हत्केला शरीरको संवेदनशील अंग मध्ये एक हो । यो मानिसको सवैभन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसेले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभाव पार्दछ ।
हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतासँग पनि जोडिएको पाइन्छ । तर हत्केला चिलाउनुको पैसासँग कुनै साइनो छैन । स्वास्थ्य विज्ञानका अनुसार हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहरुको परिणाम हो वा रोगको संकेत हो ।
छालाको कोषहरु तीब्र बृद्ध भएमा र छालाको सतहमा जम्मा भएपनि हत्केल चिलाउने गर्दछ । कहिलेकाहीँ छालालाई कन्याँउदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।
झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् ।
मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो ।
हत्केल चिलउनुका केही कारण र प्रकार यसप्रकार रहेका छन् ।
१. प्रइमेरी बिलियरी सिरहोसिस : लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भिर समस्या नआउँँदै हत्केला र पैताला चिलउने गर्दछ । चिलाउने समय र अवस्था फरक फरक हुन्छ । कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न इल एसिड हुँदा हात हत्केला चिलाउँछ । हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ ।
खानेकुराको एलर्जीः खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ । अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ । यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ ।
३. कार्पल टनेल सिन्ड्रोमः नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा पनि हत्केला चिलाउँछ । शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment