पूर्व बडामहारानी अर्थात पूर्व राजाकी आमा रत्न बस्ने नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलको विद्युत काटिएपछि त्यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस शुरु भएको छ ।
काठमाडौंमा पेट्रोल रोक्ने प्रचण्डकै मान्छे- यस्तो रहेत वास्तविकता
कतिपयले उर्जामन्त्रीको ठाडो निर्देशनमा भएको यो कदमको प्रशंसा गरेका छन् भने कतिपयले इतिहासको अपमान गरेको भन्दै आलोचना पनि गरेका छन् ।
नेपाली सिने क्षेत्रका चर्चित हास्य कलाकार दीपकराज गिरीले भने यसलाई मजाक बनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत मन्त्रीको निर्णयको मजाक बनाएका हुन् ।
दीपकले ट्वीटरमा लेखेका छन्, “पूर्ब रानि रत्नको घरको बिजूलिको लाइन एक्कासि काटियो मन्त्रिलाइ सोधियो किन ? उनले भने हिरा रत्न जस्ता कूरा आफै चम्किन्छ किन चाहियो बिजूलि?”।
उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले आइतबार रत्न बस्दै आएको नारायणहिटी दरबार संग्राहलायस्थित महेन्द्र मञ्जिलको विद्युत आपुर्ति बन्द गरेको थियो।
लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्ने अभियान अन्तर्गत प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटेको हो । महेन्द्र मञ्जिलले झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment