एजेन्सी । भारतको नयाँ दिल्लीमा एक महिला डाक्टरको आत्महत्याको विषयले सनसनी फैलिएको छ ।
एम्स अस्पतालमा काम गर्ने प्रिया बेदीले आत्महत्याअघि एक सुसाईड नोट लेखेर फेसबुकमा आफूले आफ्ना आत्महत्याको जिम्मेवार श्रीमान भएको बताएकी छन् ।
उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो । विवाहको ५ वर्षसम्म पति पत्नीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ ।
समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको लेखेकी छन् ।
विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रडाणित बनाएपछि यो कदम उठाएको बताएकी छन् ।
उनको सम्बन्ध एक पुरुषसँग हुने गरेको र आफूसँग बस्दा उनमा कुनै उत्तेजना नै नआउने उनको भनाई छ ।
उनले आफूले कमल समलिंगी भएको थाहा पाएपछि ८/१० पटक शारीरिक सम्बन्ध बनाउन चाहेपनि सफल हुन नसकेको सुसाईड नोटमा लेखिएको छ ।
प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment