Shaw Academy) सँगको सहकार्यमा अनलाईन एजुकेशन सेवा (Online Education Service) सेवा सुरु गरेको छ । आफूलाई पढ्न मन लागेको विषयहरु अब घरै बसेर अनलाइन, त्यो पनि नि:शुल्क पढ्न पाइने भएको छ।
नेपाल टेलिकमको फेसबुक पोष्ट अनुसार, तीन महिनाको परिक्षणको रुपमा रहेको यो सेवा हाललाई नेपाल टेलिमकका ग्राहकहरुको लागि नि:शुल्क उपलब्ध गराईएकोछ ।
नेपाल टेलिमकका प्रयोगकर्ताहरुले स एकेडेमीमा 'रजिष्ट्रर' गरि, आफ्नो रुची अनुसारको कोर्समा नि:शुल्क भर्ना हुन सक्नेछन् । स-एकेडमीमा डिजिटल मार्केटिङ, फोटोग्राफी, ग्राफिक डिजाइन, प्रोग्रामिङ, सोसल मिडिया मार्केटिङ, फोटोसप, अंग्रेजी भाषा आदि विभिन्न विषयहरु उपलब्ध छन् ।
नेपाल टेलिकमको नि:शुल्क कक्षामा भर्ना हुनको लागि shawacademy.com/nepaltelecom लिंकमा क्लिक गरेर स-एकेडमीमा जानुहोस्, र आफूलाई मन परेको विषय छानेर, रजिष्ट्रर गर्नुहोस् । टेलिकमको यो सेवा अन्तर्गत एकजनाले कतिवटा विषयहरु पढ्न सक्ने (छान्न सक्ने) भन्नेबारेमा चाँहि खुलाइएको छैन ।
साइटमा रजिष्ट्रर गरेपछि, कक्षा हुने अघिल्लो दिन स-एकेडमीबाट ईमेल आउँछ, त्यसै अनुसार 'लाइभ' (वेबिनार) कक्षा लिनुपर्ने हुन्छ । यदि केही गरि, 'लाइभ' कक्षा छुटेमा त्यसको रेकर्डिङ भिडियो हेरेर पढ्न सकिन्छ ।
Source: Via Aakarpost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment